कारागारबाट मञ्जुरीनामा पत्र पठाए रेशम चौधरीले, समर्थन महन्थलाई

दल दर्ताको प्रक्रिया पूरा हुन ४५ दिन लाग्ने

काठमाण्डौं । निलम्बित सांसद रेशम चौधरीले महन्थ ठाकुरले दर्ता गर्न लागेको नयाँ पार्टीलाई समर्थन गरेका छन्। डिल्लीबजार कारागारमा रहेका चौधरीले मञ्जुरीनामा मार्फत नयाँ पार्टीमा आफू कार्यकारिणी सदस्यको रूपमा रहने गरी समर्थन जनाएका हुन्।

उनले कारागार कार्यालयमार्फत आयोगलाई लेखेको पत्रमा प्रस्तावित जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) मा कार्यकारिणी सदस्यको जिम्मेवारी बहन गर्न आफू तयार रहेकाले पत्रलाई आधिकारिकताको रूपमा स्वीकार गर्न आग्रह गरेका छन्।

आयोगले चौधरीसहितको निवेदनका आधारमा दल दर्ताको निवेदन दर्ता गरेको छ। दल दर्ताको प्रक्रिया पूरा हुन ४५ दिन लाग्ने आयोगले जनाएको छ।

(यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।)