शिक्षाको गुणस्तर बढाउन सरोकारवालाहरूबीच सहकार्यमा जोड

नागरिक तहबाट अनुुगमन माग

बाँके । शिक्षाको गुणस्तर बढाउन स्थानीय सरकार र नागरिक समाजको सहकार्य हुनुुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

स्थानीय सरकारलाई जिम्मेवारी र उत्तरदायी बनाउन नागरिक समाजले बाँके जिल्लामा अनुगमन गर्ने भएको छ ।

सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, नेपालगन्ज र एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत बाँकेमा हेड गठबन्धनका सदस्यलाई सार्वजनिक सेवा प्रवाहका बारेमा अनुमगन गर्ने बताइएको छ ।

बैठकका सहभागीहरुले राज्यबाट हुुने शिक्षा, स्वास्थ्य, कृषिका सेवा प्रवाहका बारेमा नागरिक तहबाट पनि अनुुगमन हुुनु पर्ने बताए ।

एचआरएम नेपालका रामसुहावन सोनकरले स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि विद्यालय अनुगमन गर्दा प्रभावकारी हुने बताए ।

त्यसैगरि ईन्सेकका केन्द्रिय सदस्य कृष्णमुरारीप्रसाद भट्टले सेवाग्राही पनि सचेत भई राज्यले दिने सेवा सुुविधाहरु प्रति नागरिक समाज सदैव चनाखो हुनु पर्ने जस्ले गर्दा राज्य नागरिकप्रति उत्तरदायी हुने बताए ।

एफएचआई ३६० का पैरवी बिज्ञ भोला भट्टराईले प्रत्येक गाउँपालिकामा शिक्षा नीति र शिक्षा कार्यविधि बनाउन नागरिक समाजले सहयोग गर्नु पर्ने बताए ।

उनले नागरिक समाजले कमीकमजोरी औल्याई दिदाँ दबाब सिर्जना भई सेवा प्रवाहमा सहजता आउने बताए ।

उक्त बैठकमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक राकेश कुमार मिश्र, नेपालगन्ज उद्योग बाणिज्य संघकाका सदस्य रमारानी गुुप्ता, एफएचआई ३६० का पैरवी बिज्ञ भोला भट्टराई लगायतको सहभागिता रहेको थियो ।

बैठकले शिक्षाको गुणस्तर बढाउन डुडुवा गाउँपालिकामा रहेको शहिद स्मारक माविमा गई बिस्तृत छलफल गर्ने योजना बनाएको छ, जसको लागि ५ सदस्यीय टोली समेत तोकिएको छ ।

गठबन्धमा शिक्षा, स्वास्थ्य, कृषिको गुुणस्तर बढाउन पैरवीको सवाल छनौट गरि सम्बन्धित सरोकारवाला निकायसंग बसेर बृहत छलफल गरिनेछ ।

हेड गठबन्धनको उद्धेश्य, प्रक्रिया र महत्वको बारे र चेकलिस्टको बारेमा आईएचआसीका कार्यक्रम ब्यवस्थापक रविन्द्र कुुमार ज्ञवालीले प्रस्तुत गरे ।