गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बहुमत दाबी गर्दै कांग्रेस माओवादीसहित चार दलले पत्र बुझाए

गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवारमा कृष्णचन्द्र

गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रकृयामा आधारभूत बहुमत पुगेको दावी गर्दै विभिन्न चार राजनीतिक दलहरुले पत्र बुझाएका छन ।

नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले प्रदेश प्रमुख सीता पौडेललाई त्यस्तो पत्र बुझाएका हुन् ।

दलहरुले गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठन गर्न आवश्यक बहुमत आफ्नो पक्षमा पुगेको दावी गरेको छ ।

उनीहरुले जनमोर्चाबाट प्रदेश संसद कृष्ण थापा पार्टी कारवाहीमा परीसकेकाले बहुमत पुग्ने तर्क गरेका छन ।

गण्डकी प्रदेशमा ६० जना संसद रहेकोमा बहुमत पुग्नको लागि कम्तीमा ३१ जनाको समर्थन आवश्यक पर्ने हुन्छ तर दलहरुले भने जनमोर्चाका संसद थापाको कारवाहीको विषय सार्वजनिक भैसकेकाले आफुसँग रहेको ३० मत सरकार गठनका लागि बहुमत हुने दावी गरेका छन ।

सरकार गठनको लागि देश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्म दावीको समय दिएकी थिइन् । गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार कृष्ण चन्द्र नेपाली पोखरेल रहेका छन् ।