भारतले भन्योः प्रतिनिधिसभा पुनर्स्थापना ‘नेपालको आन्तरिक मामिला’

राजनीतिक घटनाक्रम नियालिरहेको प्रतिक्रिया

काठमाडौं । भारतले सर्वोच्च अदालतले गरिदिएको प्रतिनिधिसभा पुनर्स्थापनाबारे प्रतिक्रिया दिँदै नेपालको पछिल्ला घटनाक्रमहरूलाई आफूले केही महिनादेखि नियालिरहेको जनाएको छ।

साप्ताहिक पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले त्यस्तो बताएका हुन ।

उनले भने, “हामीले २३ फेब्रुअरीमा नेपालको सर्वोच्च अदालतले गरेको फैसला देखेका छौँ। हामीले पछिल्लो केही महिनादेखि नेपालमा विकसित भइरहेका राजनीतिक घटनाक्रम पछ्याइरहेका छौ।”

उनले अगाडी भने “यसअघि पनि हामीले भनेका थियौँ, यी आफ्नै लोकतान्त्रिक संस्थाहरू र प्रक्रियाहरूमार्फत नेपालले सम्बोधन गर्नुपर्ने विषय हुन् भन्ने विश्वास हाम्रो छ।”

यसअघि भारतीय विदेश मन्त्रालयले पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनलाई पनि नेपालको आन्तरिक मामिला भनेको थियो। बीबीसीबाट