दिल्लीको रामलीला पार्कमा भेटियो नेपाली युवा दिपेशको शव

शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई

नयाँ दिल्ली । नेपाली युवकको शव भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पार्कमा फेला परेको छ । प्राप्त जानकारी अनुसार

भारतीय समाचार एजेन्सी ‘इन्डो–एसियन न्यूज सर्भिस’ का अनुसार दिल्लीको पार्कमा २४ वर्षीय थापाको शव एउटा रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेको हो ।

उक्त समाचार श्रोतमा मृतक दिपेश नेपाली नागरिक रहेको उल्लेख गरिए पनि उनको ठेगाना भने खुलाइएको छैन ।

चिराग दिल्लीको रामलीला पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा शव फेला फेला परेको जनाइएको छ ।

दिल्ली प्रहरीका एक अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनी चिराग दिल्लीमै मःमः बेच्ने गर्दथे । मंगलबार साँझ करिब ७ बजे दिपेशलाई उनका साथीहरुले देखेको समाचारमा खुलाइएको छ ।

साँझसम्म दिपेश साथीहरुको सम्पर्कमा नआएको र उनी कहाँ गएका थिए भन्ने पत्तो लाग्न नसकेको प्रहरीको भनाइ छ । प्रहरीले दिपेशको शवलाई पोस्टमार्टमका लागि पठाएको समाचारमा जनाइएको छ । स्रोतः हिन्दीन्युज