क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्यमा समस्याः नर्भिक अस्पतालमा उपचार हुँदै

केहीदिन अस्पतालमै राख्नुपर्ने अस्पतालको भनाई

काठमाडौं । लामो समयदेखि दमको समस्या भोग्दै आएका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) को स्वास्थ्यमा एक्कासी थप समस्याको छ ।

क्रान्तिकारी माओवादीका महासचिव बैद्यलाई उपचारका लागि काठमाण्डौंको टोखास्थित नर्भिक अस्पताल लगिएको हाे ।

महासचिव बैद्यको स्वास्थ्य अवस्थाको विषयमा हरपल नेपालसँग कुराकानी गर्दै क्रान्तिकारी माओवादीका स्थायीसमिति सदस्य हरिभक्त कडेंल प्रतिकले उहाँको स्वास्थ्यमा समस्या देखिएकाले आज बिहान अस्पताल लगिएको बताए ।

नेता कडेंलका अनुसार बैंद्यलाई बिहान नर्भिक अस्पतालको इमर्जेन्सि कक्षमा राखेर उपचार गरेको र स्वास्थ्य रिपोर्ट आइसकेपछि अहिले बेड (क्याविन) मा राखेर उपचार प्रकृया चलिरहेको छ ।

उहाँको छातीको एक्सरे र अन्य स्वास्थ्य परीक्षण गरिएको र थप विषयमा डाक्टरले सल्लाह दिएको बताइएको छ । अहिले स्वास्थ्य अवस्था सामान्य रहेपनि दम बढेका कारण उहाँलाई अझै केहीदिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पताल श्रोतले बताएको छ ।

७४ वर्षीय वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनमा आफ्नो जिवनको लामो समय बिताएका छन् । उनलाई त्यागी र स्वच्छ छवि भएको जनप्रिय नेताका रुपमा चिन्ने गरिन्छ । उहाँको स्वास्थ्य लाभको कामना गर्दै धेरैले सामाजिक सञ्जालमा समेत कामना गरिरहेका छन् ।