वैद्य–विप्लवसहितको रणनीतिक संयुक्त मोर्चाको धनगढीमा आज बृहत जनसभा

राजनीतिक दलमाथिको प्रतिबन्ध हटाउन माग

कैलाली । विकसित राजनीतिक अवस्थासँगै सत्ताँरुढ दलहरु सत्ताँसमिकरणमा जुटेको बेला क्रान्तिकारी शक्तिहरु भने एकताबद्ध हुँदै सडक संघर्षको तयारीमा होमिएका छन ।

त्यसैक्रममा पछिल्लो पटक वैद्य–विप्लवसहितको रणनीतिक संयुक्त मोर्चाले आफ्ना कार्यक्रमहरु बढाउँदै लगेको हाे ।

उक्त रणनीतिक संयुक्त मोर्चाको आयोजनामा आज कैलालीको धनगढीमा बृहत जनसभा हुन लागेको छ । जनसभाको लागि मोर्चाले सम्पूर्ण तयारी पुराभैसको जनाएको छ । श्रोतका अनुसार मोर्चाको जनसभा दिउँस १२ बजेतिर उद्घाटन हुने बुझिएको छ ।

मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोर्चामा ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानीक समाजवादी कम्युनिष्ट पार्टी लगाएतका चार दलहरु उक्त मोर्चामा रहेका छन ।

मोर्चाको आयोजनामा काठमाडौंबाट शुरु गरिएको सभा देशभर सम्पन्न हुने बताइएको छ । मोर्चाको औपचारिक घोषणा सभा गर्दै दलहरुले गत माघ २८ गते काठमाडौंबाट सडक संघर्षको उद्घोष गरेका थिए ।

त्यसैगरी मोर्चाले यहि फागुन १४ गते बुटबलमा विशाल जनसभा गरिसकेको छ । देशका सातै प्रदेशमा पहिलो चरणको जनसभा गर्ने योजना अनुसार आज सुदूरपश्चिमको धनगढीमा उक्त जनसभा हुन लागेको बुझिएको छ ।

मोर्चाले पछिल्लो चरणमा उत्पन्न राजनीतिक समस्याको दृर्घकालिन समाधान संसद पुर्नस्थापना वा विघटन दुबै नभएको, वर्तमान संसदीय व्यवस्थाको खारेजी तथा जनगणतन्त्र र वैज्ञानीक समाजवादी व्यवस्थाको स्थापना, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या र विकल्प लगाएतका तमाम विषयमा जनतालाई बुझाउन कार्यक्रमहरु गरिरहेको बताएको छ ।

साथै मोर्चाले वर्तमान व्यवस्था र सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध तथा क्रान्तिकारी शक्तिमाथिको दमनको नीति बनाएकोप्रति त्यसलाई फुकुवा गर्दै राजनीतिक मुद्दालाई वार्ता, संवादको माध्यमबाट हल गर्न सरकार समक्ष माग समेत गर्दै आएको छ ।

आज धनगढीमा हुने कार्यक्रमको लागि सुदूरपश्चिमका विभिन्न जिल्लाहरुबाट चारैवटा पार्टीले नागरिकहरुलाई सहभागि गराउने भएका छन । कार्यक्रममा हजारौं मानिसहरुको सक्रिय सहभागीता हुने मोर्चाले बताएको छ ।

मोर्चाका अनुसार कार्यक्रममा नारा जुलुससहित विभिन्न स्थानबाट कार्यक्रम स्थालतिर र्याली आउने बताइएको छ । मोर्चाको उक्त कार्यक्रममा चारै पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने तयारी भएको र अधिकांश नेताहरु कार्यक्रम स्थालमा पुगिसकेको बुझिएको छ ।