करिब १ लाख मूल्य बराबरको सामान बरामद

भन्सार चोरी पैठारी गरी ल्याएको खुलासा

कैलाली । धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट भन्सार चोरी पैठारी गरी ल्याएका विभिन्न सामानहरु प्रहरीले बरामद गरेको छ ।

बेबारिसे अवस्थामा रहेका खाद्यान्न, लत्ताकपडा, ईलेक्ट्रिक समान र भाँडा वर्तन गरी करिब १ लाख ३८ हजार रुपैयाँ बराबरको सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

विभिन्न मितिमा बरामद गरेको उक्त सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।