प्रेस सेन्टर नेपालसहितका विभिन्न १३ संगठनहरुद्धारा पत्रकार महासंघको निर्वाचनमा सहकार्य गर्ने घोषणा

महासंघलाई साझा चरित्रको बनाउनुपर्नेमा जोड

काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, राष्ट्रिय दलित पत्रकार मञ्च, स्वतन्त्र पत्रकार संगठन नेपाल लगाएतका विभिन्न १३ पत्रकार संम्बद्ध संघ संगठनहरुले सहकार्य गरेर अघि बढ्ने घोषणा गरेका छन् ।

अनामनगरस्थित संवाद डबलीमा आज दिउँस बसेको पत्रकारहरु संगठनहरुको संयुक्त बैठकले विभिन्न मुद्दाहरुमा छलफल सहित महासंघको निर्वाचनमा एक भएर अघि बढ्ने निर्णण गरेको हो ।

संघ संगठनहरुको बैठकपछि आज जारी गरिएको संयुक्त विज्ञप्तीमा महासंघको निर्वाचनमा एकताबद्ध भई सहभागि हुने सहमति भएको बताइएको छ ।

उक्त विज्ञप्तीमा राष्ट्रिय दलित पत्रकार मञ्चका अध्यक्ष विनोद पहाडी, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव भिमबहादुर बिक, क्रान्तिकारी पत्रकार संगठन, नेपालका महासचिव बाबुराम भुषाल, जागरण मिडिया सेन्टरका अध्यक्ष रेमबहादुर बिक लगाएतको हस्ताक्षर रहेको छ ।

त्यस्तै उक्त विज्ञप्तीमा लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदर प्रसाद दवाडी, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, सञ्चार गृहका पीडित पत्रकार÷कर्मचारी संयुक्त संघर्ष समितिका अध्यक्ष धर्मेन्द्र कर्ण लगाएत विभिन्न १३ संगठनका नेताहरुको हस्ताक्षर रहेको छ ।

महासंघको निर्वाचन आउँदो चैत्र महिनासम्म गर्नेबारेमा तयारी भैरहेको सन्दर्भमा संगठनहरुको यस्तो संयुक्त धारणा आएको हो । निर्वाचनलाई ध्यान दिदै साझाँ धारणा बनाउने विषयमा बैठक केन्द्रीत थियो ।

निर्वाचनको सन्दर्भमा संयुक्त बैठक बसेका संघ संगठनहरुले नेपाल पत्रकार महासंघलाई साँझा चरित्रको बनाउनका लागि पहल गर्ने, श्रमजीवी एंव स्वरोजगारमैत्री बनाउने लगाएतका विभिन्न पाँच बुदें सहमति समेत गरेका छन । विज्ञप्तीको पूर्णपाठ यस प्रकार रहेको छ…..

संयुक्त प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका सन्दर्भमा हामी तपसिलका सञ्चार सम्बद संघ÷संगठनहरु एकतावद्ध भई महासंघको चरित्रलाई साझा र स्वरोजगार एवं श्रमजीवीमैत्री बनाउन हामीहरु दृढ संकल्पित छौं, निम्न लिखित ५ बुँदे संकल्प र प्रतिवद्धता पूरा गर्न हामी सहमत भएका छौं ।
१) नेपाल पत्रकार महासंघको आसन्न प्रत्यक्ष निर्वाचनमार्फत महासंघका तिनवटै तहमा विचार, आस्थासहित उत्पीडत क्षेत्र, लैगिंक जाति र भाषागत रुपमा पूर्ण समावेशिताको ग्यारेण्टीका लागि दवावसहितको राष्ट्रिय अभियान चलाउने ।
२ ) महासंघलाई श्रमजीवी पत्रकार र स्वरोजगारकर्मीहरुको अभिभावक संस्थाको रुपमा स्थापित गर्न पहल गर्ने, साथै साना तथा स्वरोजगार मिडिया र ‘न्यु मिडिया’को संरक्षण र प्रवद्र्धनमा निर्णायक भूमिका खेल्ने ।
३) श्रमजीवी पत्रकारहरूको पेशागत, भौतिक, सामाजिक एवं अर्थ सुरक्षाका लागि महासंघको जारी आन्दोलनलाई अझ उन्नत स्तरमा उठाउन हाम्रा संगठनका सबै तह र निकायलाई परिचालन गर्ने, मुद्दामा सहमत सबै संघ÷संगठनसँग दिर्घकालीन सहकार्य गर्दै दवावमूलक अभियान चलाउने ।
४) पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, नागरिकका राजनीतिक, सामाजिक, सांस्कृतिक अधिकारको ग्यारेण्टी, मिडियामैत्री कानुन निर्माण र श्रमजीवी मैत्री ऐन बनाउन एवं सञ्चार क्षेत्रलाई पारदर्शी, आत्मनिर्भर, विस्वसनीय बनाउन पहल गर्ने ।
५) महासंघलाई साझा बनाउन सबै संघ संगठनको अनिवार्य सम्मानित प्रतिनिधित्व हुने गरी सबै संगठनलाई प्रतिवद्धताका लागि आव्हान गर्ने । हाम्रा संघ/संगठनका तर्फबाट नेतृत्वदायी भूमिकामा सुनिश्चित गराउन अन्य सबै संघ/संगठनहरुसँग वार्ता–संवाद थाल्ने ।

विज्ञप्तीमा हस्ताक्षर कर्ता र संगठनहरु

१) राष्ट्रिय दलित पत्रकार मञ्च, अध्यक्षः विनोद पहाडी
२) क्रान्तिकारी पत्रकार संगठन, नेपाल महासचिवः बाबुराम भुषाल
३) प्रेस सेन्टर नेपाल, सचिवः भिमबहादुर बिक
४) जागरण मिडिया सेन्टर, अध्यक्षः रमबहादुर बिक
५) लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज, अध्यक्षः दामोदरप्रसाद दवाडी
६) मिडिया नेपाल, अध्यक्षः गोपाल पौडेल
७) सञ्चार गृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समिति, अध्यक्षः धर्मेन्द्र कर्ण
८) स्थानीय पत्रकार नेपाल, अध्यक्षः शंकरप्रसाद ज्ञवाली
९) नेवाः राष्ट्रिय पत्रकार दबू, वरिष्ठ उपाध्यक्षः नृपेन्द्रलाल श्रेष्ठ
१०) स्वतन्त्र पत्रकार संघठन नेपाल, संयोजकः एलएस लामा
११) देशभक्त पत्रकार संघ, संयोजकः तेजेन्द्र प्रसाई
१२) अनलाइन टिभी पत्रकार संघ, अध्यक्षः जीवन भण्डारी
१३) अनलाइन मिडिया नेटवर्क, महासचिवः लोकेश लिवाङ लिम्बु