अदालतबाट कैदको सजाय पाएका फरार प्रतिवादी पक्राउ

कानुनी प्रकृया अनुसार कारबाही गरिने

बाँके । लेनदेन मुद्दामा कैद सजाय पाएपछि फरार रहेका एक युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

जिल्ला अदालत बाँकेको मिति २०७६ वैशाख २० गतेको इजलासबाट दोषि ठहर गरेको अवस्थामा फरार रहेका २७ बर्षिय प्रदिप क्षेत्रीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

लेनदेन मुद्दामा सम्मानित बाँके जिल्ला अदालतले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० वस्ने क्षेत्रीलाई ६ महिना कैद सजाय तोकिएको थियो ।

अदालतको फैसलासँगैहालसम्म फरार रहेका क्षेत्रीको प्रहरीले खोजि गरिरहेको र आज विशेष सूचनाका आधारमा पक्राउ गरेको बताइएको छ ।

प्रहरी टोलीले निजलाई पक्राउ गरि सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको बताएको छ । उनलाई कानुनी प्रकृया अनुसार कारबाही गरिने बुझिएको छ । पछिल्लो समय बाँके प्रहरी शान्ति सुरक्षा व्यवस्थापनको क्षेत्रमा सक्रिय रुपमा लागेको देखिन्छ ।