अस्कलमा अखिल र अखिल क्रान्तिकारीबीच झडपः ९ घाइते

अहिले तीन पक्षबीच छलफल हुदै

काठमाडौं,माघ २८ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीमा जुटिरहेका दुई विद्यार्थी संगठनहरुबीच केहीबेर अघि झडप भएको छ । क्याम्पसमा विद्यार्थी भर्नाको विषयलाई लिएर काठमाडौंको अस्कल क्याम्पसमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारी र एमालेको अखिलबीच झडप भएको हो ।

दुई संगठनका नेताहरुकोबीचाम भर्ना अबधी बढाएर एकलौटि गर्न खोजेको भन्दै एक अर्काबीच आरोप प्रत्यारोप लगाउदै जादाँ सामान्य विवादबाट सुरुभएको भनाभनले झडपको रुप दिएको प्रत्यक्षदर्शिहरुले बताएका छन ।

अखिलका विद्यार्थी नेताहरुले क्याम्पस प्रशासनले २७ गतेको सम्म मात्र भर्ना गर्ने भनी सूचना निकालेको तर केही संगठनहरुले गोप्य रुपमा भर्ना कार्य अझै गरिरहेको जानकारी पाएपछि त्यसलाई रोक्न र नियमको पालना गर्ने सस्कार बसाल्नुपर्ने भन्दा दोहोरो झडप भएको बताएका छन ।

अखिल क्रान्तिकारीले भने क्याम्पसमा अखिलका नेताहरुले क्याम्पस प्रमुखमाथि हातपातको कोसिस गर्दै विद्यार्थी संगठनहरुलाई दुब्यवहार गरेपछि झडब भएको बताएका छन ।

दाहोरो झडपमाबाट ९ जना विद्यार्थीहरु घाइते भएको र उनीहरुलाई अहिले अस्पतालमा उपचार गर्न लगिएको बताइएको छ ।

झडपको स्थिती आएको खबर पाएपछि त्यहाँ पुगेको प्रहरीको टोलीले झडपलाई नियन्त्रण गर्न कोशिस गरिरहेको छ । सोह्खुटे स्थित प्रहरी वृतका डीएसपी सोमेन्द्र सिंह राठोैरले हरपल नेपालसँग कुरा गर्दै झडपको अवस्था नियन्त्रणमा आइसकेको बताए । उनका अनुसार अहिले दुई विद्यार्थी संगठनहरु र क्याम्पस प्रशासनबीच छलफल भैरहेको छ ।