आज ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः माके (क्रान्तिकारी) संम्बद्ध अनेमसंघ क्रान्तिकारीद्धारा शुभकामना वक्तव्य जारी
संसदीय व्यवस्थाको नफालेसम्म महिला अधिकार अनिश्चित हुनेमा जोड
काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) संम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा श्रमजीवी तथा उत्पीडित महिला, आमश्रर्वहारावर्ग र जनसमुदायलाई वक्तव्य मार्फत शुभकामना व्यक्त गरेको छ ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्ष दुर्गादेवी खत्रीद्धारा आज जारी गरिएको शुभकामा वक्तव्यमा महिलाको हक, अधिकारको पक्षमा भएका संघर्षहरुदेखि महिला दिवस मनाउने परम्पराको इतिहाससम्मका विविध पक्षबारे प्रकाश समेत पारिएको छ ।
अनेमसंघ क्रान्तिकारीको अध्यक्ष खत्रीद्धारा जारी उक्त वक्तव्यमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई पितृसत्तात्मक व्यवस्थाले आम श्रमजीवि तथा उत्पीडित महिलाहरुमाथि थोपारेको असमानता विरुद्धको आन्दोलनका रुपमा अर्थ लगाइएको छ । वक्तव्यमा अगाडी भनिएको छ–‘महिलाहरुमाथि हुने शोषण, दमन, विभेद र अमानवीय व्यवहारविरुद्ध उत्पीडित महिलाहरुले इतिहासदेखि नै न्यायपूर्ण आन्दोलन गर्देआएको विषय सर्वविदिदै छ । जहाँ असमानताको प्रर्खाल हुन्छ, त्यहाँ न्यायपूर्ण आन्दोलन विकास हुन्छ, यो विज्ञानयुक्त तथ्य पनि हो।’
महिला अधिकारको आन्दोलनको नेतृत्व कम्युनिष्ट पार्टी वा संम्बद्ध संगठनहरुले मात्र गर्न सक्नेमा जोड दिदै उक्त वक्तव्यमा भनिएको छ–‘महिलामाथि हुने असमानता विरुद्धको निर्णायक आन्दोलनको नेतृत्व मालेमावादी सैद्धान्तिक वैचारिक मार्गदर्शन बोकेको महिला संगठन र क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्र गर्न सक्छ । अन्यथा असमानता विरुद्ध थालिएका आन्दोलनहरु सत्ताँलिप्सा र सम्झौतामा समाप्त हुन्छन् ।’
महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र पछिल्लो चरणसम्म पुग्दा उत्पीडित वर्ग जनसमुदायको न्यायोचित आन्दोलन र राष्ट्रियताको संघर्षहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर खेलेको भुमिका खेलेको विषमा चर्चा गर्दै वक्तव्यमा अगाडी भनिएको छ–‘वर्तमान संविधानमा महिलाको हकलाई मौलिक हकका रुपमा राखिएपनि अझै त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कानुनी रुपमा सबै निकायमा महिलालाई समानुपातिक समावेशीको सिद्धान्तका आधारमा सहभागि हुने हक, संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था लगाएतका विषयमा प्रगति भएपनि आम रुपमा व्यवहारीक जिवनमा महिलाहरु माथिको उत्पीडन नयाँ ढंगले विकास भएको देखिन्छ।’
महिलामाथि हुने अन्याय अत्याचारको नयाँ स्वरुप बढ्नुको मुख्य कारण वर्तमान संसदीय व्यवस्था रहेको औल्याउँदै वक्तव्यमा भनिएको छ–‘अहिलेसम्म पनि नेपाली महिलाहरुले असमानता, अन्याय भोग्नुको मुख्य कारण वर्तमान दलाल संसदवादी व्यवस्था नै हो । तसर्थ महिला तथा श्रमिक वर्गको न्याय, मुक्ति र स्वतन्त्रताको लागि संसदीय व्यवस्था फाल्नुको विकल्प छैन । त्यसका लागि आम दिदीबहिनी र उत्पीडित जनसमुदायलाई हाम्रो संगठन पार्टी, संगठनमा संगठित हुन र निर्णायक आन्दोलनका लागि तयारीमा जुट्न विशेष आह्वान गर्दछौं ।’
महिला श्रमिक दिवसको अवसरमा शहीदहरु प्रति श्रद्धाञ्जली तथा योद्धा, घाइते, बेपत्ता परिवारजनप्रति उच्च सम्मान सहित सम्पूर्ण महिला दिदीबहिनी, उत्पीडित वर्ग र आम जनसमुदायमा राष्ट्रियताको रक्षार्थ सशक्त आन्दोलनको तयारीमा जुट्ने प्रेरणा मिलोस भन्दै हार्दिक शुभकामा व्यक्त गरिएको छ । बाँकी वक्तव्यको पूर्णपाठसहित ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी, केन्द्रीय समिति
श्रमिक महिला तथा आमजनसमुदायमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना !
आज मार्च आठ अथार्थ ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ! पितृसत्तात्मक व्यवस्थाले आम श्रमजीवि तथा उत्पीडित महिलाहरुमाथि थोपारेको असमानता विरुद्ध आन्दोलन हो । महिलाहरुमाथि हुने शोषण, दमन, विभेद र अमानवीय व्यवहारविरुद्ध उत्पीडित महिलाहरुले इतिहासदेखि नै न्यायपूर्ण आन्दोलन गर्देआएको विषय सर्वविदिदै छ । जहाँ असमानताको प्रर्खाल हुन्छ, त्यहाँ न्यायपूर्ण आन्दोलन विकास हुन्छ, यो विज्ञानयुक्त तथ्य पनि हो । महिलामाथि हुने असमानता विरुद्धको निर्णायक आन्दोलनको नेतृत्व मालेमावादी सैद्धान्तिक वैचारिक मार्गदर्शन बोकेको महिला संगठन र क्रान्तिकारी कम्युनिष्ट पार्टीले मात्र गर्न सक्छ । अन्यथा असमानता विरुद्ध थालिएका आन्दोलनहरु सत्ताँलिप्सा र सम्झौतामा समाप्त हुन्छन् । यसर्थ हाम्रो महान, गौरवशाली तथा जनप्रिय पार्टी नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) सम्बद्ध महिला हक, अधिकारको पक्षमा आन्दोलनरत संगठन ‘अखिल नेपाल महिला संघ क्रान्तिकारी’ देश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी, उत्पीडित, उपेक्षित महिला दिदीबहिनीहरुलाई असमानता विरुद्ध सशक्त आवाज उठाउँदै, आम श्रर्वहारावर्गको न्याय, स्वतन्त्रता, समानता र स्वाधीनताको पक्षमा ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई आन्दोलनको रुपमा मनाउनुपर्ने धारणा राख्दछ । अन्तर्राष्ट्रिय जगतमा महिला अधिकारको क्षेत्रमा केही प्रगति भएको रिपोर्टहरु सार्वजनिक गरिपनि अझै राज्यसत्ताँमा महिलाको पहुच र नेतृत्वको विषय कार्यान्वयनमा आउँन सकिरहेको अवस्था छैन । त्यस्तै नेपालको सन्दर्भमा त अझै महिलाहरुमाथि दिनहुँ जसो हत्या, हिंसा, अन्याय, अत्याचार, दुव्र्यवहार, असमानताका घटनाहरु भैरहेको अवस्था छ । पुरातन एकात्मक राजसंस्थात्मक व्यवस्थाका विरुद्ध तत्कालिन हाम्रो पार्टी नेकपा (माओवादी) ले थालेको महान जनयुद्धमा महिलाहरुले सैन्य मोर्चादेखि पार्टी संगठनमा जिम्मेवारी बोकेर दुँनियासामु आफ्नो बहादुरी देखाएपनि पार्टी नेतृत्वकर्ताले आन्दोलनलाई सम्झौतावादमा विसर्जन गर्दै, सहीदका सपना, घाईते, अपाङ्ग र आमजनसमुदायको विश्वासलाई दलाल संसदीय व्यवस्था चढ्ने खुट्किलो बनाएपछि पछिल्लो चरणमा राष्ट्रियता, जनतन्त्र र जनजिविकाको संकटपूर्ण अवस्था आएको छ । नाममा आएको लोकतान्त्रीक गणतन्त्रले आम नेपाली जनसमुदाय र महिलाहरुलाई थप उत्पीडन थपेको छ, अन्याय र अत्याचार नयाँ ढंगले विकास गराएको छ । आमनागरिकलाई जिवन निर्वाहको समस्या छ, महिला र उत्पीडित वर्ग समुदायको न्यायपूर्ण आवाजमा ताल्चा लगाइएको छ, भारतीय विस्तारवादले खुलेयाम आक्रमण गरिरहेको छ, अमेरिकी साम्राजयवादको एजेन्ट, जनघाती साशकहरुले सार्वभौम भनिने संसदबाटै मुलुकको राष्ट्रियतामाथि खतरा निम्त्याउने एमसीसी पाश गरेका छन, असर्थ यो बर्षको श्रमिक महिला दिवस हामीले महिला अधिकारका साथैं राष्ट्रघाती सत्ताँ तथा दलाल साशक विरुद्ध सशक्त आन्दोलनको उद्घोष गरेर मनाउन हाम्रो संगठन मातहतका शाखा संगठनहरु, नेता, कार्यकर्ताहरु, अन्य महिला संम्बद्ध संघ संगठनहरु र आम उत्पीडित जनसमुदायमा विषय अनुरोध पेश गर्दछ ।
अठारौं शताब्दीसम्म पुँजीवादीहरुको मुठ्ठिमा रहेको सामन्तवादी सत्ताँले श्रमिक मजदुरमाथि शोषण गर्दै महिला श्रमिकमाथि त असमानता कायम राखेको थियो । त्यतिबेला कलकारखानाको विकास भएका कारण महिलाहरु समेत काममा जान शुरु गरेका थिए, तर महिलालाई तलब, काम, समय जस्ता कुरामा असमानता गरिएको थियो । असमाता विरुद्ध श्रमिक महिलाहरुले आफ्नो असन्तुष्टिका आवाजहरु उठाउन शुरु गरिसकेको थिए । त्यसैबिच सन् १७७९ मा बेलायति महिला मेरी बोल्स्टोनक्राफ्टले पुरुषप्रधान साशक व्यवस्थाको विरुद्ध, महिला अधिकार र राज्यमा महिलाको समान हकको पक्षमा सशक्त आवाज उठाउँदै पुस्तक प्रकाशन गरिन । त्यसपछि अधिकारका पक्षमा उत्पीडित महिलाहरु संगठित हुने, वहस गर्ने र संगठित आवाज उठाउने अवस्था आयो । त्यसपछि सन् १७८९ अक्टोवरमा पेरिसका गरिब र श्रमजीवी महिलाहरुले चरम महँगीको विरोधमा जुलुस, धर्ना लगाएतका विरोध कार्यक्रम गरे । राज्य असमानता विरुद्ध मानिसहरुमा क्रान्तिकारी चेतको विकास तिब्र गतिमा भैरहेको थियो, र सन् १८३२ मा नेदरल्याण्डको कपडा कारखानाका श्रमिक महिलाहरुले दासप्रथाको विरोध गरे । उनीहरुले असमान वयवहार र तलबको मुद्दा उठाए । सिंगो युरोपभरी श्रमिक क्रान्ति बढिरहेको थियो । त्यसैबिच सन् १८४८ मा विश्व सर्वहारावर्गको अग्रदस्ताका रुपमा कमरेड माक्र्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्र प्रतिपादन गनुभएपछि त महिलाका साथै आम उत्पीडित श्रमजीवी वर्गलाई न्याय र मुक्तिका लागि संगठित हुने र आन्दोलनमा उत्रिने थप प्रेरणा दियो । श्रमिकहरुको आन्दोलन राजनैतिक वैचारिक चेतसहित व्यवस्थित रुपमा बढ्दै थियो । परिणामतः सन् १८५७ मार्च ८ का दिन अमेरिकाको सुती कपडा उद्योगमा काम गर्ने श्रमिक महिलाहरुले कामको अवधि घटाउने माग उठाउँदै सशक्त आन्दोलन चलाए, त्यस आन्दोलनमा विभिन्न श्रमिक संगठनहरुले समेत एकता र सहकार्य गरे । त्यसका साथै आन्दोलनमा अन्तर्राष्ट्रिय ऐक्यवद्धता समेत जुट्यो । बिस्तारै महिला श्रमिकहरुले राजनीतिक अधिकार, सत्ताँ, व्यवस्था परिवर्तन लगाएतका मुद्दा पनि उठाए । महिला मुक्ति आन्दोलनलाई श्रमजीवी वर्गको आन्दोलनसँग जोडेर आमूल परिवर्तनको अभियान चल्यो । सन् १८६८ मा कार्लमाक्र्सले श्रमिक महिलालाई विश्वश्रमिक आन्दोलनमा जोडिन आग्रह गर्नुभयो । सन् १८७१ को पेरिस कम्युनको असफलतापछि पुँजीवादी साशकहरुले श्रमिक आन्दोलनमा निर्मम दमन गर्न थालें, त्यसको प्रतिरोधमा सामाजिक जनवादी श्रमिक पार्टी स्थापना भए, श्रमिक महिलाहरु पनि पार्टीमा जोडिएर आन्दोलनमा लाग्नथाले । सन् १८८९ मा पेरिसमा श्रमिकहरुको ऐतिहासिक अन्तर्राष्ट्रिय सम्मेलन भयो, त्यसले समान कामको समान पारिश्रमिकको मुद्दा उठायो । उक्त सम्मेलनसँगै श्रमिक महिला आन्दोलन सशक्त र नयाँ ढंगले अघि बढ्यो, पुँजीवादीहरुले आन्दोलनका आवाजलाई सुन्ने र सुधारमा ध्यान दिए । त्यसपछि सन् १९१० मा १७ देशका श्रमिक र राजनीतिक महिला प्रतिनीधिहरु सहित करिब एक सयजना समाजवादी महिलाहरुले कोपेनहेगनमा दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन गरें । त्यहि सम्मेलनबाट श्रमिक महिला आन्दोलनको ऐक्यबद्धता दिवसको रुपमा हरेक बर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा मनाउने गरिएको हो । त्यसपछि यसलाई समानताको आन्दोलनका रुपमा मनाउँदै आइएको छ ।
नेपालको राजनीतिक, आर्थिक सामाजिक रुपान्तरणको आन्दोलनमा महिलाहरुको सहभागिता र नेतृत्वदायि भुमिका दुनियासामु अनुकरणीय बन्यो । महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र पछिल्लो चरणसम्म पुग्दा उत्पीडित वर्ग जनसमुदायको न्यायोचित आन्दोलन र राष्ट्रियताको संघर्षहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर खेलेको भुमिका नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । संविधानमा महिलाको हकलाई मौलिक हकका रुपमा राखिएपनि अझै त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । कानुनी रुपमा सबै निकायमा महिलालाई समानुपातिक समावेशीको सिद्धान्तका आधारमा सहभागि हुने हक, संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था लगाएतका विषयमा प्रगति भएपनि आम रुपमा व्यवहारीक जिवनमा महिलाहरु माथिको उत्पीडन नयाँ ढंगले विकास भएको देखिन्छ । त्यसको कारण वर्तमान दलाल संसदवादी व्यवस्था नै हो, तसर्थ महिला तथा श्रमिक वर्गको न्याय, मुक्ति र स्वतन्त्रताको लागि संसदीय व्यवस्था फाल्नुको विकल्प छैन । त्यसका लागि आम दिदीबहिनी र उत्पीडित जनसमुदायलाई हाम्रो संगठन पार्टी, संगठनमा संगठित हुन र निर्णायक आन्दोलनका लागि तयारीमा जुट्न विशेष आह्वान सहित महिला श्रमिक दिवसको अवसरमा सम्पूर्ण महिला दिदीबहिनी, उत्पीडित वर्ग र आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछ । लालसलाम सहित ।
मितिः २०७८ फागुन २४ गते ।
…..
दुर्गादेवी खत्री
अध्यक्ष
अखिल नेपाल महिला संघ क्रान्तिकारी
केन्द्रीय समिति