माघ ९ गते राष्ट्रिय सभागृहमाः ‘सम्झनामा तारादेवी’ कार्यक्रम

श्रष्ठाहरुको सम्मान र कलाको कदर

काठमाडौँ । तारादेवी स्मृती फाउन्डेशनले यहि माघ ९ गते राष्ट्रिय सभागृहमा “सम्झनामा तारा देवी” कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संवाद चौतारीमा पत्रकार सम्मेलन गरी स्वरकिन्नरी तारादेवी श्रेष्ठको १३ औँ पुण्य स्मृति दिवस पारेर उक्त कार्यक्रम गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रमको तयारीका लागि ५ सदस्यीय नयाँ कार्यसमिति सार्वजनीक गरिएको छ । उक्त कार्यसमितिमा संरक्षक रवि श्रेष्ठ, अध्यक्ष दिपक केसी, उपाध्यक्ष भुवन चन्द, महासचिव सोभन सैंजु र कोषाध्यक्षमा रमेश थापा रहेका छन् ।

पत्रकार सम्मेलनमा काठमाडौं क्षेत्र नम्बर ७ का सांसद एवं संस्थाका सल्लाहकार रामवीर मानन्धरले श्रष्ठाहरुको सम्मान र कलाको कदर गर्दै संरक्षण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउने बताए ।

यस्तै संस्थाका अध्यक्ष दिपक केसीले कलाकार देशका गहनाको रुपमा भएपनि कलाकारहरुलाई आफ्नो दैनिक गुजारा गर्न समेत कठिन भएकोे बताए ।

कार्यक्रममा चर्चित गायक, गायिकाहरु ज्ञानु राणा, मिरा राणा, संगीता शाक्य लगायतले तारादेवीका गीतहरु प्रस्तुत गर्ने बताइएको छ ।