मेडिकल कलेजका आन्दोलनरत कर्मचारीको माग पुरा गर्न नसकिने ः डा.कनोडिया
बाँके । बिगत केही दिन देखी बिभिन्न प्रकारका मांगहरु राख्दै गर्दै आएका नेपालगंज मेडिकल कलेज नेपालगन्जका आन्दोलनरत कर्मचारीको माग पुरा गर्न नसकिने नेपालगन्ज मेडिकल कलेजको व्यवस्थापन पक्षले जनाएको छ ।
नेपालगन्जमा पत्रकार सम्मेलन गरी मेडिकल कलेजको ब्यवस्थापन पक्षले आन्दोलनरत कर्मचारीले अघि सारेका माग अहिलेको परिस्थितीमा पुरा गर्न नसकिने प्रवन्ध निर्देशक डा.कनोडियाको भनाई थियो ।
नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरु गत कार्तिक १ गते देखि तलब बृद्धि लगायत ७ बुँदे माग राखेर आन्दोलनमा उत्रेका छन् ।
उनीहरुले प्रशासन,अस्पताल लगायतमा ताला लगाएर इमरजेन्सी बाहेक सबै सेवा बन्द गरेका छन् ।
पत्रकार सम्मेलनमा कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेश कुमार कनोडियाले संस्थालाई भार पर्ने कुनै पनि सम्झौता गर्न नकिने पत्रकारहरु माझ बताउनु भयो ।
मेडिकल कलेजले भोगि रहेको अवस्था मेडिकल कलेजको व्यवस्थापन पक्षले सिर्जना नगरेको भन्दै प्रबन्ध निर्देशक डाक्टर कनोडियाले भने–संस्था घाटामा रहेकाले अहिले कर्मचारीले उठाएको माग सम्बोधन गर्न नसकिने बताए ।’
कलेजका धेरै कर्मचारी पुराना र स्थायी रुपमा कार्यरत रहेकाले उनीहरुलाई सेवाबाट हटाउन पनि नसकिने र तत्काल तलब भत्ता बृद्धि पनि गर्न नसकिने उनको भनाइ थियो ।
पछिल्ल तीन वर्षदेखि निरन्नतर मेडिकल कलेज घाटामा गएको अस्पताल ब्यवास्थापन पक्षले पत्रकार सम्मेलन मांझ बताए ।
कोरोनाका महामारीले बिगत दुई वर्ष देखी मेडिकल कलेजको शैक्षिक गतिविधी पुरै ठप्प रहेको तथा नेपालगन्ज र कोहलपुर स्थित शिक्षण अस्पतालमा पनि आम्दानी भन्दा बढी खर्च भइ रहेकाले कर्मचारीको तलब, भत्ता बृद्धि गर्न नसकिने प्रबन्ध निर्देशक डाक्टर कनोडियाले पत्रकार सम्मेलनमा बताए ।
डा.कनोडियाले अगाडी थप्दै भने –अस्पतालमा अधिकारको नाममा कर्मचारीले बढी राजनीति गरिरहेका छन्, त्यसले समग्र अस्पतालमा मात्र नभइ पश्चिम नेपालका सेवाग्राहीलाई समेत असर पुगेको छ ।’
माग पुरा गर्न आन्दोलन गरिनु पर्छ तर, स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा अस्पतालको दैनिक कार्यमा बाधा पुर्याउनु, ताला लगाउनु र स्वास्थ्य सेवा प्रदान गर्न दिन रोक्नु गैर कानूनी तथा मानवता विरोधी कार्य हो प्रवन्ध निर्देशक डाक्टर कनोडियाको भनाई थियो ।
मेडिकल कलेजका सञ्चालक तथा फाइनान्स विभाग प्रमुख श्याम कुमार शर्माले कर्मचारीको तलब, भत्ता नेपाल सरकारको नियम अनुसार २०७५ सालमा बृद्धि गरिएको र कोरोना महामारीका कारण संस्था घाटामा गएकाले बृद्धि गर्न नसकिएकोसमेत बताउनु भयो ।
फाइनान्स बिभाग प्रमुख शर्माले अगाडी थप्दै भन्नु भयो मेडिकल कलेजका कर्मचारीलाई राज्यले तोके भन्दा बढि पारीश्रमकित, तलबभत्ता प्रदान गरि रहेका छौं । अहिले अस्पताल घाटामा छ । यस्तो बेला अस्पतालको कार्यमा अबरोध पुर्याउनु कानूनी तथा मानवता विरोधी कार्य हो ।’
शर्माले अगाडी थप्दै भन्नुभयो –अस्पतालको अहिले आम्दानी भन्दा बढी खर्च भइ रहेको छ । कर्मचारीको आन्दोलनका कारण अहिले दैनिक १५ लाख देखी २० लाखसम्म घाटा भइ रहेको छ ।’
आन्दोलनरत मेडिकल कलेजका कर्मचारीको मागप्रति व्यवस्थापन पक्ष सधैं सकारात्मक रहेको जति आन्दोलनको समय अवधि लम्बिन्छ त्यती नै उहाँहरुको माग सम्बोधन ढिलो हुने शर्माको भनाइ थियो ।
यस्तै पत्रकार सम्मेलन कै क्रममा मेडिकल कलेजका सहायक निर्देशक डाक्टर नितेश कुमार कनोडियाले देशका अन्य निजी मेडिकल कलेज भन्दा नेपालगन्ज मेडिकल कलेजले सस्तोमा सेवा दिइ रहेको बताए ।
उहांले भने देशमै अरु मेडिकल कलेज भन्दा नेपालगन्ज मेडिकल कलेजले कर्मचारी र उनका परिवारको निःशुल्क औषधी उपचारको ब्यवस्था मिलाउँदै आएको छ ।
मेडिकल कलेज घाटामा रहेका बेला अनावश्यक दुःख दिने गरि अघि सारिएका माग सम्बोधन गर्न नसकिने भन्दै सहायक निर्देशक डाक्टर नितेश कुमारले भने–जटिल परिस्थितीमा आन्दोलन रोकेर काममा फर्किन म उहाँहरुलाई अपील गर्छु ।’
मेडिकल कलेजले गत आर्थिक वर्षमा कुल १४२ करोड आम्दानी गर्दा १४६ करोड बढि खर्च भएको पत्रकार सम्मेलनमा बताए ।
हाल मेडिकल कलेजमा ९५० जना स्थायी कर्मचारी, ३ सय जना करार र मेडिकल शिक्षणतर्फ १५० जना कर्मचारी गरि कुल १ हजार ४५० कर्मचारी कार्यररत रहेका कलेजका सहायक निर्देशक कनोडियाको भनाई थियो ।