गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहनः एमसीसीको विरुद्धको आन्दोलनमा भैरहेको प्रहरी दमनको विरोध
सडकबाटै एमसीसी खारेजीको माग
काठमाडौं । देशव्यापी रुपमा नागरिकद्धारा अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोध भैरहेको अवस्थामा गृहप्रशासनले आन्दोलनमा व्यापक दमन गरेको भन्दै आज राजधानी काठमाण्डौंमा गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला दहन गरिएको छ ।
विरोधमा उत्रिएका मानिसहरुमाथि अन्धाधुन्द प्रहरी दमन गरिएको भन्दै सत्ताँरुढ नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज नयाँवानेश्वरमा गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको हो ।
एमएसीसीको विरोधमा निस्किएका विद्यार्थी नेताहरुले बानेश्वरमा गृहमन्त्री खाँणको पुत्ला जलाउँदै प्रहरी दमनको कडा शब्दमा निन्दा गरेका हुन् । गृहमन्त्रीको पुत्ला जलिरहदा त्यहाँ प्रहरीको नपुगेको भएपनि विद्यार्थिहरुले नाराबाजि सहित प्रहरी दमनको निन्दा गरेका थिए ।
विद्यार्थीहरुले नागरिक र राजनीतिक दलको व्यापक विरोध र असहमतिका बिच वर्तमान सरकारका प्रधान्त्री शेरबहादुर देउवा र नेपाली काग्रेसको चाहनामा आयतबार संसदमा टेबुल गरिएको एमसीसी परियोजना देश र जनताको हितमा नभएको बताएका छन् । एमसीसी खारेजीको माग आन्दोलनरत पक्षले सडकबाट उठाउँदै आएका छन् ।