अछामको कालिका प्राविका विद्यार्थीहरु चिसो भुँईमा बसेर पढ्न बाध्यः सहयोगका लागि प्रधानाध्यापक सञ्ज्यालद्धारा अनुरोध

बेञ्च खरिदका लागि ४२ हजार नगद सहयोग जुट्यो

अछाम । मौषमको प्रभावले चिसो बढ्दै गएको अवस्थामा अछामको एक विद्यालयका विद्यार्थीहरु जाडोमा कठ्याङ्ग्रीदै भुँईमा बसेर पठन पाठन गर्न बाध्य छन । त्यसो त भुँईमा बसेर पढ्नु उनीहरुको रहर भने होइन । कारण विद्यालयमा बेञ्चको अभाव हुनु हो ।

यो समस्या अछामको कमलबजार नगरपालिका १, मुलीस्थित कालिका आधारभुत विद्यालयको हो । आर्थिक अभावले विद्यालयको भौतिक संरचनामा उचित सुधार गर्न नसकिएका कारण त्यस्तो समस्या आएको प्रधानाध्यापक देवीराम सञ्ज्यालको भनाई छ ।

त्यसो त त्यहाँ पढन आउने विद्यार्थीहरुले बेञ्चमा बस्न नपाउने समस्या मात्र छैन, अझ जटिल समस्याहरु पनि छन् । विद्यालयको पुरानो भौतिक संरचना आफैमा जिर्ण अवस्थामा छ, त्यसमा पनि छानाको अवस्थाले अझ विद्यार्थीहरुलाई पठाईमा समस्या पारिरहेको देखिन्छ ।

विद्यालय क्षेत्र खुला रहेकाले पठाईमा खलबल पुग्नुका साथैं विद्यालयको आन्तरिक अन्य संरचना समेत असुरक्षीत बन्दै गएको छ । तरपनि गर्मि मौषममा पसिना त जाँडोमा चिसोसँग लुकामारी खेल्दै विद्यार्थीहरु पढ्नका लागि विद्यालय पुग्ने गर्छन ।

प्रधानाध्यापक सञ्ज्याल उक्त विद्यालयमा आफु नियुक्त भएदेखि नै त्यसको भौतिक संरचनालाई कसरी पठन पाठन योग्य बनाउने भन्ने विषयमा चिन्तित बन्दै आएको हामीसँग बताउँछन । कक्षा कोठाको अवस्थामा सुधार, छानो मर्मत संभार, पर्खाल निर्माण लगाएको कामको लागि आफुले विभिन्न निकायसँग सहयोगको माग गरिरहेको समेत उनले बताए ।

उनले विभिन्न संघ संस्था र व्यक्तिहरुबाट विद्यालयलाई पछिल्लो समयमा सहयोग प्राप्त भएको बताएका छन । उनले विभिन्न पक्षबाट अहिलेसम्म करिब ४२ हजार जति नगर र विभिन्न सामानहरु सहयोग प्राप्त भएको भन्दै त्यसबाट छिट्टै पठन पाठनमा देखिएको समस्या हल गर्न सकिने विश्वास गरेका छन ।

कक्षा १ देखि ५ सम्मको पठाई हुने उक्त विद्यालयमा २०४ जना ससाना बालबालिकाहरु पढ्ने गर्दछन । मेच बेन्चको अभावमा उनीहरु लामो समयदेखि चिसो भुईँमा बसेर पढ्न बाध्य छन् । त्यहाँ कम्तिमा पनि ५० जोडा बेञ्च डेस्क अनिवार्य आवश्यक रहेको प्राध्यापक सञ्ज्याल बताउँछन ।

उनले भने–‘चिसो साह्रै बढेको छ, ससामा विद्यार्थीहरु पढ्न आउँछन, चिन्ता लाग्छ लाग्छ तर समाधान खोज्दै छौ । त्यसको लागि कतैबाट आवश्यक सहयोग उपलब्ध भैदिए बालबालिकाले चिसोमा बसेर सास्ति खेप्दै पर्ने थिएन।’

उनले विद्यालयमा ५० सेट डेस्क बेञ्चको खरिदका लागि करिब रू ३ लाख जति खर्च आउने भन्दै त्यसका लागि सहयोग र अन्य पहल गरिदिन सबैमा आग्रह गर्दै आएको बताए ।

आफ्नो आग्रह अनुसार एक जना नेपाल सरकारका सेवानिवृत्त सचिव भिम उपाध्यायले सामाजिक सञ्जाल फेसबुक मार्फत गरेको सहयोग पहलबाट विभिन्न ठाउँबाट सहयोग जुटिरहेको बताउँदै त्यसले विद्यार्थीको मुहारमा खुशीको ल्याउने आशा गरे ।

उनले विद्यालयलाई देश विदेशका विभिन्न निकाय तथा व्यक्तिहरुबाट सहयोग जुटिरहेको बेला समस्या समाधानमा बल पुगेको भएपनि स्थानीय स्तरका केही पक्षबाट त्यसको गलत अर्थ लगाउने काम भएको प्रति दुख व्यक्त गरे ।

उनले असल उद्देश्यले आफुले सहयोगको आग्रह गरेको र त्यसले विद्यालयमा पढ्ने विद्यार्थीहरुको मुहारमा खुशी ल्याने दावी गर्दै भने–‘समाजमा नकारात्मक चेत भएका मानिसहरुलाई पनि असल काम गररे बदल्न सकिन्छ, हामीले विद्यालयको विकास र संवृदिको लागि सहयोग मागिरहेका हौं । गलत आरोप रोकेर सहयोगमा जुट्न हामी सबैमा अनुरोध गर्दछौं । यसबाट सबै विद्यार्थीहरुको मुहारमा खुशी छाउनेछ ।’

उनले कहाँ, कस्बाट के कति सहयोग प्राप्त भएको भन्ने विषयमा आफ्नो फेसबुक मार्फत सार्वजनिक गरिरहेको बताए । उनले सहयोगको सम्पूर्ण विवरण लिखित रुपमा समेत विद्यालयमा राखिएको र त्यसलाई अभिभावकबिच सार्वजनिक गरिने समेत बताए ।

उनले अहिले सम्म उठेको रकमले मात्र विद्यालयको सम्पूर्ण समस्या समाधान गर्न नसकिने बताउँदै त्यसमा स्थानीय नागरिक, समाजसेवी, कर्मचारी र सबै निकायहरुको सहयोग चाहिने बताए । उनले सबैतिरबाट विद्यालयलाई राम्रो सहयोग मिल्ने विश्वास समेत गरे । उनले आजसम्म प्राप्त सहयोगबारे सार्वजनिक गरेको विवरण यस्तो छ…

नेपाल सरकारका अवकाश प्राप्त सचिव Bhim Upadhyaya मार्फत श्री कालिका आधारभुत विद्यालय कमलबजार न.पा.-1 मुली,अछामको लागि डेस्क बेन्च खरिदका लागि सहयोगको अपिल गरेको आज चौथो दिन सम्म निम्न बमोजिमको कुल रु. ४२, ०१६/- दान सहयोग प्राप्त भएको छ। सहयोगी सबैलाई नमन छ।
१. सुदुरपश्चिम प्रदेश सभा माननिय श्री अक्कल बहादुर रावल ज्यु मार्फत विद्यालय घेरा पर्खाल निर्माण
२. कमलबजार न. पा. वार्ड नं १ का अध्यक्ष श्री तेज बहादुर बिष्ट मार्फत २० जोडा डेस्क बेन्च
३. राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला अायोजना कार्यान्वयन इकाई (शिक्षा), भक्तपुर बाट रु.३,५०५/-
४. हाल California अमेरिकीबाट श्री Chhatra Bahadur Bista ले रु.२५,०००/-
५. कमलबजार न. पा. मुली,अछाम बाट श्री भिम बिष्टले रु. ५००१/-
६. हाल गुजरात भारतबाट श्री Ram Rawat ले रु. ५००५/-
७. हाल चैनपुर न पा संखुवासभामा कार्यरत श्री Prakash Bajgai ले रु. ३,५०५/-

 

सहयोग गर्न चाहनेले यो खातामा दान गर्न सक्नुहुनेछ:
विद्यालयको बैंक खाता
खातावालको नाम: SHREE KALIKA AADHRBHUT BIDHLAYALI
खाता नं: 1300093798100012
Prabhu Bank, Achham Branch.
E sewa id ra phone number 9848429689
Principle: Devendra Sanjyal