माके (क्रान्तिकारी) लगाएतका पार्टीद्धारा राष्ट्रघाती एमसीसी प्रपञ्च विरुद्ध नेपाल बन्द आह्वानः सहयोगको अपिल (विज्ञप्तीसहित)

आन्दोलन अझ सशक्त, एकिकृत र व्यवस्थित बनाउनुपर्नेमा जोड

काठमाण्डौं । संसदीय दलालहरुको राष्ट्रघाती एमसीसी पाश गर्ने प्रपञ्च विरुद्ध नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) लगाएतका आधा दर्जनबढी दल तथा मोर्चाहरुले भोलि (फागुन–१६) एक दिन नेपाल बन्दको आह्वान गरेका छन् ।

व्यापक जनविरोध भैहरदा समेत सत्ताँधारीहरुले राष्ट्रघाती एमसीसी पारित गर्ने कदम नरोकेको भन्दै नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले एक विज्ञप्ती जारी गर्दै आफुहरु सशक्त विरोधमा उत्रिनुको विकल्प नभएकाले एक दिने नेपाल बन्द आह्वान गरिएको जनाएका हुन् ।

बन्दको आह्वान गर्दै माओवादी केन्द्र (क्रान्तिकारी) ले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘दलाल संसदवादीहरुले रातको मौका पारेर संसदमा एमसीसीबारे छलफल गर्ने, आमदेशभक्त जनसमुदायको आवाजलाई कुठाराघात गर्दै मुलुकको सार्वर्भामिकता, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतामाथि गम्भिर संकट निम्त्याउन सदनमा जो एमसीसी पाश गर्ने लज्जास्पद खेल खेलिरहेका छन्, त्यसका विरुद्ध हाम्रो महान, गौरवशाली तथा जनप्रिय पार्टी नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले भोलि एक दिन नेपाल बन्दको आह्वान गरेको विषय यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौं ।’

विज्ञप्तीमा अगाडी भनिएको छ–‘देशनै गम्भिर खतरामा बढेको बेला, राष्ट्रिय स्वाधिनता, मुलुकको सार्वभौमिकता र सवतन्त्रता लुटिन खोजेको बेला, देश रक्षार्थ आह्वान गरिएको बन्दलाई आ–आफ्नो ठाउँबाट सहयोग, समर्थन गर्दै सफल पार्नका लागि पार्टी संगठन, जवस र मोर्चाका साथै आम देशभक्त जनसमुदायमा विशेष अनुरोध गर्दछौं । एमसीसी विरुद्धको आन्दोलनमा निरन्तर नेतृत्व गरिरहेका राजनीतिक शक्तिहरु, मोर्चा र संगठनहरुले गर्ने सबै जनन्योचित आन्दोलन, संघर्षहरुमा समेत हाम्रो पार्टीको समर्थन तथा एक्यवद्धता छ ।’

एमसीसी खारेजी नगरेमा अझ सशक्त र व्यवस्थित आन्दोलनमा उत्रिनुपर्ने धारणा राख्दै विज्ञप्तीमा भनिएको छ–‘हामी सबै देशभक्त राजनीतिक दलहरु र आमजनसमुदायलाई सचेत बन्दै अझ सशक्त, एकिकृत र संगठित आन्दोलनको तयारीमा जुट्न समेत अपिल गर्दछौं । साथै एमसीसी विरुद्धको आन्दोलनमा आफ्नो ढंगले नेतृत्व गरिरहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रातिन्कारी माओवादी), नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रवादी केन्द्र नेपाल, नेकपा माओवादी (समाजवादी) लगाएतका राजनीतिक दल, समूह, मोर्चा तथा विभिन्न संगठनहरु समेतलाई हाम्रो पार्टी आन्दोलनलाई अझ एकिकृत, व्यवस्थित र संगठित बनाउँदै जानुपर्ने विषयमा सुझाव दिन चाहन्छ ।’

संयुक्त विज्ञप्ती मार्फत नेपाल बन्द गर्ने अन्य दलहरुमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगाएत समेत रहेका छन् । नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले बन्दको आह्वान गर्दै जारी गरेको विज्ञप्तीको पूणृपाठ यस्तो छ….

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी)

केन्द्रयि समिति

राष्ट्रघाती एमसीसी लागुगर्ने प्रपञ्च विरुद्ध नेपाल बन्द आह्वानः सहयोगको अपिल !

   दलाल संसदवादीहरुले रातको मौका पारेर संसदमा एमसीसीबारे छलफल गर्ने, आमदेशभक्त जनसमुदायको आवाजलाई कुठाराघात गर्दै मुलुकको सार्वर्भामिकता, राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतामाथि गम्भिर संकट निम्त्याउन सदनमा जो एमसीसी पाश गर्ने लज्जास्पद खेल खेलिरहेका छन्, त्यसका विरुद्ध हाम्रो महान, गौरवशाली तथा जनप्रिय पार्टी नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले भोलि एक दिन नेपाल बन्दको आह्वान गरेको विषय यसै विज्ञप्ती मार्फत जानकारी गराउँदछौं । राष्ट्रघाती एमसीसीको विरोधमा हाम्रो पार्टी र अन्य विभिन्न दल, संगठन, मोर्चा र देशभक्त आमजनसमुदायहरु निरन्तर आन्दोलित रहेको विषय सर्वविदितै छ । यसैक्रममा सत्ताँधारीहरुको राष्ट्रघाती एमसीसी पारित गर्ने कदम नरोकिएको अवस्थामा सशक्त विरोधमा उत्रिनुको विकल्प आमदेशभक्तहरुको अगाडी छैन । तसर्थ हाम्रो पार्टी कथित अन्तराष्ट्रिय सहयोग परियोजना एमसीसी खारेजीका लागि एकदिने नेपाल बन्द आह्वान गर्ने निष्कर्षमा पुगेको विषय सम्पूर्णमा जानकारी सहित एमसीसी विरुद्धको आन्दोलनमा निरन्तर नेतृत्व गरिरहेका राजनीतिक शक्तिहरु, मोर्चा र संगठनहरुले गर्ने सबै जनन्योचित आन्दोलन, संघर्षहरुमा समेत हाम्रो पार्टीको समर्थन तथा एक्यवद्धता छ ।

    देशनै गम्भिर खतरामा बढेको बेला, राष्ट्रिय स्वाधिनता, मुलुकको सार्वभौमिकता र सवतन्त्रता लुटिन खोजेको बेला, देश रक्षार्थ आह्वान गरिएको बन्दलाई आ–आफ्नो ठाउँबाट सहयोग, समर्थन गर्दै सफल पार्नका लागि पार्टी संगठन, जवस र मोर्चाका साथै आम देशभक्त जनसमुदायमा विशेष अनुरोध गर्दछौं । त्यसैक्रममा आज काठमाण्डौमा भएको विरोध प्रदर्शन र यसअघिका आन्दोलनमा प्रहरी दमनबाट घाइते हुने सम्पूर्ण कमरेडहरुको सिघ्र स्वासथ्य लाभको कामना सहित राज्यशक्तिले अनाहकमा पक्राउ गरेका योद्धा कमरेडहरुको बिनासर्त रिहाइको माग समेत गर्दछौ । संसदीय दलालहरुले व्यापक विरोधका बिचपनि एमसीसी पाश गर्ने दाउपेच जो गरिरहेका छन्, यस सन्दर्भमा हामी सबै देशभक्त राजनीतिक दलहरु र आमजनसमुदायलाई सचेत बन्दै अझ सशक्त, एकिकृत र संगठित आन्दोलनको तयारीमा जुट्न समेत अपिल गर्दछौं । साथै एमसीसी विरुद्धको आन्दोलनमा आफ्नो ढंगले नेतृत्व गरिरहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा (क्रान्किारी माओवादी), नेकपा (मसाल), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रवादी केन्द्र नेपाल, नेकपा माओवादी (समाजवादी) लगाएतका राजनिितक दल, समूह, मोर्चा तथा विभिन्न संगठनहरु समेतलाई हाम्रो पार्टी आन्दोलनलाई अझ व्यवस्थित र संगठित बनाउँदै जानुपर्ने विषयमा सुझाव समेत दिदैआएको छ।

अतः एक दिने नेपाल बन्दको कार्यक्रमलाई सफल पार्न सचेततापूर्वक भूमिका खेल्न, सहयोग, समर्थन गरिदिनुहुन सम्पुर्ण सामाजिक अभियन्ता, सचेत जनसमुदाय, देशभक्त, न्यायप्रेमि सम्पूर्णमा पुर्न हार्दिक अनुरोध गर्दछौं । लालसलामसहित !
मितिः २०७८ फागुन १५ गते ।

……………….
क. लोकेश
महासचिव
नेकपा माओवादी केन्द्र (क्रान्तिकारी)
केन्द्रीय समिति