विप्लव नेकपाका सचिवालय सदस्य धर्मेन्द्र वास्तोलालाई यथासिघ्र रिहा गर्न माओवादी केन्द्रको माग (विज्ञप्तीसहित)

शान्तिपूर्ण जनसंघर्षमा भागलिन नेकपालाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाका नेता धमेन्द्र वास्तोला ‘कञ्चन’ लाई प्रहरीले हिजो ललितपुरबाट गिरफ्तार गरेको विषयमा विरोध जनाएको छ ।

माओवादी केन्द्रका महासचिव नरेश शाही ‘रक्तिम’ ले आज एक विज्ञप्ती जारी गर्दै नेता कञ्चनलाई वर्तमान राज्यसत्ताले गिरफ्तार गरेको प्रति भत्र्सना गर्दै यथासिघ्र रिहा गर्न माग गरेका हुन ।

महासचिव रक्तिमले विज्ञप्तीमा नवसामन्ती नवदलालसत्ताले सदियौदेखि नेपाली जनतामाथि बर्बतापूर्ण जंगलीराज गरेर दुख दिदै आएको र अब दलाल व्यवस्थाको विकल्प खोज्नुपर्ने भएको बताएका छन ।

त्यस्तै उक्त विज्ञप्तीमा माओवादी केन्द्रले विप्लव नेकपालाई वर्तमान व्यवस्थाको विकल्पसहित शान्तिपूर्ण जनसंघर्षको प्रकृयामा भागलिन आग्रह समेत गरेका छन । बाँकी विज्ञप्तीको पूर्णपाठ हेर्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
केन्द्रीय समिति

प्रेस विज्ञप्ती

सदियौंदेखि नेपाली जनतामाथि बर्बर्तापूर्ण जंगली राजगरी राख्ने दाउपेचमा लागिराखेका नवसामान्ती, नवसंसोधनवादी दलालसत्ताको विकल्प खोज्नु न्यायपूर्ण जनताको शान्तिमुक्तिm र प्रगतिको प्रत्यावती प्राप्तगर्ने जनअनुमोदित, जननियन्त्रीत, सामुहिक साम्मेवादी समाजको निर्माण र निजित्वको अन्त्य गर्ने उदेश्यका साथ शुरु गरिएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य कमरेड धर्मेन्द्र वास्तोला ‘कञ्चन’ लाई २०७७ पुष २९ गते ललितपुरबाट गिरफ्तार गरिएको कुराले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।

उक्त घटनाको हामी घोर भत्र्सना तथा गिरफ्तार हुनुभएका नेता धम्रेन्द्र वास्तोलालाई यथासिघ्र रिहा गर्न जोडदार माग गर्दछौं । साथैं शान्तिपूर्ण जनसंघर्षमा भागलिन विप्लव नेतृत्वको पार्टीलाई आग्रह गर्न चाहन्छौं । हाम्रो पार्टीको तत्कालिन कार्यनीति राष्ट्रिय जनपरामर्श सम्मेलनको आयोजना, संयुक्त राष्ट्रिय सरकार गठनको मागलाई सहयोग पुर्याउन न्यायपूर्ण आन्दोलनका पक्षधर शक्तिहरु, देशभक्त नागरिकहरु र सम्पूर्णमा प्रेस विज्ञप्ती मार्फत आह्वान समेत गर्दछौं ।
मितिः २०७७ माघ १ गते ।

………….
महासचिव
नरेश शाही ‘रक्तिम’