क्रान्तिकारी युवा लिंग बाँकेको संयोजकमा अमिट

१५ सदस्यीय कमिटी गठन: संघर्षमा जोड

बाँके । नेकपा (क्रान्तिकारी माओवादी) निकटको क्रान्तिकारी युवा लिंग बाँकेको संयोजकमा विरेन्द्र शाही अमिट निर्वाचित भएका छन् ।

क्रान्तिकारी युवा लिंग बाँकेले आज नेपालगञ्जमा सम्पन्न गरेको भेलाले अमिटको संयोजकत्वमा कमिटि गठन गरेको हो ।

भेलाले चार सदस्य पछि थप्नेगरी १५ सदस्यीय क्रान्तिकारी युवाको जिल्ला समिति गठन गरेको छ । 

उक्त बैठकले पार्टीले संञ्चालन गरेको तीन महिने संगठन निर्माण तथा जनपरिचालन अभियानलाई सघाउने, फागुन एक गते मार्च पाश गर्ने, सदस्यता वितरण गर्ने लगायतको निर्णय गरेको छ ।

उक्त भेलालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिशिरले हरेक मुक्ति आन्दोलनमा युवाको भूमिका महत्वपूर्ण भएको बताए ।

उनले विचारले निर्देशित युवाहरू सुन्दर भविष्यका निर्माता भएको भन्दै जनवादी क्रान्तिका लागि संगठीत हुनुपर्नेमा जोड दिए ।

पार्टीको बाँके बर्दिया ईन्चार्ज भुपेन्द्र न्यौपानेले क्रान्तिकारी संगठन भित्र संघर्ष जरूरी लुकेको हुने बताउदै युवाले आन्दोलनको नेतृत्व गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य लोकराज जैसीले निर्वाचित समितिलाई शुभकामना दिदै राज्य दमनको विरूद्धमा युवा जाग्नुपर्ने बताए ।