महिला अधिकारकर्मी रुवि खान माथि बहुबिवाहको कार्यवाही कति जायज ?
बाँके । करिव ५० करोड मूल्य बरावरको अचल सम्पत्तीमाथि कव्जा गर्न भु–माफियाहरुले वडा नं.१७ तत्कालिन परसपुर गाँउमा निवास गर्ने निर्मला कुर्मीको परिवारको हत्या गराए पछि महिला अधिकारकर्मि रुवि खानको नेतृत्वमा रहेको टोलीले पहिले बाँके जिल्ला प्रहरी कार्यालयमा न्याय पाउनकालागि गुहार लगाइन त्यसपछि सो अधिकारकर्मिको टोलीले लगातार १९ दिन सम्म जिल्ला प्रशासन कार्यालयको मुख्यद्वारमा न्याय पाउनकालागि धर्ना दिई बसेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा उनीहरुको कुनै पनि सुनुवाई नभएपछि महिला अधिकारकर्मि
रुबि खानकोे नेतृत्वमा रहेको सो टोली लुम्विनी प्रदेश नं.५ सरकार यहांं धर्ना प्रदर्शन गरे
र सो पछि सो टोली राजधानीमा पुगी माइती घर मण्डलामा पुगी धर्ना प्रदर्शन ग¥योे ।
रुवि खान नेपालगन्ज उपमहानगरपालिका वडा.नं.१७ परसपुर गाउमा भएको २ वटा हत्या घटना जसमा निर्मला कुर्मी र नन्कुन्नी धोवीलाई न्याय दिलाउन शान्ति पुर्ण तवरले धर्ना प्रदर्शनको बाटो रोजिन निर्मला कुर्मी हत्या घटनाको सम्पुर्ण प्रकरण बुझदा पाइन्छ की ५० करोड मुल्य बरावरको अचल सम्पत्ति माथि कव्जा गर्न १ वटा हत्या मात्र भएन बरु उनीहरुको दुई वटा नावालक छोराको पनि हत्या भएको छ । यी नावालकहरु निर्मला कुर्मीको सम्पत्ती माथि हकदावी राख्थे यस कारण भू–माफियाहरुले उनीको दुवै नावालक छोेराहरुको हत्या गराउन समेत चुकेनन ।
२०६२ सालमा निर्मलाको पतिको मृत्यू भएकोले उनी बिधवा महिला थिइन । उनी आफ्ना दुई जना नावालक छोराहरुको साथमा कुनै प्रकारले जीवन यापन गर्दै आएकी थिइन । तर यी पिडीत परिवारको माथि कुुदृष्टि प¥यो नेपाली कांगे्रसका प्रभावशाली नेता पूर्व समानुपातिक संविधान सभा सदस्य बादशाह कुर्मीको उनीले निर्मला कुर्मीको श्रीमानको नाममा रहेको नेपालगन्जको भृकुटीनगर परसपुरमा रहेका ४ बिघा १ कट्टा र घरवास मिन्हाको २ कठ्ठा महगो मूल्यको जग्गा जालझेल र जालसाजी गरेर जग्गा हडप्ने उदेश्य लिएर निर्मल कुर्मीको उक्त जजग्गाको सम्पुर्ण कागजात पहिले जबरजस्ती घर भित्र पसी खोसेर लगे र पछि निर्मलाको हत्यासमेत गराउन सफल भए ।
यो घटना यति कायरता र निन्दनीय पुर्ण थियो कि यसको चौतर्फी रुपमा बिरोध हुन सुरु भयो निर्मला कुर्मी हत्याघटनाको निष्पक्ष छानबीन र पीडित परिवारलाई न्याय दिलाउन महिला अधिकार कर्मी रुवीखानले चर्को बिरोधको स्वर उठाइन यसरी रुवी खानको पहिचान मात्र बाँके जिल्ला सम्म सीमित रहेन बरु उनीको पहिचान देश भरी नै भयो ।
रुवि खानको बिरोध र प्रदर्शनबाट नेपाली कांग्रेसले नेतृत्व गरेको प्रधानमन्त्री शेर बहादुर देउवाको सरकार पनि अहिले हल्लीएकोे छ । नेपाली कांग्रेसका नेता बादशाह कुर्मीले रुवी खानको चर्को अवाज दवाउन नेपाली कांग्रेसको सम्पुर्ण नेतृत्वलाई नै परिचालन गरेको देखिन्छ । अहिले रुवी खानको धर्ना प्रदर्शनबाट नेपाली कांग्रेस यति बिचलीत बनेको छ की त्यो रुबि खान माथि वहु बिवाहको झुठो मुद्दा खडा गरी उनीलाई प्रहरीबाट प्रक्राउ गराएको छ ।
प्रहरीले रुवि खानलाई माइती घर मण्डलाबाट पक्राउ गरेपछि कही दिनसम्म बेपत्ता बनाई राख्यो जसमा अधिकारकर्मी मोहना अन्सारीको अथक प्रयासले उनीलाई सार्वजनिक त गरिएको छ तर बहुबिवाहको मुद्धामा यसरी फसाइएको छ कि उनीलाई कहिले नेपालगन्ज ल्याउने र कहिले काठमाण्डौ पुरयाउने कार्य निरन्तर रुपमा चली रहेको छ ।
रुवि खान एउटा अति बिपन्न र गरिव परिवारमा जन्मेकी महिला हुन नेपालगन्ज उपमहनगरपालिका वडा.नं.७ प्रगतिशील टोलमा जन्मेकी रुवी खानको जीवन बडो संघर्षमय पुर्ण रहेको पाइन्छ । पहिले साधारण मजदुरी गरी उनी आफ्नो परिवारको भरणपोषण गर्ने गर्दथिइन उनी पछि बडा नं.५ फुल्टेक्रारोड कसाई टोलको सामुन्ने स्थापित रहेको नेपाल मुस्लिम विकास चेतना केन्द्रमा महासचिव पदमा रही मानव अधिकारको क्षेत्रमा कार्य गरिन शनैःशनेै उनीको पहुच राजधानीसम्म भयो र त्यहां बर्षौसम्म बसी महिला अधिकारको लागि कार्य गरिन अहिले परसपुरमा नेपाल मुस्लिम विकास चेतना केन्द्रको कार्यालय संचालित रहेको छ । यही रुवी खान महिला अधिकार मन्चको कार्यालयमा बसी काम गर्छिन र महिला माथि अन्याय पर्दा सडकबाट आन्दोलन चर्काउन र पडितलाई न्याय दिलाउने उनीको दिनचर्या हो ।
केही बर्ष अघि रुबी खान संग एक जना व्यक्तिले बिहे गरेका थिए सो व्यक्तिको पहिले देखी नै एउटा श्रीमति थियो । केही बर्ष पछि सो पुरुषसंग रुवी खानको खटन–पटन चल्यो र सो खटन पटनको बिवाद बाँके जि.प्र.का सम्म पुग्देै श्रीमान र श्रीमति बिच छोडपत्रसम्म भयो अहिले सोही बहुबिवाहको कुरा उठाई नेपाली कांग्रेसका नेता बादशाह कुर्मीले सम्पुर्ण नेपाली कांग्रेसलाई परिचालन गरी रुवि खान माथि बिभिन्न प्रताडनाहरु बढाएका छन । त्यसो त
रुवि खान र उनको श्रीमानबीच केही बर्ष अघि छोडपत्र भई सकेको छ । यस कारण उनी माथि बहुबिवाहको मुद्धा नचल्ने जस्तो अवस्था छ तर बहुबिवाहको मुद्धा चले रुवि खान माथि होइन यो मुद्धा उनको श्रीमान माथि चल्न सक्छ । किनकी पुरुषले एक भन्दा बढी बिवाह गर्न सक्छ तर महिलाले एक भन्दा बढी बिवाह गरेको घटना सम्पुर्ण देशमा पनि कहिले पाउन सकिदैन । महिलाले एक भन्दाबढी पुरुषसंग बस्छ भने त्यसलाई बहुपति प्रथा भनिन्छ । यो प्रथा नेपालको जुम्ला, हुम्लालगायतका स्थानहरुमा कथम कदाचित दशकौ अघि रहेको पाइथ्यो तर अव बहुपति प्रथा जुम्ला हुम्लाबाट पनि लोभ भई सकेको छ । रुविखानले एक जना पुरुषसंग बिवाह गरेकी थिइन । उनीले बहुपति प्रथा मार्फत अन्यसंग नबसकेको पाइन्छ । तर अहिले नेपाली कांग्रेस नेतृत्वको सरकार एउटा महिलाबाट अत्तालिएको देखिन्छ । जसको कारण त्यो बहुबिवाहको मुद्धा चलाई रुवि खानको मुख थुन्ने प्रयासमा लागेको छ । स्थानिय निर्वाचन अति नै नजिकिदै गई रहेको छ नेपाली कांग्रेसको सरकारले भर्खरै सुनसरीमा सो पछि रुपन्देहीमा दमनको बाटो अपनाई आफ्नो बिपक्षीको मुख बन्द गर्न तर्फ लागेको छ । यस बीच नेपाली काग्रेस नेतृत्वको सरकार अधिकारकर्मि रुवी खान माथि वहुबिवाहको मुद्धा चलाई अनाहक रुपमा दुख दिई रहेको छ । यसको चर्को बिरोधको स्वर देश भरी नेै उठन थालेको छ ।
सर्वोच्च अदालतको आदेशबाट आएको नेपाली कांग्रेस नेतृत्वको सरकार अहिले देश भरी दमनचक्र चलाएकोले यो केही दिन भित्रै गन्हाएको छ । अव सवै एक स्वरमा भन्न थालेका छन कि यो सरकार भन्दा बिगतको केपी ओली नेतृत्वको सरकारले ठिक ढंगले सरकार चलाई रहेको थियो ।
अहिले बडा दशै पर्व चलिरहेको छ । यस पर्वले असत्यय माथि सत्यले बिजय प्राप्त गरेको शास्वत संदेश दिइन्छ । लंकाधिपति दशानन्द रावणको संपुर्ण परिवारको विनासको कारण एक महिला थिइन माता सिता यो दृष्टान्त हामी सवैको सामुन्ने छ । रुवि खान अहिले सीताको रुपमा देखा परेकी छिन । यिनी सीताको कारण नेपाली कांग्रेस नेतृत्वको शेर वहादुर देउवा सरकारको पतन निश्चित छ । यही रवैयाले नेपाली कांग्रेसले सरकार चलाई रहयो भने स्थानिय निर्वाचनमा पराजय र सो पछि हुने संसदीय निर्वाचनमा पनि त्यसको नराम्रो तरिकाले पराजय हुने अवस्था अहिले देखी नै श्रजित हुने अवस्था बनी रहेको छ । नेपाली कांग्रेसका नेता बादशाह कुर्मी अहिले मामा मारिचको भुमिकामा छन । उनी सीता रुपी रुवि खानको अपहरण नेपाली कांग्रेस रुपी रावणसंग गराउन खोजेका छन । यसमा रावणको सम्पुर्ण परिवारको बिनास अवश्य हुने निश्चित छ ।