भारी मतान्तरले केपी ओली एमाले अध्यक्षमा विजयीः रावल १५ सय ८५ मतले पराजित
अन्य पदको मतगणना जारी
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकाले) को चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्ष पदका अर्का प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित गर्दै ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्।
एमालेको निर्वाचनबारे निर्वाचन आयोगले औपचारिक घोषणा भने गरेको छैन । तर मन गणना सकिएसँगै निर्वाचन आयोगबाट अध्यक्षमा ओली निर्वाचित भएकोबारे भनाई बाहिर आएको छ।
ओलीले १८ सय ८ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जानकारी दिएका छन् । अन्य पदको मत गणना भने अझै नसकिएको बुझिएको छ ।
मंगलबार विहान ४ बजेदेखि विहान ११ बजेसम्म भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ मत खसेको थियो। रावलले आफूले मतपरिणामलाई स्वीकार गर्ने बताउँदै आएका छन् ।
मंसिर १० गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रले सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै विधान नै संसोधन गर्दा समेत सहमति जुट्न नसकेपछि अध्यक्ष लगाएतका केही पदहरुमा निर्वाचन गर्नुपरेको थियो । एमालेको संसोधित विधान अनुसार केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनेको छ।