इटलीको आयोजनामा आजदेखि जि २० मुलुकको शिखर सम्मेलन हुँदै

आतंकवाद र मानव अधिकार विषय छलफल हुने

काठमाण्डौं । आजबाट जि–२० मुलुकको अध्यक्ष राष्ट्र इटलीको आयोजनामा जि २० मुलुकको शिखर सम्मेलन शुरु हुँदैछ । सम्मेलन इटलीको अध्यक्षतामा भर्चुअल रुपमा हुन लागेको हो।

सम्मेलनमा जि–२० मुलुकको संगठनमा सहभागि विभिन्न सदस्य राष्ट्रहरु सहभागि हनेछन् । त्यस्तै उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने बताइएको छ।

मोदीले गत महिना अफगानिस्तानको स्थितिबारे एससिओ सिएसटीओ (सामूहिक सुरक्षा सन्धि संगठन) आउटरिच शिखर सम्मेलनमा समेत भाग लिएका थिए।

सम्मेलनमा अफगानिस्तानको मानवीय आवश्यकता, सुरक्षा स्थिति, आतंकवादविरुद्धको लडाइ र मानव अधिकारका विषय छलफल हुने जनाएको छ।

त्यस्तै तालिबानले सत्ता कब्जापछि अफगानिस्तानमा उत्पन्न परिस्थितिबारे समेत सम्मेलनमा व्यापक विचार–विमर्श हुने र त्यसबारे महत्वपूर्ण धारणा बनाउदै शान्तिको सन्देस प्रवाह गर्ने समेत बताइएको छ ।