भक्तपुर नगरपालिकामा नेमकिपाको जित निश्चितः ठूला पार्टी धेरै पछाडि

मेयर पदमा कांग्रेस दोश्रो, एमाले तेश्रो स्थानमा

भक्तपुर । स्थानीय निर्वाचनको मत परणाम आउने क्रम जारी रहेको छ । पछिल्लो चरणको भक्तपुर नगरपालिकाको मतगणना अनुसार नपाल मजदुर किसान पार्टीका उम्मेदवारहरु धेरै मतान्तर सहित अग्रतामा रहेका छन ।

नेमकिपाबाट नगरपालिकाको मेयरमा सुनिल प्रजापतिले पाच हजार चार सय ८० मत ल्याएका छन भने उनका प्रमुख प्रतिद्धन्द्धीका रुपमा नेपाली कांग्रेसका उम्मेदवार राम कासुला देखिएका छन । राम कासुलाले भने दुई हजार तीन सय ९३ मत मात्र प्राीत गरेका छन ।

त्यसैगरी उपमेयर पदमा नेमकिपाका उम्मेदवार रजनी जोशीले पाँच हजार पाँच सय ३९ मत प्राप्त गरेकी छन भने उनको निकटतम प्रतिद्धन्द्धीका रुपमा कांग्रेसकी गङ्गालक्ष्मी अवाल देखिएकी छन । अवालले दुई हजार एक सय ९१ मत मात्र प्राप्त गरेकी छन ।

भक्तपुरको पछिल्लो मत परिणाम यस्तो रहेको छ–

प्रमुख सुनिल प्रजापति नेमकिपा ५४८०             -उपप्रमुख रजनी जोशी नेमकिपा ५५३९

प्रमुख राम कासुला नेपाली काँग्रेस २३९३           -उपप्रमुख गङ्गालक्ष्मी अवाल नेपाली काँग्रेस २१९१

प्रमुख विष्णु सुवाल एमाले १२०४                        -उपप्रमुख कृष्णमाया त्वायनाबासु एमाले १३५८

सूर्यविनायक नगरपालिका

प्रमुख विष्णुराज कार्की नेपाली काँग्रेस १९९०                -उपप्रमुख कल्पना राजथला नेपाली काँग्रेस १५६४

प्रमुख बासुदेव थापा एमाले २०४०                                    -उपप्रमुख जुना बस्नेत एमाले २२७२