विशेष समाचारः‘अपहरण परेका विशाल अझै भेटिएनन्ः भिडियोमा हेर्नुहोस्, परिवारको आशंका यस्तो छ’

‘बालक को सँग बाहिर गएका थिए, स्कुल पनि अनभिज्ञ’

काठमाडौं । राजधानीको क्षेत्रपाटीस्थित सरस्वती उच्च माविको युकेजिमा अध्यनरत पाँच बर्षे बालक विशाल चौधरी हराएको २४ घण्टा बितिसक्दा सम्मपनि उनको अवस्थाको बारेमा कुनै जानकारी आउन नसकेको भन्दै परिवारजनहरु चिन्तित अवस्थामा रहेका छन ।

प्रहरीले घटनाको विषयमा गम्भिर अनुसन्धान गरिरहेको बताएको छ । आशंकाको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ । पक्राउ परेका ब्यक्ति राजु राना मगर हुन, उनी दुइबर्षदेखि सो परिवारसँग नजिक रहेका मानिस हुन् ।

LOADING...

घटनाको विषयमा हरपल नेपाल डटकमले सम्बन्धीत विभिन्न ब्यक्तिहरुसँग छुट्टा छुट्टै भेटघाट गरेर सत्य तथ्य कुराको जानकारी लिने प्रयास गरेको छ, घटनाको बारेमा हरपल नेपालले विशेष भिडियो सामाग्री पनि तयार गरेको छ ।

हराएका बालक विशालका बुबा विजय चौधरीले स्कुलले बालकलाई को सँग पठायो भन्ने जानकारी नराख्दा उक्त समस्या आएको भन्दै खोजिमा सहयोग गर्नका लागि सबैसँग आग्रह गरेका छन ।

त्यसैगरी बालककी हजुरआमा फेगुनी चौधरीले रुदै भनिन–‘हाम्रो पसलमा काम गर्ने केटो, जस्लाई प्रहरीले हिजो नै पक्राउ गरेको छ, मलाई त्यसप्रति आशंका रहेको छ । उक्त मानिसले पहिले पनि बेला बेलामा पहिले पनि बेइमानि गरेको थियो ।’

LOADING...

त्यस्तै सरस्वती स्कुलका प्रिन्सिपल सुमन मल्लले उक्त दिन आफु स्कुलमा नरहेको भन्दै विद्यालय हाताबाट बालक कसैको बाइकमा चढेर हास्दै गएको सिसि क्यामेराले खिचेको भिडियोमा देखिएकोले उनी चिने जानेकै मानिससँग गएको प्रष्ट हुने दाबी गरे । तर उक्त भिडियो भने प्रहरीले राखेको बताइएको छ ।

विद्यालय श्रोतका अनुसार बालक अत्यन्त शान्त स्वभावका थिए, उनी अपरिचित मानिससँग झुमिने खालका थिएनन । स्कुलका गार्ड बुद्ध श्रेष्ठले बालक स्कुल समय सकिएपछि गेटको छेउमा आएको अभिभावकलाई पर्खिरहेको देखे पनि कतिबेला र को सँग गयो त्यो आफुले थाहा नपाएको बताए ।

LOADING...

कसरी हराए विशाल ? परिवारको आशंका यस्तो छ

अपहरणको आशंका गरिएका बालक विशालका बुबा बुटवलका स्थायीवासी हुन । उनी असनमा निर्माण सामाग्रीको पसल चलाउँदै आएका एक ब्यापारि हुन । राम्रो ब्यवसाय गरिरहेका विजयले पसलमा काम गर्नका लागि स्थानीय राजुराज मगरलाई राखेका थिए ।

काममा निकै मेहनत गर्ने विजय चौधरी र उनका कामदार राजुबीच राम्रो सम्बन्ध रहेको र बालक पनि उनीसँग निकै मिल्ने र बाईकमा स्कुल जाने आउने गर्ने गरेको बताइन्छ ।

स्कुल श्रोतका अनुसार पनि बालक आमा,बुबा र ति राजु भनिने ब्यक्तिसँग पनि स्कुल आउने जाने गर्दथ्य । तर उक्त दिन बालक परिवारजनसँग स्कुलको गेट भित्र पुगें तर अभिभावक लिन जादाँ बालक भेटिएनन ।

स्कुल श्रोतका अनुसार बालक निस्केको चार, पाँच मिनेटपछि उनका अभिभावक स्कुलमा लिन आएको देखिन्छ । तर उनलाई लिएर जाने को हुन ? यो सबैको खोजिको विषय बनेको छ ।

LOADING...

परिवार श्रोतले बताए अनुसार कामदारका रुपमा रहेका राजु त्यस दिन बिदामा रहेका थिए, बालकको स्कुल बिदा हुने समयमा राजु पसलमा थिएनन, तर हराएको हल्ला भए लगत्तै स्कुलमा गएर सबै भन्दा आलाप, विलापमा उनी लागेका थिए ।

बालकको परिवार श्रोतले राजुको पछिल्लो गतिविधी र केही पुराना घटनाहरुको आधारमा उनीमाथि आशंका रहेको बताएको छ, तर उनीहरुले त्यो प्रमाणीत हुन भने बाँकी रहको बताएका छन । प्रहरीले पनि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ ।

LOADING...