संसद विघटन विरुद्ध प्रचण्ड–माधव समूहको आन्दोलनः आज नारायणहिटी अगाडी अनेरास्ववियुको जुत्ता हान्ने कार्यक्रम

प्रतिगमनविरुद्ध सडकमा उत्रिन आग्रह

काठमाडौं । गत पुष ५ गते ओली सरकारले संसद विघटनको प्रतिगामी घटना घटाएको भन्दै प्रचण्ड–माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रिन्तर संसद पुनः स्थापनाको माग सहित विरोध, प्रदर्शनमा रहेको छ ।

विरोध प्रदर्शनको चौथो चरणको कार्यक्रम घोषणा गरेर अघि बढेको नेकपाका विभिन्न संद्ध संघठनहरुको आयोजनामा काठमाडौंसहित देशभर आन्दोलन, विरोध भैरहेको छ ।

त्यसैक्रममा आज प्रतिगमन विरुद्ध विद्यार्थीहरुले जुत्ताँ हान्ने कार्यक्रम गर्ने तयारी गरेका छन ।प्रचण्ड–माधव समूहको नेकपाको अनेरास्वीयुको आयोजनामा आज प्रतिगमनका विरुद्ध जुत्ताँ हान्ने कार्यक्रम हुन लागेको हो ।

अनेरास्वीयुका अनुसार ओलीले गरेको संसद विघटनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरु गुम्ने तथा मुलुक प्रतिगमनतिर जाने खतरा उत्पन्न भएले संसद पुनः स्थापनाको माग सहित युवा विद्यार्थीहरु आन्दोलनमा उत्रिन बाध्य भएका छन ।

अनेरास्वीयुले आज प्रतिगमनको विरोधमा नारायणहिटी दरबार संग्राहलय अगाडी विरोध कार्यक्रम आयोजना गरेको बुझिएको छ ।

आज दिउँस करिब दुई बजेतिर हुने उक्त विरोध कार्यक्रममा सहभागि विद्यार्थी युवा नेताहरुले ‘प्रतिगमनकारी विरुद्ध जुँत्ता हान्ने’ सांकेतिक कार्यक्रम गर्ने तयारी भैहरको बुझिएको छ ।

उक्त कार्यक्रम अनेरास्वीयुका सह संयोजक रञ्जित तामाङको नेतृत्वमा हुन लागेको हो । अनेरास्वीयुले कार्यक्रममा सबै सचेत नागरिक तथा युवा विद्यार्थीहरुलाई सहभागि हुने बताएको छ ।

त्यस्तै नेकपाको चौथो चरणको विरोध अन्तरगत नै आज दलित मोर्चाको अगुवाइमा काठमाडौंसहित देशभर विरोध प्रदर्शन हुन लागेको छ । देशका विभिन्न जिल्ला र प्रदेश स्तरमा दलित मोर्चाले विरोध कार्यक्रम राखेको बताइएको छ ।