नेपालगन्ज उपमहानगरपालिकाले ग¥यो राहतमा संशोधन

कोरोनाका कारण मृत्यू हुनेमा अन्सारी जिल्लाकै पहिलो व्यक्ति

बाँके । करिव ९ महिना अघि कोरोना कोभिड–१९ नामक महमारीको प्रकोप बिश्व भरी मै फैलिदा नेपालमा पनि यसको प्रकोपबाट अछुतो रहन सकेको थिएन ।

कोरोना अर्थात कोभिड–१९ संक्रमित हुनेहरुको संख्यामा बृद्धि भएसंगै नेपालगन्ज क्षेत्रका बिमा कम्पनीहरुले पनि खुब चर्चा पाएका थिए ।

करोनाका बढदो त्रासका कारण कर्मचारी मात्र नभई घरका परिवारसमेतले धमाधम कारोना बिमा गर्न थालेका थिए ।

बाँकेमा पहिलो पटक नेपालगन्जमा ६० बर्षका मोहम्मद हुसैनलाई बैशाख १९ गते कारोना पुष्टि भए पश्चात कोरोनाको त्रासदी नेपालगन्जमा भने अझै बढन गयो यसैक्रममा जेठ १ गते कोरोना पुष्टि भएका २५ बर्षका अनिस अन्सारीको जेठ ३ गते नरैनापुरमा मृत्यू भएको थियो अन्सारी कोरोनाबाट मृत्यू हुने जिल्लाकै पहिलो व्यक्ति हुन ।

कोरोनाका संक्रमित थपिने र मृत्यू हुने क्रम चलि रहयो यसमा जनप्रतिनिधि र स्थानीय तहका कर्मचारीहरु पनि परे यही बेलामा नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले जनप्रतिनिधी वा कर्मचारीको मृत्यू भएमा १५ लाख रुपैया दिने निर्णय गरेको थियो तर कोरोनाले धमाधम मान्छे मर्न थालेपनि भने नेपालगन्ज उपमहानगपालिका पदाधिकारीहरु झस्किए जनप्रनिधिनी र कर्मचारी धेरै जनाको मृत्यु भयो भने त धेरै १५ लाख जान्छ ल्याउने कहांबाट ?

पदाधिकारीहरुले जुुक्ति निकाले र बोर्ड बैठकको निर्णय शंसोधन गरे त्यसै अनुसार बोर्डको बैठकसमेत सशोधन गरियो तथा सोही निर्णय अनुसार नेपालगन्ज उपमहानगरपालिकाले बोर्ड बैठक बोलाई अघिल्लो निर्णयमा संशोधन गर्दै पूनः अर्को निर्णय ग¥यो जस अनुसार कोरोनाबाट जनप्रनिधि वा कर्मचारीको मृत्यू भएमा २ लाख ५० हजार रुपैया दिने ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ का सदस्य ६७ बर्षिय शान्ति सिंह परियार र वडा नं. ९ निवासी जिन्सी शाखाका कर्मचारी युवराज घलेको कोरोनाबाट मृत्यू हुन गयो ।

जनप्रतिनिधी परियार र कर्मचारी घलेलाई अब नेपालगन्ज उपमहानगरपालिकाले १५ लाखका दरले राहत दिन्छ कि २ लाख ५० हजारका दरले ?

नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ का अध्यक्ष सुनिल सिंह हमालका अनुसार बोर्डले १५ लाखको निर्णय संशोधन गरेर दुई लाख पचास हजार रुपैया गरेको छ ।

मृतक बडा सदस्य र कर्मचारी घलेका परिवारलाई रााहत दिने प्रक्रिया चलि रहेको छ ।

नेपालगन्ज स्वास्थ्य शाखाका प्रमुख राम बहादुृर चन्दका अनुसार नेपालगन्जका ९ जना जना प्रतिनिधी र ७४ जना कर्मचारीलाई कारोना पुष्टि भएको थियो । जसमा एक जना जनप्रतिधिनी र एक जना कर्मचारीको मृत्यु भई सकेको छ ।

हालसम्म बाँकेमा कोरोनाका कारणले ३९ जना मृत्यू हुने मध्ये एक जना जनप्रतिनिधी र एक जना कर्मचारी रहेका छन ।