सवारी दुर्घटना गराई फरार मोटरसाईकल चालक पक्राउ

सवारी ज्यान मुद्दामा अनुसन्धान हुँदै

बर्दिया । मोटरसाईलले स्थानीय महिलालाई ठक्कर दिएर फरार रहेका चालकलाई गत शनीबार प्रहरीले पक्राउ गरी सवारी ज्यान मुद्दामा अनुसन्धान गरीरहेको छ ।

पुर्ब पश्चिम महेन्द्र राजमार्गको बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ९ माछागढ चोक नजिक गत २४ गते बिहान उक्त दुर्घटना भएको थियो ।

अज्ञात नम्बरको मोटरसाईकलले पैदल यात्री जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ८ बेलौरी बस्ने प्रेमी थारुलाई ठक्कर दिई चालक फरार भएका थिए ।

मोटर साईकल तथा चालकको कुनै पहिचान नभएकाले प्रहरीले त्यो विषयमा आन्तरीक ढंगबाट खोजीनीति गरीरहेको थियो । त्यहि क्रममा फरार चालकलाई हिजो पक्राउ गर्न सफल भएको हो।

घटना पश्चात ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाका प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाको कमाण्डमा खटीएको प्रहरी टोलीले गरेको अनुसन्धानबाट सवारी चालक प्रकाउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष ३६ का रामभरोसे थारु रहेको जनाएकाा छन ।

हिजो एक विज्ञप्ती सार्वजनिक गर्दै बर्दिया प्रहरी सूचना अधिकारी शाहीले पक्राउ परेका रामभरोसेले चलाएको भे ३ प १२५४ नम्बरको मोटरसाईकलबाट उक्त दुर्घटना भएको अनुसन्धानबाट खुल्न आएको समेत बताएका छन् ।

उनलाई गत शनिबार दिउँस २ बजेको समयमा लुकीछिपी बसेको अवस्थामा प्रमाण सहित फेला पारी पक्राउ गरेको प्रहरीको भनाई छ ।

दुर्घटनामा सख्त घाईते भएकी प्रेमी थारुको उपचारको क्रममा गत २६ गते दिउँसो १३ः३० बजेको समयमा नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भैसकेको छ ।

पक्राउ परेका रामभरोसेलाई हिजो (आईतबार) बर्दिया जिल्ला अदालतमा उपस्थित गराई सवारी ज्यान मुद्दामा थप अनुसन्धानको लागी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाबाट जानकारी प्राप्त भएको छ ।