जनमतद्वारा शुभकामना अदान प्रदान तथा अतिथी भेटघाट कार्यक्रम सम्पन्न

नेपालगन्ज । जनमत पाटीं बाँके शाखाले मंगलवार जानकी गाउपालिका वडा.नं.६ अन्र्तगत पर्ने कपासीमा शुभकामना आदान प्रदान तथा अतिथी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

हालै जनमत पार्टीको जनकपुरमा भएको महाअधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुको सम्मानमा उक्त कार्यक्रमको आयोज ना गरिएको हो ।

गत चैत्र २८ र २९ गते सम्पन्न भएको अधिवेशनबाट केन्द्रिय सदस्य पदमा बिष्णु यादव (१३८४) तथा इरफान अहमद शेष (१२९७) मत प्राप्त गरी बिजयी भएका थिए ।

शुभकामना तथा अतिथी भेटघाट कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा बिष्णु यादव प्रमुख अतिथीका रुपमा दांङ जिल्लाको केन्द्रिय सदस्य राधा यादव,अतिथीहरुको क्रमशः हरपाल सिंह, प्रदीप पाल, राजितराम बर्मा, बन्दना बर्मा, बिष्णु तमोली रहेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित अतिथीहरुको आ–आफ्ना मनत्वय व्यक्त गरेका थिए ।

मनतव्य दिने क्रममा कन्द्रिय सदस्य बिष्णु यादवले“जनमत पार्टीलाई बाँकेको आठोे स्थानिय तहमा पुरयाई यसलाई अझै अगाडी र भरपर्दो बनाउने छौ । छिटो भन्दा छिटो गाउगाउ नगरनगरमा कमिटी बनाएर जनमत पार्टीको बिकास गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमको संचालन बिद्यार्थी जनमत संघका नेता बिष्णु तमोलीले गरेका थिए ।