अस्थायी करार शिक्षकको माग सम्बोधन गर्न सरकार बाँध्य हुनुपर्छः अध्यक्ष पराजुली (भिडियोसहित)

शिक्षकहरुको आक्रोशः आत्मदोहन गर्ने चेतावनी

(लामो समयदेखि विद्यालयमा पठनपाठन गर्नुपर्ने शिक्षकहरु र सरकारको शिक्षा मन्त्रालय सम्बद्ध निकायहरुबिच संघर्ष चलिरहेको देखिन्छ । यतिबेला देशभरका अस्थायी करार शिक्षकहरु यसअघि सरकराले गरेको सहमति अनुसार इमान्दारीता नदेखाएको भन्दै त्यसको विरोधमा जुटेका छन । त्यस्तै उनीहरुले सम्पूर्ण छुट अस्थायी करार शिक्षकहरु एक होऔं भन्ने नारासहित चरणबद्ध आन्दोलनका कार्यक्रमहरु जार्री राखेका छन । छुट अस्थायी करार शिक्षकहरुको अधिकारको लागि संघर्ष समिति गठन गरेर उनीहरुले फागुन २७ गतेदेखि २९ गतेसम्मको कार्यक्रम गरेका छन भने अगाडी आमरण अनसनदेखि विद्यालय ठप्प पार्ने सम्मका कडा आन्दोलनहरु समेत अघि बढाउने तयारी गरिरहेको देखिन्छ । उनीहरुले ०७२ असोज २ गतेपछि हालसम्म नियुक्त अस्थायी करार शिक्षकहरुलाई सेवाबाट विस्थापित नगर्न, संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षाको व्यवस्था गर्न र खुल्ला विज्ञापनमा उमेरको हदबन्दी हटाउन माग तेस्राएका छन । उनीहरुको आन्दोलनका विविध पाटोको विषय हरपल नेपालले अस्थायी करार शिक्षकहरुको अधिकार प्राप्तीको आन्दोलन उठाउँनका लागि बनाएको संघर्ष समितिका अध्यक्ष हरिवंश पराजुलीसँग कुराकानी गरेको छ । उक्त कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरिएको छ ।)

१) के को आन्दोलनमा हुनुहुन्छ तपाईहरु ? थकान मार्दै आन्दोलनमा देखिनुहुन्छ नि ?

-०७२ असोज २ गतेभन्दा अगाडि नियुक्त अस्थायी करार शिक्षकहरुलाई तत्कालिन शिक्षा मन्त्री गोपालमान श्रेष्ठले २०७३ चैत्र १९ गते सम्म नियुक्त सम्पूर्ण अस्थायी करार शिक्षकहरुलाई ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला प्रकृयामा लग्ने भनेर भनेकोमा पछि त्यो मन्त्रि परिषद्भच ससेत पुग्यो तर पाश गरिएन र हामीलाई आन्तरिक प्रकृयाबाट हटाउने काम भयो । त्यसैले हामी ९ औं शिक्षा ऐनको विरुद्ध हामी निरन्तर रुपमा आन्दोलन गर्दै आयौं । हामीहरु २०७४ चैत्रदेखि निरन्तर आन्दोलनमा छौं, हामीले ३०७४ चैत्र सात गते आमरण अनसन गर्यौ, हाम्रा साथी नरबहादुर बस्नेत अनसनमा बसेका थिए । यसरी १३ दिनसम्म आमरण अनसन बसेपछि सरकारले हाम्रा मागहरु पुरा गर्ने आश्वसन दिएपछि हामीले त्यो कार्यक्रम स्थगित गरेका थियौं र यसरी विभिन्न चरणमा आन्दोलन गर्दै जाँदा नेपाल शिक्षक महासंघ र नेपाल सरकारबिच २०७५ साल फागुन ९ गते भएको २० बुँदे सहमतिमा बुँदा नम्बर १९ कार्यान्यन नभएकाले हामी पुर्न आन्दोलनमा आउँनुपर्ने भएको हो ।

आन्तरिक प्रकृयाबाट छुटेका अस्थायी करार शिक्षकलाई पुर्न आन्तरिक प्रतिस्पर्धामा लग्ने भन्ने कुरा समेटिएको थियो, तर अहिले आउँदा हामी १३ हजार असथायी करार शिक्षकहरुलाई बाहिर राखेर सरकारले जसरी खाली हात बिदाई गर्ने सड्यन्त्र गर्यो, हामी त्यसको विरुद्ध आन्दोलनमा छौं । हाम्रोघोषित आन्दोलन अन्तर्गत हिजो (२०७५ फागुन २७) गतेबाट हामी फेरी आन्दोलित भएका छौं । हामीले २७ गते माइतिघर मण्डला चोकबाट वानेश्वरसम्म र्याली निकाल्यौं, विरोध प्रदर्शन गर्यौ, र त्यसैको निरन्तरतामा आज (२८ गते) पनि शान्तिपूर्ण तरिकाको आन्दोलन जारी राखेका छौं । यो क्रममा सुरक्षाको नाममा हामीमाथि धरपकड गर्ने, दुख दिने जुन काम भएको छ, यस प्रति म खेद प्रकट गर्दै राज्यको ध्यानाकर्षण गराउँन चाहन्छु । यसैगरी शिक्षा ऐन २०२८ अनुसार नियुक्त भएका सबै शिक्षकहरुलाई समान व्यवहार गरियोस, कसैलाई काखापाखा र सौताने व्यवहार नगरि एउटै प्रकृया नियुक्त भएका शिक्षकहरुलाई स्थायीमा लगियोस भन्ने हाम्रो कुरा छ ।

२) तपाईहरुको माग त्यति मात्र हो ? के के विषयहरु उठाउँनु भएको छ ?

-हामीले २०७२ असोज २ गतेपछि हालसम्म नियुक्त सबै अस्थायी करार शिक्षकहरुलाई सेवाबाट विस्थापित नगरियोस्, संघिय शिक्षा ऐनमा आन्तरिक प्रकृयाको व्यवस्था गरियोस्, कार्यरत सबै अस्थायी करार शिक्षकलाई खुल्ला विज्ञापनमा उमेरको हदबन्दी हटाइयोस् भन्ने मागहरुलाई हामीले मुख्य रुपमा उठाएका छौं ।

३) तपाईहरुले अघिल्लो पटक सरकारसँग छलफल गरेपछि आन्दोलन फिर्ता गर्नुभएको थियो, फेरी के कहाँ मिलेन र शुरु गर्नुपर्यो ?

-त्यतिबेला नेपाल शिक्षक महासंघ र नेपाल सरकारबिच सहमति भएको २० बुँदामध्ये १९ नम्बरमा उल्लेखित विषयहरुको कार्यान्वयन भएन । अहिले त्यो बुँदालाई काटेर शिक्षामन्त्रालयले ड्राफ्ट तयार पारेको छ, हामीले त्यसको विरोध गरेका हौं । त्यस्तै त्यतिबेला अीथायी करार शिक्षकहरुलाई विविध कारणले गर्दा आन्तरिक प्रकृयामा छुटेका शिक्षकहरुलाई समेट्ने षियमा लेखिएको हुनाले त्यसको कार्यान्वय हुनुपर्नेमा हाम्रो माग छ ।

४) तपाईहरु यसरी आन्दोलन गरीरहनु भएको छ, के कस्ता कार्यक्रम हुन्छन विरोधका ?

-हाम्रो यसअघि नै घोषित कार्यक्रम अनुसार भोली (२९ गते) सम्म हामी सडकमा हुन्छौ । भोली पनि माइतिघर मण्डलामा वानेश्वरसम्म विरोध र्याली प्रदर्शन गर्ने लगायतका कार्यक्रम रहेका छन । यदि हाम्रा जायज मागहरुलाई राज्यले सुन्दैन भने हामी सामूहिक आमरण अनसन र अनिश्चितकालिन विद्यालय बन्द लगाएतका कार्यक्रमहरु समेत चलाउँन बाध्य हुनेछौं ।

५) यो सबै तपाईहरुको सल्लाह भएको र घोषित कार्यक्रम हो ?

-हजुर हो । हामीले पटक पटक राज्यलाई हाम्रा मागहरुको विषयमा ध्यानाकर्षण समेत गराएका छौ तर नसुनेपछि आन्दोलनमा उत्रिनुको विकल्प देखिएन । यो चरणको आन्दोलनबारे नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापालाई समेत बताएका छौं, उहाँसँग भर्खर पनि भेट एको थियो, उहाँले भेटका क्रममा आफुहरुले वार्तामा पहल गरिरहेको भन्दै हाम्रो आन्दोलनप्रति एक्यवद्धता जनाएका छन । यसरी सरकारले हाम्रो माग नसुनेमा संयुक्त रुपमा चार लाख बढी शिक्षकहरुको आन्दोलनमा समर्थन जुट्ने छ, भन्दै मागप्रति ध्यान दिन सरकारलाई स्मरण गराउँन चाहन्छु ।

६) तपाईहरुले मुख्य रुपमा जुन माग उठाउँनु भएको छ, त्यो पुरा गर्न सरकार तयार भएमा आन्दोलनका कार्यक्रमहरु पुरा रोकिन्छन ?

-अब भेनर मात्र हुँदैन । हामीसँग लिखित रुपमा त्यो प्रतिबद्धता जनाउँनुपर्छ । अस्थायी करार शिक्षकलाई विस्थापित नगर्ने ढंगमा सरकार हिड्ने हो भने हामी आन्दोलन छाडेर आ आफ्नो स्कुलमा विद्यार्थी पढाउँन जान्छौ । आन्दोलन रोकिन्छ तर त्यसलाई सम्बोधन गरिएन भने १३ हजार शिक्षकहरु काठमाडौंमा जम्मा भएर काठमाडौंका सबै सडक र गल्लीहरु ठप्प पार्न बाध्य हुनेछौं, हाम्रा अधिकारका लागि हामी सडकमै सत्नेछौं, सामूहिक आमरण अनसन गनेृ छौं । यदि यो राज्य लोकतान्त्रीक हो भने सबैका जायज मागहरुलाई पुरा गर्नका लागि सोच्नुपर्छ ।

७) तपाईहरु विद्यार्थी पढाउन छाडेर पनि कतिपय आन्दोलनमा आउँनुभएको छ, यो ठिक भएको जस्तो लाग्छ ?

-यो राज्यले हामीमाथि गरेको विभेदको परिणाम हो । अरु सबै शिक्षकहरुलाई राज्यले नियुक्त गर्छ, कसैलाई स्थायी कर्मचारीको नाममा, कसैलाई राहतको नाममा त कसैलाई अन्य विभिन्न नामहरुमा नियुक्ति गर्दै गर्दा अन्तराष्ट्रिय श्रम सम्झौताको मर्म विपरित राज्यले आफुलाई उभ्याइ रहेको छ । उक्त आइएलओले श्रमिकको रुपमा कामदार राख्न नपाइने भनेको छ । उक्त व्यवस्था अनुसार ६ महिना भन्दा बढि करारको रुपमा कर्मचारी राखिएको खण्डमा निश्चित प्रकृया पुर्याएर उनीहरुलाई स्थायी गरिनुपर्छ भन्ने आइएलओको अभिसन्धीमा व्यवसथा गरिएको हुनाले त्यसको हस्ताक्षर राज्यका हैसियतले नेपाल सरकारले त्यो कार्यान्वयन गर्नुपछर्m । तर हामीले भने बर्षौ काम गरेका छौं । विद्यालयमा चार, पाँच बर्षसम्म आफ्नो उर्जाशिल समय बिताउँदै यही काममा र्छौ, अब राज्यले न्याय दिन्न भने हामी रगतको खोलो बगाउँन बाध्य हुनेछौ, आत्म दोहन गर्न पछि पर्ने छैनौं ।

८) देशभरी अस्थायी शिक्षकहरुको अवस्था के हो ? कति हुनुहुन्छ ?

-हामी देशभरका गरेर १३ हजार जति छौं । अस्ति शिक्षक सेवा आयोगले १२ हजार सात सय ६० खुल्ला पदमा खोलेको छ, हामीसँग धेरै साथीहरु हुनुहुन्छ ।

९) अन्तिममा केहि भन्नु छ, छ भने भन्नुस् ।

-यो लोकप्रिय सञ्चार माध्यम मार्फत म सम्पूर्ण शैक्षिक सरोकारवालाहरु, शिक्षक महासंघ, शिक्षक सम्बन्धीका अन्य संघ, संगठनहरु, राजनीतिक दल, संसदहरु, पत्रकार, नागरिक सबैलाई हाम्रा जायज मागमा समर्थन गर्न आग्रह गर्दछु । त्यसैगरी शिक्षकहरुले उठाएका मागको सम्बोधन गरेर हामीलाई शान्तिपूर्ण रुपमा विद्यालय फर्कने वातावरण निर्माण गरियोस, भन्न चाहन्छु।