पत्रकार न्यौपानेमाथिको दुव्र्यवहार र धम्कीको विरोधः प्रेस सेन्टर नेपालद्धारा कडा कारबाहीको माग (विज्ञप्तीसहित)

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

बर्दिया । लामो समयदेखि जनपक्षीय धारको पत्रकारीता गर्दै आएका पत्रकार आयुष न्यौपानेमाथि बर्दियाको ठाकुरबाबा–१, भुरिगाउँस्थित स्वास्थ्य चौकीका प्रमुख दिपक बहादुर थापा र ल्याब टेक्निसियन बलबहादुर खत्रीले दिएको धम्की र दुव्र्यवहारको घटनाप्रति ‘प्रेस सेन्टर नेपाल’ ले कडा विरोध जनाउँदै धम्की दिनेहरुमाथि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

पत्रकार न्यौपानेले केहीदिन अघि स्वास्थ्य चौकीमा सेवाग्राहीले झेल्नुपरेको समस्याबारे प्रकाशन गरेको भिडियो र समाचार डिलिट गर्न भन्दै स्वास्थ्य चौकीका प्रमुख थापा र ल्याब टेक्निसियन खत्रीले संस्थागत रुपमा विज्ञप्ती मार्फत धम्की दिएका हुन । उक्त धम्कीप्रति पत्रकार संम्बद्ध विभिन्न संघ संगठनहरुले विरोध जनाउँदै आएका छन् ।

प्रेस सेन्टर नेपालले उक्त घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको प्रहार भन्दै त्यसले आम पत्रकारीता क्षेत्रको अपमान समेत गरेको ठहर गरेको छ । संगठनका सचिव भिम बहादुर बिकले गत शनिवार जारी गरेको उक्त विज्ञप्तीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो संगठन कडा संघर्ष गर्न समेत पछि नपर्ने भन्दै सचेतनापूर्वक चेतावनी दिइएको छ ।

यसअघि विभिन्न पार्टीमा रहेका नेता, कार्यकर्ताहरुको समूहले, माक्र्सवाद, लेनिनवाद, माओवाद मान्ने, क्रान्तिकारी कम्युनिष्ट शक्तिहरुबिच वृहत एकताको आवश्यकता औल्याउदै नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) पार्टीको निर्माण अभियान चलाउँदै गर्दा यसअघि प्रेस सेन्टरको सचिवको जिम्मेवारी निर्वाह गर्दै आएका श्रमजीवी पत्रकारका नेता, बिकले त्यस्तो विज्ञप्ती निकालेको हो ।

निर्माण अभियानको क्रममा रहेको नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) को मूख्य अभियन्ताका रुपमा गोपाल किरार्ती नेतृत्वको तत्कालिन नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी (लोकेश) रहेका छन् । पत्रकार न्यौपानेमाथिको उक्त घटनाको विरोधमा प्रेस सेन्टरले जारी गरेको विज्ञप्तीको पूर्णपाठ यस्तो छ…..

प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति

प्रेस विज्ञप्ती
पत्रकार न्यौपानेमाथिको धम्की र दव्र्यवहारः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको प्रहार !

लामो समयदेखि जनपक्षीय धारको पत्रकारीता गर्दै आएका, हाल बर्दियाबाट प्रकाशित जनपथ खबरका प्रबन्ध सम्पादक, पत्रकार आयुष न्यौपानैमाथि बर्दियाको ठाकुरबाबा–१ भुरिगाउँस्थित नेउलापुर स्वास्थ्य चौकीका प्रमुख दिपक बहादुर थापा र ल्याब टेक्निसियन बलबहादुर खत्रीले दिएको धम्की र दुव्र्यवहारको घटनाप्रति हाम्रो संगठन ‘प्रेस सेन्टर नेपाल’ को गम्भिर ध्यानाकर्षण भएको छ । पत्रकार न्यौपाने क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला अध्यक्ष समेत हुन । उनले स्वास्थ्य चौकीको सेवा प्रवाहबारे भिडियो र समाचार प्रकाशन गरेकै कारण स्वास्थ्य चौकीले संस्थागत रुपमै विज्ञप्ती जारी गरेर समाचार नहटाएमा कार्वाही गर्नै भन्दै दिएको धम्की तथा दुव्र्यवहार सिङ्गो पत्रकारीता जगतमाथिको अपमान र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रमाथिको गम्भिर प्रहार भएको हाम्रो संगठनको ठहर छ । हामी उक्त घटनाको कडा शब्दमा निन्दा तथा विरोध जनाउँदछौं ।

आफ्नो परिवारको उपचारका लागि स्वास्थ्य चौकी पुगेका पत्रकार न्यौपानेलाई लक्षित गर्दै स्वास्थ्य चौकीका ल्याव टेक्निसियन बलबहादुर खत्रीले उपचार हुदैन भन्दै बिरामीलाई सास्ती दिएपछि किन नहुनै भन्दै त्यसको कारणबारे जानकारी मागेकै कारण उक्त विवाद भएको र त्यसबारे प्रकाशित समाचार हटाउन धम्की दिएको विषयले जनसेवामा समर्पित संस्था र त्यसका कर्मचारीहरुको चरित्र स्पष्ट देखिन्छ । प्रकाशन भएको समाचारप्रति कुनै आपत्ति भएमा आफ्नो धारणा सार्वजनिक गर्ने, प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ र पत्रकार सम्बद्ध संघ संगठनहरुमा जानकारी दिने वैधानिक बाटो हुँदाहुदै समाचार सामाग्री हटाउन भन्दै धम्की दिइनु आफैमा अचेत र लज्जाजनक व्यवहार हो । हामी उक्त घटनाबारे अनुसन्धान गरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको सम्मान गर्दै, पत्रकार न्यौपानेमाथि धम्की र दुव्र्यवहार गर्ने उक्त स्वास्थ्य चौकीका प्रमुख दिपक थापा र ल्याब टेक्निसियन बल बहादुर खत्रीलाई कार्वाहीकौ दायरामा ल्यान राज्यको सम्बन्धीत निकाय समक्ष यसै विज्ञप्ती मार्फत जोडदार माग गर्दछौं । हाम्रो संगठनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध हुने कुनैपनि दमन, हस्तक्षेप र पत्रकारमाथिको दुव्र्यवहार अमान्य हुने तथा त्यसका विरुद्ध कडा आन्दोलनमा उत्रिन समेत बाध्य हुने विषय जानकारी गराउँदै सचेतनापूर्वक चैतावनी समेत दिन चाहन्छौ ।

………..
भिमबहादुर बिक
सचिव
प्रेस सेन्टर नेपाल