मृत्कको परिवारलाई डिभिजन बन कार्यालयद्वारा राहत बितरण

पांच परिवारले पाए ५० लाख राहत रकम

बर्दिया । बिगत केही दिन अगाडी बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई डिभिजन बन कार्यालय बर्दियाद्वारा राहत रकम उपलब्ध गराइएको छ ।

बाघ आक्रमणमा परि ज्यान गुमाएका बर्दियाको मधुवनगाउपालिकाका ४ जना र गेरुवागाउपालिकाका १ जना गरी ५ जनाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।

डिभिजन वन कार्यालय बर्दियाले राष्ट्रिय वन क्षेत्रमा बाघ आक्रमणमा परी ज्यान गुमाएका मधुवन नगरपालिका क्षेत्रका ४ जनाका परिवारलाई प्रति परिवार १० लाखका दरले ४० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

बर्दियाको गेरुवामा निकुञ्जको बाघले आक्रमण गर्दा ज्यान गुमाएका व्यक्तिका परिवारलाई निकुञ्जले १० लाख रुपैयाँ राहत उपलव्ध गराएको जनाए ।

बर्दियाको मधुवन नगरपालिका ३ खातामा बाघको आक्रमणमा परी भदौ १८ गते विशाल वलीको ज्यान गएको थियो भने कात्तिक ५ गते गंगा खत्री र कात्तिक ११ गते गते रमेश थारु र दिनेश थारु,कात्तिक १५ गते बाघकै आक्रमणबाट बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ राजीपुरका लहानु थारुको ज्यान गएको थियो ।

गेरुवा क्षेत्रमा मान्छे मार्ने बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा समेत लिइ सकेको जनाउदै नेपाल सरकारको राहत प्रक्रिया अनुसार मृतकका हकवालालाई प्रति परिवार दश–दश लाखका दरले राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र राज वाग्लेले समाचारदातासंगको फोनबार्ताको क्रममा बताए ।

डिभिजन वन कार्यालय बर्दियाले मंसिर २३ गते ४ जना मृतकका परिवारलाई राहत वितरण गरेको थियो भने बर्दिया राष्ट्रिय निकुञ्जले मंसिर २५ गते १ परिवारलाई राहत हस्तान्तरण गरेको थियो ।