शहीद सप्ताह शुरुः जनयुद्धका प्रथम शहीद रम्तेल सहित सबै शहीदहरुप्रति सम्झना, सम्मान र निरन्तर क्रान्तिको प्रतिवद्धता गरिदैं

क्रान्तिका कार्यभार सम्पन्न गर्ने माओवादी एकताको संन्देश

काठमाडौं । आजबाट देशभर शहीद सप्ताह (१४ देखि २१ गतेसम्म) शुरु भएको छ । निरंञ्कुश, सामन्ती तथा दलाल व्यवस्था विरुद्ध रुपान्तरणको प्रकृयामा जुटेका महान योद्धाहरुले उच्च बलिदानी गरेको दिनको सम्झनामा हरेक बर्ष शहीद सप्ताह मनाउने गरिन्छ ।

महान जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलसहित सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको सम्झना, स्मरण गर्दै शहीदहरुको सपना पुरा गर्ने थप प्रतिवद्धतासहित देशभर साताव्यापी विविध कार्यक्रमहरु गरेर शहीद सप्ताह मनाउने गरिन्छ ।

तत्कालिन नेकपा (माओवादी) ले जनयुद्ध शुरु भएको दुई हप्तामै अर्थात आजकै दिन राज्यले ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेलको हत्या गरेको थियो । त्यहि दिनको सम्झनामा जनयुद्धको प्रकृयाबाट आएका सम्पूर्ण माओवादी, समूह र घटकहरुले आजको दिनबाट शहीद सप्ताह मनाउने गर्दछन ।

शहीद रम्तेल गोरखा पन्द्रङ्‍गका स्थानीय थिए । उहाँ गिरफ्तार परेका आफ्ना शिक्षकलाई छुटाउन आयोजित धर्नामा कार्यक्रममा सहभागी भएकै कारण राज्यको निसानामा परेका थिए । राज्यले जनयुद्ध घोषणा भएपछि पहिलो हत्या नै उनको गरेको हुनाले उनलाई प्रथम शहीदका रुपमा समेत सम्मान सम्झाना गर्ने गरिन्छ ।

प्रथम शहीद रम्तेलका साथै जनयुद्ध र सबै संघर्षका प्रकृयाका शहीदहरुको सम्झना, सम्मान र क्रान्तिको निरन्तरताको प्रतिवद्धता गर्दै देशभरका माओवादी पार्टी र नेता, कार्यकर्ताहरुले शहीद सप्ताह मनाउने तयारी गरिरहेका छन ।

शहीद सप्ताहको सन्दर्भमा नेकपा (माओवादी केन्द्र), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (विप्लव) लगाएतका क्रान्तिकारी शक्तिहरुले आ आफ्नो ढंगले शहीद सप्ताह मनाउने कार्यक्रम तय गरेको बुझिउको छ । केन्द्र, प्रदेश र स्थानीय तहका कमिर्टीहरु, जनवर्गीस संघ, संगठनहरुले समेत शहीद सप्ताह मनाउने तयारी गरिरहेका छन ।

शहीद दिवसले क्रान्तिका बाँकी कार्यभार सम्पन्न गर्नका लागि सबै माओवादीहरु, क्रान्तिकारी शक्तिहरु बिच वैचारिक संगठनात्मक रुपमा बलियो एकताको अनिवार्य भएको संन्देश दिने गर्दछ । तर दलहरु भने आ आफ्नै डम्फुको तालमा चल्दा शहीदका सपनाहरु साकार हुन नसकेको शहीद परिवारहरुले बताउँदै आएका छन ।

शहीदको सपनालाई पुरा गर्ने बाटो छोडेर माओवादी नेताहरुले औपचारिकतामा मात्र शहीदहरुको सम्झना गर्ने गरेको भन्दै आलोचना समेत पछिल्लो चरणमा आइरहेको अवस्थामा क्रान्तिकारी शक्तिहरुले भने शहीद सप्ताहलाई सम्झनासहित प्रतिवद्धताको रुपमा मनाउने गरेका छन ।

शहीद सप्ताहको अवसरमा माओवादी पार्टीहरुले भेला, सम्मेलन, अन्तरक्रिया, गोष्ठी, शहीद सम्मान, पुरस्कार, साहित्यीक समारोह, विभिन्न प्रतियोगीताहरु र पुरस्कार तथा प्रतिवद्धता जाहेर मूलक लेख, विज्ञप्ती सार्वजनिक गर्ने गर्दछन ।

आज पहिलो दिन राजधानी काठमाडौंका साथै देशका धेरै स्थानमा शहीदको तस्बिरमा माल्यार्णपण सहित सम्मान, प्रतिबद्धता सहित यो दिवस मनाउन लागिएको छ ।