‘दलाल फासिवादी सत्ता विरुद्ध नेपालमा मजदुर आन्दोलन र आगामी कार्यभार’
उत्पीडित जनतामा मुक्तिको आशा र प्रतिरोधको तयारीबारे

दिनेश शर्मा ‘सागर’
१. विषय प्रवेशः– ̎आधुनिक उद्योगले पृतिशतात्मक निपुर्ण कालीगढको सानो ज्यासललाइ औद्योगिक पुँजिपतिको विशाल कारखानामा परिणत गरिदियो । कारखानामा केन्द्रीत मजदुर समुहहरु सैनिक जस्ता संगठित छन् । औद्योगिक सैन्यका सिपाहीहरुझैं उनिहरु श्रेणीवद्ध अफिसर र कप्तानहरुको रेखदेखमा रहेका हुन्छन् । उनिहरु केवल बुर्जुवा वर्ग र वुर्जुवा राज्यका कमारा होइनन् ।” माक्र्स एङ्गेल्स रचना संग्रह, चार खण्डमा खण्ड १, पृष्ठ ५६
विश्वको इतिहास भनेको वर्ग संघर्षको इतिहास हो । दासयुगमा दासदासीहरुले दास मालिक र उसको सत्ताका विरुद्ध विभिन्न प्रकारका संघर्षसँगै स्पाटाकसको नेतृत्वमा हतियारवद्ध सशस्त्र संघर्षद्वारा आफ्नो अधिकारको स्थापना गर्ने कोसिस गरिरहेका थिए । दास दासीहरुको निशस्त्र वा सशस्त्र आन्दोलन दबाउने कोसिस त भयो तर दास दासीहरुको संघर्षले अन्ततः दासयुगको अन्त्य भयो । सामन्तवादी युगमा किसानहरुले वर्ग संघर्ष चलाए जसका कारण विश्वका कैँयौँ देसहरुमा सामन्तवादी राज्य सत्ताको अन्त भयो र पुँजिवाद अगाडि आयो । पुजिवादले अर्थतन्त्रलाई यति धेरै केन्द्रीत गर्यो कि समाजका पन्चानब्बे प्रतिशत मानिसलाई सर्वहारा र अर्ध सर्वहारावर्गमा बदल्दै लग्यो । सर्वहारा मजदुरवर्गले आफ्नो अधिकारका निमित्त कानुनी तथा गैरकानुनी सबै प्रकारका संघर्ष गर्दै थिए । समाजमा देखिएको वर्ग अनतरविरोधलाई हल गर्न कैँयौँ दार्शनिकहरुले आफ्ना मतहरु अठाडि सार्दै गर्दा ति मतहरु आफैमा वैज्ञानिक बन्न नसक्दा समाधानको चुरो कुरा पत्ता लाग्न सकिरहेको थिएन । तर माक्र्स तथा एङ्गेल्सजस्ता महान् व्यक्तिहरुले सर्वहारा वर्गको नेतृत्वमा चलाइने सशस्त्र संघर्षद्वारा पुँजिवादी राज्य सत्तालाई समाप्त बनाउँदै सर्वहारा वर्गको अधिनायकत्वमा समाजवादको स्थापना गर र साम्यवादसम्म जाउ भनेर जुन विचार अगाडि सार्नुभयो तवमात्र सत्य कुरा पत्ता लाग्यो । यहि वैचारिक हतियारका बलमा विश्वका कैँयौँ देसका सर्वहारा मजदुरहरुले चलाएको सशस्त्र संघर्षको वलमा पुँजिवादलाई समाप्त पारेर स्थापना गरेका जनवादी वा समाजवादी सत्ता अत्यन्तै उत्तम तबरबाट सञ्चालन गरेर देखाइ पनि दिए । विश्वमा चलेका यिनै आ्रन्दोलन वा क्रान्तिको प्रभाव नेपालका चेतनशील मानिसहरुमा गहिरो गरी छाप पर्दै गईरहेको थियो ।
लगभग दूई सय वर्षदेखि सत्ता हातमा लिएर बसेको सामन्तवादको मुख्य प्रतिनिधि संस्था राजतन्त्र होस् या करिब १०४ वर्षसम्म सरकारको नेतृत्व गरेको जहाँनिया राणा शासन होस् दुबैले समाजमा गर्दै आएका अत्याचारबाट आजिद भएका मानिसहरु त्यसबाट मुक्त हुन चाहान्थे तर र्सहारावर्गको चेतनाबाट होइन । कम्तीमा सामन्तवादका विरुद्ध पुँजिवादको स्थापना गर्ने सोच विकसित बन्दै गएको थियो । जसले गर्दा सामन्तवादको नाइके राजतन्त्र होस् या राणाहरुको सरकार होस् अब पुरानै तबरबाट सत्ता टिकाइ राख्न सक्ने अबस्थामा थिएनन् । यहि वाध्यताका बिचबाट विक्रम संवत् १९९२ (सन्१९३५) मा राणा सरकारले नेपालमा पहिलो पटक ̎ उद्योग परिषद् ” नामको संस्था गठन गरिदियो र विधिवत्रुपमा दर्ता पनि भयो । उक्त उद्योग परिषद्लाई कानुनी दायराभित्र राख्न राणा सरकारले वि.स. १९९३ (सन् १९३६) मा कम्पनी कानुन जारी गर्यो । सोहि वर्ष वि.स. १९९३ (सन् १९३६) मा नेपालको विराटनगरमा ̎विराटनगर जुट मिल नामको उद्योग सर्वप्रथम विधिवत्रुपमा स्थापना भयो । नेपाल त्यहि समयदेखि औद्योगिककरणको दिशामा पाईला टेक्ने काम भयो । तत्पश्चात् क्रमशः सलाई, साबुन, चिनी, फर्निचरलगायतका उद्योगहरु विराटनगरमा नै स्थापित हुँदै गए । नेपालमा उद्योगले पाइला टेकेको आज ८४ वर्ष पुगेको छ । व्यवस्थित वा अव्यवस्थितरुपमा क्रमशः उद्योगहरु खुलेका भएता पनि उद्योगको शुरुवात् भएको करिब शयवर्ष लामो इतिहासमा औद्योगिक विकासले जुन गतिलिनु पर्ने हो त्यो हुन त सकेन बरु खुलेका उद्योगहरु जुन तहमा विकास भएर जानु पर्ने हो त्यो नभएर क्रमशः बन्द हुँदै गए । त्यसको मुख्य कारण के रह्यो भने पहिलो सामन्तवादले औद्योगिककरण गर्न चाहेन ।
दोस्रो सामन्तवाद नोकरशाही पुजिपतिवर्ग र संसदीय राजनीतिक पार्टीका नेताहरु सबै क्रमशः भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका दलाल बन्न पुगेका कारण राष्ट्रिय उद्योगको विकास गरेर अर्थतन्त्रलाई बलियोे बनाउन चाहेनन् । तेस्रो खुलेका उद्योगहरुमा भारतीय विस्तारवादका दलालहरुको खुलेआमरुपमा प्रवेशले उद्योगहरु आफैमा स्वतन्त्र हुन सकेनन् । सुरुबाटै नेपालका उद्योगहरुमा दलाल नोकरशाही पुजिवादको प्रवेश भयो । जस्लेगर्दा राष्ट्रिय पुजिपतिहरुले स्वतन्त्र तबरबाट लगानी गरेर खोलेका उद्योगहरु फस्टाउनुको सट्टा रुग्ण भएर बन्द भए । बरु नेपाली मजदुरहरुलाई सस्तोमा श्रम गराएर जम्मा भएको कालो धन नेपालमा रहेन किनकी दलालहरुमार्फत् सिधै विदेसी ढुकुटीमा जम्मा हुदै गयो । राष्ट्रिय अर्थतन्त्र झन पछि झन कमजोर बन्दै गयो भने नेपाली मजदुरवर्गका समस्या झनै जटिल बन्न पुगे ।
२. नेपालमा औद्योगिक विकासको प्रवेश : २००६ सालसम्मको मजदुर आन्दोलन
देशमा लामो समयदेखि राजतन्त्रको नेतृत्वमा रहेको सामन्तवादी सत्ता र उसको जहाँनिया राणाहरुको सरकारले समाजमा रहेका मजदुर, किसान, महिला,दलित, आदीवासी जनजाती, मधेसी, मुस्लीम र दुर्गमगाउँका जनतामाथि चर्को शोषण, दमन, उत्पीडन गर्नुका साथै राष्ट्रको सम्पत्तिमाथि राजपरिवार र राणापरिवारहरुले व्यापक लुछाचुँडी गरेर देसलाई खोक्रो बनाउँदै आएका थिए । एकाध मुट्ठीभर व्यक्तिको हातमा अकुत सम्पत्ति केन्द्रीत थियो भने जनता कङ्गाल बन्दै गएका थिए । ठिक यस्तो अवस्थामा भर्खर खुल्दै गरेका उद्योगहरुमा सुरुबाटै दलाल नोकरशाहीपुजिवादको प्रवेश निकै डरलादो थियो । यद्यपि विश्वमा चलिरहेका पुजिवादी क्रान्ति, राष्ट्रिय मुक्ति युद्ध होस् या समाजवादीक्रान्ति होउन त्यसको प्रभाव पनि परिरहेको थियो । जसकोकारण भर्खर बामे सर्दै गरेका मजदुरहरुमा, किसानहरुमा तथा समाजका कतिपय चेतनशील व्यक्तिहरुमा चेतनाको नयाँ पालुवा पलाउँदै थियो । मुख्यतः मजदुरवर्ग दलाल नोकरशाही पुजिवादको शोषणबाट मुक्त हुन मात्र होइन राणा सरकारको दमन र उत्पीडनबाटसमेत मुक्त हुन कोसिस गरिरहेका थिए । सानासाना संघर्ष हुँदै आएता पनि उद्योग स्थापना भएको करिब १० वर्ष पछि विराटनगर जुट मिल्स् र कटन मिल्स्का मजदुरहरुले आफ्ना जायज मागहरुलाई सूत्रवद्धगरि कारखाना मालिकहरु समक्ष पेस गर्ने निष्कर्ष निकालेका थिए ।
एकातिर सामन्तवादी सत्ता राजाको हातमा र आर्कोतिर जहाँनिया राणाहरुको सरकार साथै दलाल नोकरशाही पुजिपतिवर्गको हातमा उद्योग हुनुले त्रिपक्षीय दमन, उत्पीडन र शोषणको चर्को मार खेपीरहेका मजदुरहरुले हिम्मतकासाथ १) कारखानामा मजदुर युनियन दर्ता गरेर संगठनलाइ आधिकारिक मान्यता दिन पर्ने २) खाइ पाइ आएको तलब बृद्धि गरिनु पर्ने लगायत अन्य समसामयिक मागहरु कारखाना मालिक समक्ष पेस गरे । दलाल नोकरशाही पुजिवादीहरु मजदुरवर्गका जायज मागहरु पुरा गर्न तयार भएनन् । अन्ततः विराटनगर जुट मिल्स् र मोरङ कटन मिल्स्का मजदुरहरु वाध्य भएर ससडकमा जान तयार भए । नेपालको इतिहासमा २००३ साल फाल्गुण २० गते मजदुरहरु कारखाना बन्द गरेर सडकमा उत्रिए । उक्त आन्दोलनप्रति मजदुरवर्गकोमात्र होइन उत्पीडनमा परेका अन्य जनसमुदायकोसमेत ऐक्यवद्धता रहेको थियो । दलाल पुजिपतिहरु दमनकालागि सरकारलाईउकास्दै थिए भने राणाहरुको सरकार पनि मजदरु आन्दोलनलाई दमन गर्ने पक्षमा तयारी गर्दै थियो । लगातारको २० दिन हड्ताल भएपछि सरकारले प्रहरी लगाएर अन्धाधुन्ध तबरबाट मजदुहरुमाथि लाठी चार्ज गर्यो, गोली वर्षयो र गिरफ्तारर गर्यो । सरकारी दमनबाट कैँयौँको सङ्ख्यामा मजदुरहरु घाइते भए । कैँयौँलाई जेल हालियो । मजदुर आन्दोलनमाथि चर्को दमन लादियो जस्ले गर्दा तत्कालकालागि आन्दोलन तितर–बितर भएतापनि शासकवर्गका सामु मजदुरहरु झुकेनन् बरु शक्ति सञ्चय गर्दै आगामी आन्दोलनलाई प्रभावकारी बनाउन तयारी गर्दै राज्यसँग लड्न आन्दोलनलाई झनै जुझारु बनाउन पर्ने सबकसमेमत सिके । नेपालको पहिलो संगठित मजदुर आनदोलन आजको आँखाबाट भएको यथार्थ यहि हो।
विश्व स्तरमा चलेका जुझारु मजदुर आन्दोलनका बिचबाट जसरी माक्र्स, एङ्गेल्स्जस्ता महान् विचारकहरुको गहिरो अध्ययन, अनुसन्धानपश्चात् दुनियाँ बदल्ने माक्र्सवादजस्तो महान् वैज्ञानिक विचारको जन्म भएको थियो त्यसैगरि २००३ सालमा भएको संगठित मजदुर आान्दोलनले नेपालका राजनीतिज्ञहरुलाई पार्टी गठन गर्ने आधार तयार पार्यो । यद्यपि २००३ सालमा स्थापना भएको नेपाली काँग्रेस सामन्त, दलाल नोकारशाही पुजिपतिवर्गको वर्गीय आधारमा स्थापित भएका कारण सर्वहारा मजदुर किसानको पक्षमा उभिन सक्ने अबस्था रहेन जस्ले गर्दा उत्पीडनमा परेका जनसमूुदायको भरोसायोग्य पार्टी बन्न सकेन र बनेन पनि । बरु समाजका तेचनशील व्यक्तिहरुको गहिरो अध्ययन, अनुसन्धानपछि क. पुष्पलाल श्रेष्ठको तेतृत्वमा २००६ सालमा गठित नेपाल कम्युनिष्ट पार्टी वास्तवमा मजदुर किसानको भरोसायोग्य पार्टी बनन पुग्यो । मजदुर, किसानमात्र होइन सामन्तवादी सत्ताको कोपभाजनमा पर्दै आएका महिला, दलित, आदीवासीजनजाती, मधेसी, मुस्लीम र विकासमा पछाडी पारिएका दुरदराजका जनताकोसमेत भरोसायोग्य पार्टी बन्न पुग्यो । भरखर जन्मिएको र सांगठनिकरुपमा देसव्यापी फैलिन नसकेको अवस्थामा राणा सरकारका विरुद्ध अथवा सामन्तवादकै विरुद्ध भौतिकरुपमा आन्दोलनको नेतृत्वगर्न सक्ने आधार बन्न सकेको थिएन तर पनि वैचारिकरुपमा भने नेतृत्व गर्दै अगाडि बढ्न सफल रह्यो ।
३) २००७ साल–२०१६ साल सम्मको मजदुर आन्दोलन
सामन्त, दलाल, नोकरशाही पुजिवादको जगमा गठन भएको नेपाली काँग्रेस पार्टी तथा माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक मार्गदर्शनका आधारमा वर्ग संघर्षको अपरिहार्यतालाई स्वीकार गर्दै ससर्वहारावर्गको अधिनायकत्व, नयाँजनवाद हुँदै समाजवाद, साम्यवादको लक्ष्य बोकेर गठन भएको कम्युनिष्ट पार्टीको विचारको प्रवाहमा नेपाली मजदुरहरुले आन्दोलनसँगै आप्mनो सांगठनिक स्वरुपकस्तो बनाउने भनने विषयमा व्यापक विचार विमर्श गर्दै थिए । नेपाली मजदुरहरु स्वाभाविकरुपमा कम्युनिष्ट पार्टीको नीति, योजना, कार्यक्रमसँगै मुख्यतः मालेमावादको वैचारिक लाइनप्रति आकर्षित बन्दै थिए । यहि परिवेसमा २००७ सालमा अखिल नेपाल ट्रेड युनियन काँग्रेसको स्थापना भयो । तर विडम्बना के भै दियो भने कम्युनिष्ट विचारबाट प्रभावित मजदुुरहरु र काँग्रेसबाट प्रभावित मजदुरहरु दुबै अट्ने गरि एउटै संगठन बनाउने काम भयो । यो आफैमा असम्भव थियो । वास्तवमा भयो त्यहि । तर उक्त संगठन लामो समय टिक्न सकेन अन्ततः छोटो समयमा नै विघटन हुन पुग्यो ।
सचेत मजदुरहरु विचार संघर्षमा मात्र होइन सांगठनिक स्वरुप कस्तो बनाउने र आन्दोलनको मोडल कस्तो बनाउने भन्ने विषयमा बहसमा जमिरहेका थिए । तात्कालीन अवस्थामा कम्युनिष्ट पार्टी आत्मगमत रुपमा कमजोर भएका कारण राणाशासन विरुद्धको आन्दोलनमा निर्णायक भूमिका दिन सक्ने अवस्थामा थिएन । तर वैचारिक मार्गदर्शन भने गरिराखेकै थियो । जस्ले गर्दा विराटनगरका मजदुरहरुले राणाशासनको मुख्य किल्ला तहसनहस पार्न संघर्षलाई जुझारु बनाउँदै सशस्त्ररुपमा मैदानमा आँउने आँट गरे । हातेवम (ग्रिनेट) जम्मा गरे र वर्गदुश्मनका राइफलका गोली छेक्न ट्याक्टरलाई जस्ताले बेरेर ढाल बनाएर लड्ने योजना तय गरे । यो नितान्त मौलिक विचार थियो । मजदुरहरुको उच्च चेतना, वैचारिक स्पष्टता र उच्चो मनोबलको तयारी पनि थियो । यसबाट के पनि स्पष्ट हुन्छ भने मजदुरहरु कुनै सामन्त,दलाल, नोकरशाही पुजिवादको वैचारिक धरातलबाट होइन केवल माक्र्सवादबाट, कम्युनिष्ट विचारबाट, निर्देशित थिए, प्रशीक्षित थिए र प्रभावित थिए । जस्ले गर्दा राणाशासकहरुको विराटनगरको मुख्य किल्लालाई ध्वस्त बनाउन सफल भए । त्यो वेलाको वहादुरी र साहासिक लडाईलाई मजदुरहरुको पछिल्लो पुस्ताले गहिरो गरि अध्ययन गर्नुका साथै त्यसलाई सलाम गर्दै त्यसको अनुसरण गर्नै आँट र हिम्मत गर्न आवश्यक छ ।
मजदुर, किसानलगायत समाजका सबै उत्पीडित समुदायको संघर्षले राणाशासन अन्त्यको अवस्थामा पुग्दै गर्दा नेपाली काँग्रेसले राजा, राणासहित भारतीय विस्तारवाद सामु लम्पसार पर्यो र अन्ततः मोहन शमसेर राणालाई नै प्रधानमन्त्री मानने शर्तमा सुगौली सन्धि पश्चात् सन् १९४९ मा अत्यन्तै घातक अर्को सन्धि गरियो । जसलेगर्दा नेपाल र नेपाली जनता त्यहि कोपभाजनमा परे परिरहेका छन् । उक्त सन्धिले राजा, राणा होउन या नेपाली काँग्रेस पार्टी होओस् सबै विस्मतारवादका दलाल हुन भन्ने कुरा व्यवहारतः पुष्टि गराई दियो । उक्त राष्ट्रघाती दिल्ली सम्झौताका विरुद्ध सचेत युवाहरु, मजदुरहरुले आन्दोलन उठाउने जमर्को गरे । आन्दोलनका क्रममा विद्यार्थीनेता चिनियाँकाजी श्रेष्ठलाई तात्कालीन संसदीय सरकार जस्का गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला गेहमन्त्रीको ओदेशमा गोली हानी हत्या गरियो । यस बिचमा खासगरि २००८–२०१६ साल सम्मको अवधिमा मजदुरहरुले विराटनगर, वीरगञ्जदेखि काठमाण्डौँसम्म राष्ट्रियताको संरक्षण, तलबबृद्धि, पेसाको ग्यारेण्टीजस्ता मागहरु अगाडी सार्दै करिब १२ वटाभन्दा बढी हड्तालहरु गरे । आन्दोलनकाक्रममा तत्कालिन संसदीय सरकारले मजदुरहरुका जायज मागहरु पुरा गर्नुको सट्टा दमनको नीति अख्तियार गर्यो । यसक्रममाा १४ जनाभन्दा बढी मजदुरहरुको हत्या भयो भने करिब ७० भन्दा बढी मजदुरहरु घाइते भए । सयौे मजदुरहरुले आफ्नो कामबाट हात धुन वाध्य भए । तर पनि मजदुरहरुले हरेस खाएनन् बरु सत्यको निमित्त निरन्तर संघर्षमा जुटीरहे ।
तात्कालीन नेपाली काँग्रेसको सरकार मजदुरहरुका माग पुरा गर्ने, राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने, राष्ट्रिय स्वाधीनता कायम राख्ने पक्षमा होइन बरु नेपालमा खुलेका उद्योगहरुलाई धराशायी बनाएर बन्द गराउने, मजदुरहरुलाई बेरोजगार बनाउने, राष्ट्रिय स्वाधीनता कमजोर पार्ने र भारतीय तयारी वस्तुको व्यापार बढाउने काममा उद्यत बन्दै जान थाल्यो । बरु नेपाल कम्युनिष्ट पार्टी, देसका स्वाभिमानी युवाहरु, विद्यार्थीहरु, मजदुरहरुमात्र सच्चा देसभक्त, परिवर्तनका वाहक, राष्ट्रिय अर्थतन्त्रको विकास गर्न तत्पर हुन् भन्ने कुरा मजदुरहरुको यति ठुलो त्याग, वीरता र वलिदानले पुष्टि गर्यो ।
४. २०१७ साल–२०४५ सालसम्मको मजदुर आन्दोलन
नेपाली काँग्रेसको सामन्त दलाल नोकरशाही पुजिवादी चिन्तन तथा कम्युनिष्ट पार्टीभित्र हाबि हुँदै गएको सामन्तवाद परस्त तथा दक्षिणपन्थी संशोधनवादी चिन्तनका कारण राजा महेन्द«ले २०१७ सालमा सत्ता कु गरेर राज्यका सम्पूर्ण अधिकार आफ्नो हातमा लिए । सरकार सञ्चालनका निमित्त आफ्ना विश्वासपात्रलाई आगाडी सारेर पञ्चायती व्यवस्थाको नाम दिए । युवा, विद्यार्थी, किसान र मजदुर संगठनसमेत आफैले गठन गरेर जनतालाई भ्रम दिने, मजदुर–किसानलाई भ्रम दिने कोसिस गरे । कम्युनिष्ट पार्टीमात्र होइन त्यसका कुनै पनि जनवर्गीय संगठनलाई गतिविधि गर्न नपाउने गरि प्रतिवन्ध लगाए । सामन्त, दलाल, नोकरशाही पुजिपति वर्गको विचार बोकेको स्वयम् काँग्रेस पार्टीसमेत प्रतिवन्धित हुन पुग्यो । यस्तो अवस्थामा कम्युनिष्ट पार्टीभित्र घुसेर सर्वहारावर्गको विचार, आदर्श, वर्गसंघर्ष, सर्वहारा अधिनायकत्व, नयाँ जनवाद, समाजवाद, साम्यवादजस्ता विषयहरु मात्र होइन कम्युनिष्ट पार्टीलाई नै तहसनहस बनाउन सामन्तवादका प्रतिनिधि तथा संशोधनवादका प्रतिनिधिहरु एक हदसम्म सफल पनि भए । तर पनि इमान्दार कम्युनिष्टहरु भने आन्दोलनलाई संगठित गर्न, पार्टीलाई संगठित गर्न आफ्नो ठाउँबाट लागिरहेकै थिए । भौतिकरुपमा कम्युनिष्ट पार्टी कमजोर भएजस्तो देखिएता पनि गठन, पुनर्गठन गर्दै कम्युनिष्ट पार्टीलाई अगाडी बढाउँदै आएको पाईन्छ ।
सामन्तवादको प्रतिगमन पश्चात् उसको पञ्चायती तानाशाही व्यवस्थाले मजदुर आन्दोलनलाई कमजोर बनाउने जतिसुकै कोसिस गरेता पनि अन्ततः सचेत मजदुरहरु भित्र–भित्र संगठित हुँदै गएका थिए । पञ्चायती कालरात्रीको यस अवधिमा खास गरि ३० वर्षको पेरिफेरीमा विधिवत् दर्ता भएका ४९०३ वटा उद्योगमा ३१ वटा बन्द भएका थिए । छरिएर रहेका मजदुरहरु खास गरी यातायात, ढुवानी, ज्यामी, रिक्साचालक, कृषिक्षेत्रमा काम गर्ने मजदुरलाई छाडेर संगठित क्षेत्रमा काम गर्ने मजदुरहरुको सङ्ख्या एकलाखको हाराहारीमा थिए । सङ्ख्यात्मक तबरबाट यति थोरै भएता पनि राष्ट्रिय अर्थतन्त्रको विकासमा उनिहरुको योगदान कम थिएन । किनकी २०१६ सालमा संसदीय व्यवस्थाले एउटा ऐन बनाएको थियो । ̎ नेपाल कारखाना र कारखानामा काम गर्ने मजदुर सम्वन्धी ऐन ” जसले मजदुरहरुलाई काम गर्ने घण्टा तोक्नुको साथै हड्ताल गर्न, माग पेस गर्न निश्चित मापदण्ड तोकेको थियो । तर पञ्चायती व्यवस्थाले २०१८ र २०३० मा संशोधन गरेर मजदुरहरुमाथि झनै शोषण गर्ने, अन्याय र अत्याचार गर्ने प्रावधानहरु लागु गर्यो । माग पेस गर्ने र आन्दोलन गर्ने जस्ता मौलिक अधिकारमाथि एक प्रकारले प्रतिवन्ध नै लगायो ।
शासकहरुको प्रतिबन्ध होस् या पुजिपतिवर्गको शोषण, दमन र उत्पीडनको मार किन नहोस् सबैखाले हर्कतका विरुद्ध कुनै पनि कदम उठाउन मजदुरहरु पछि परेनन् । सानासाना मागहरु साख्ने आन्दोला गर्ने क्रमसँगै पञ्चायती कालरात्रीका समयमा विराटनगर, वीरगञ्ज, हेटौँडा, काठमाण्डाैं, पोखरादेखि अन्यत्र छरिएर रहेका मजदुरहरुले तलब बृद्धि लगायत विभिन्न सेवा सुविधाका मागहरु अगाडि सारेर दर्जनाैं भन्दा बढी स्थानहरुमा मजदुरहरुले हड्ताल गरे । उक्त आन्दोलनमा दलाल पुजिपति वर्गमात्र होइन स्वयम् सामन्तवादी सत्ता र उसको निरङ्कुश पञ्चायती सरकारले मजदुर वर्गमाथि दमन गर्यो । करिब एकहजारको हाराहारी मजदुरहरुलाई रोजगारीबाट हात धुन वाध्य पार्यो । तर पनि मजदुर आन्दोलनको गति कमजोर भएन । आन्दोलन रोकिँदा पनि रोकिएन । बरु पञ्चायती व्यवस्थाको अन्त्यको नारा बोकेर मजदुरहरु अन्य आन्दोलनकारीसँगै सडकमा आउन थाले । २०३५–२०३६ सालको आन्दोलन पश्चात् त संगठन प्रतिवन्धको बेवास्ता गर्दै अखिल नेपाल ट्रेड युनियनलगायतका मजदुर संगठनको आयोजनामा खुल्लै तबरबाट मई दिवसका कार्यक्रमको आयोजना गरेर सरकारलाई हाँक दिनेमात्र होइन अन्य संघर्षका कार्यक्रमसमेत लिएर मैदानमा उत्रने काम हुँदै आयो । अन्ततः २०४५–२०४६ सालको आन्दोलनमा पञ्चायती व्यवस्थाको अन्त्यका लागि समेत मजदुरवर्गको भूमिका महत्वपूर्ण रहेको कुरा सर्वविदितै छ ।
५. २०४६साल–२०५२ सालसम्मको मजदुर आन्दोलन
२०४६ सालको आन्दोलन पश्चात् पञ्चायती व्यवस्थाको अन्त त भयो तर सामन्तवादको अन्त्य गरेर जनताको हातमा सत्ता आउन सकेन । जसलेगर्दा सर्वहारावर्गले पुनः लडाई लडुन पर्ने आवश्यकता रहि रह्यो । मजदुरहरुले खुल्ला परिवेशको भरपुर उपयोग गर्दै धनगढीदेखि बुटवलसम्म, पोखरादेखि काठमाण्डौँसम्म, नारायणघाटदेखि इलामसम्मका मजदुरहरु खास गरी यातायात, चिया, निर्माण, अटोरिक्सा, रिक्सा, होटल, औद्योगिक क्षेत्र,पसल, गलैँचा, गार्मेण्ट, निर्माणलगायत विभिन्न पेसाका मजदुरहरुले आ–आफ्ना क्षेत्रका मागहरुलाई समावेश गरेर मागपत्र प्रस्तुत गरे । कैँयौँ क्षेत्रका मजदुरहरुले महिनाैंसम्म हड्ताल गरे । पुजिपति वर्ग तथा राज्यलाई समेत वाध्य पारेर माग पुरा गर्न सफल भए । यस दौरानमा कैँयौँ मजदुरहरुले रोजगारीबाट हात धुनसमेत वाध्य तए । तर पनि आन्दोलन कमजोर होइन बरु स्पातिलो बन्दै अगाडि बढ्यो। यद्यपि मजदुर आन्दोलनभित्र ट्रेड युनियनवादी चिन्तन तथा अर्थवादी चिन्तनले टाउको उठाउने प्रकृया पनि नदेखिएका होइनन् ।
आन्दोलनलाई कानुनी तथा सुधारवादको घेरामा कैद गर्ने विचारहरु पनि नदेखिएका होइनन् । तर ति सबैखाले अवसरवादका विरुद्ध वैचारिक संघर्ष गर्दै मजदुर आन्लदोलनलाई जुझारु र एकताबद्ध बनाउने प्रकृयामा स्वयम् मजदुर संगठनको पहलमा थुप्रै कामहरु हुँदै गए । मजदुर आन्दोलनलाई मार्गदर्शक गर्ने कम्युनिष्ट पार्टी मुख्यतः तात्कालिन नेकपा (माओवादी) ले आफुलाई वैचारिक, राजनैतिक, सांगठनिकलगायत संघर्षको तयारीकालागि आत्मगत अवस्था तयार गर्दै रह्यो । जसले गर्दा मजदुर वर्गमामात्र होइन किसान, महिला, दलित, आदिवासी जनजाती, मधेशी, मुस्लीमदेखि दूरदराजका उत्पीडित जनताहरुमा एकप्रकारको आशा, विश्वास र एकताभाव बढ्दै गएको थियो । आन्दोलनप्रति त्याग, वीरता र वलिदानको भावना आममात्रामा जागृत हुँदै गएको थियो । यो अवधि वास्तविकरुपमा क्रान्तिको आशावाद क्रान्तिकारी नेतृत्वप्रतिको विश्वास, विचारधारात्मक एकताका साथमा भावनात्मक एकताको चरण पनि थियो । मुख्यतः दुस्मनका विरुद्धको लडाइका निमित्त तयारीको चरण पनि रह्यो । त्यसैले मजदुर आन्दोलन जुझारु र एकतावद्ध थियो । यसलाई एउटा क्रान्तिकारी आन्दोलनको तयारीको चरण पनि मान्न सकिन्छ ।
६. २०५३साल–२०६२ सालसम्मको मजदुर आन्दोलन
तात्कालिन नेकपा (माओवादी) ले आफ्नो चार तयारी पुरा गरी जब यो देसमा जनयुद्धको घोषणा गरेको दिन सामन्ती राज्यसत्ताको अन्त्यकालागि हतियार उठाएको दिन साम्राज्यवादी पुजिवादीहरुको बहुराष्ट्रिय कम्पनि पेप्सीकोलामाथि सेवोरेज गरेर दलाल पुँजिवादका विरुद्धको लडाइमा हामी उभिएका छौँ भनेर सङ्केत गरेको थियो । गाउँमा किसानहरुसँग हातेमालो गर्दै सामन्त, जाली फटाहाका विरुद्धमात्र होइन त्यसको संरक्षण गर्ने राज्यसत्ताकापहरेदार प्रहरीका विरुद्धसमेत हतियार उठायो । यसले सर्वहारा मजदुर तथा किसानहरुलाई सबैभन्दा बढी उत्साह पैदा गर्यो । मजदुरहरु आफ्नो जीवनको कुनै पर्बाह नगरी, गिरफ्तारी र यातनाको कुनै पर्बाह नगरी २०५३ सालमा काठमाण्डौँको कुमारीगालमा बैठडक बसेर आगामी कार्यक्रमका रणनीति तय गर्दै गर्दा तात्कालिन राज्यसत्ताका प्रहरीहरुले बैठक बसेकै अवस्थामा ८३ जना मजदुर नेतहरुलाई एकसाथ गिरफ्तार गर्दासमेत कतिपनि विचलित नभैकन दमनको प्रतिवाद गरेका थिए । उच्च अनुशासन र एकतावद्ध प्रतिवादका कारण सरकार मजदुरलाई रिहा गर्न वाध्य भयो । यसप्रकारको जुझारु एकताले मजदुर आन्दोलनलाई झनै स्पातिलो बनाउन मद्दत गर्यो ।
दशवर्षको अवधिमा फौजी आक्रमणमात्र होइन त्याग, वीरता र वलिदानका काीर्तिमान खडा गरेर विश्व सर्वहारावर्गलाई सकारात्मक प्रेरणा दिँदै विश्व साम्राज्यवादलाई हाँक दिन नेपालको सर्वहारा वर्गीय आन्दोलन सफल भयो । पछिल्ला चरणहरुमा दलाल पुजिवादका अखाडाहरुमा जहाँ मजदुरहरुलाई चर्को शोषण, दमन, उत्पीडन भैरहेको थियो र पटकपटक त्यसो नगर्न चेतावनी दिँदासमेत अटेर गर्नेलाई ग्रिनेट बम हानेर चेतावनी दिने काम पनि भए । यसप्रकारका कारवाहीले मजदुरहरुमा एकप्रकारको उत्साह, उमङ्ग, पलाउनुकासाथै ट्रेड युनियन आन्दोलनभित्रको अर्थवाद र ट्रेड युनियनवाद परास्त भएर जुझारु आन्दोलनको विकास हुँदै गयो । त्याग, वीरता र वलिदानका निमित्त एक प्रकारको प्रतिष्पर्धा चल्न सुरु गर्यो । नेपालका सर्वहारावर्गमात्र होइन विश्व सर्वहारावर्गलाईसमेत प्रेरणाका स्रोत बन्न सक्ने घटनाहरु स्वयम् मजदुर नेता, कार्यकर्ताबाट कार्यान्वयन हुँदै गए । आफ्नो आगामी रणनीति तय गर्न बैठक बसेका नेताहरुको यति ठूलो सङ्ख्यामा एकैपटक गिरप्mतार हुँदा कुनै प्रकारको विचलनको छनक देखा नपर्नु, उच्चो अनुशासन तथा गोपनीयतालाई कायम राखेर दुस्मनलाई छक्याउन,झुक्याउन सफल रहनु कम चानचुने विषय थिएन । पछिल्ला चरणमा दलालहरुका अखाडामा बम वर्षाउन स्वयम् मजदुरहरु तयार हुनु पनि कम महत्वपूर्ण कार्य थिएन् । यसले हरेक कारखानालाई क्रान्तिकारी सेनाको ब्यारेकमा परिणत गर्न सकिन्छ भन्ने सङ्केत दिएको थियो । त्यतिमात्र होइन दाङको घोराइमा रहेको सेनाको शक्तिशाली ब्यारेक कब्जामात्र होइन कब्जा गरिएका युद्ध सामाग्रीहरुलाई आफ्नो आधारक्षेत्रमा पुर्याउनु पनि त्यतिकै चुनौती थियो । तर त्यो काम पुरा गर्न, चुनौतिको सामना गर्न मजदुरहरु तयार भए । काठमाण्डौँबाट गएका यातायातचालक मजदुरहरुले सुरक्षितरुपमा पुरा गरेर देखाई दिए । हजारौँ वर्षदेखि प्रशीक्षित भएर बसेको सेनामात्र होइन सम्पूर्ण स्रोत र साधनबाट सम्पन्न सरकारसमेमत विफल भयो । जुन काम सर्वहारावर्गका सच्चा मजदुरहरुले पुरा गरे । दाङमा खोसिएका हतियारका वलमा दुस्मनका अन्य थुप्रै हतियार जनमुक्तिसेनाले कब्जा गर्न सफल भयो । अन्तमा सात डिभिजन सेना पनि बन्यो । मजदुरहरुको यो त्याग,वीरता र वलिदानलाई कायम राख्दै अझ चेतनाको विकास गर्न आवश्यक छ ।
नेपालको परिवर्तनकामी आन्दोलनमा खासगरी २००७सालदेखि २०६२ सालसम्म आइपुग्दा सयौँ मजदुरहरुले आफ्नो जीवनको वलिदान गरे । सयौँको सङ्ख्यामा आजसम्म पनि मजदुर योद्धाहरु बेपत्ताको अवास्थामा छन् । खासगरी दसवर्षको जनयुद्धका क्रममा तात्कालिन अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष क। शम्भु पौडेललगायत ४० भन्दा बढि महान् योद्धाहरुले आप्mनो जीवनको वलिदान गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष क। हिरा बहादुर रोका, महासचिव क। कृष्ण प्याकुरेललगायत ३० जना भन्दा कढी मजदुर योद्धाहरु आज पनि राज्यद्वारा बेपत्ता पारिएका छन् । नेपाली क्रान्तिमा मजदुरहरुमात्र यति ठूलो सङ्ख्यामा वलिदान हुनु,वेपत्ता बनाइनु भनेको सामान्य प्रश्न होइन । यो त्याग, वीरता र वलिदान केवल देखाउनकालागि ल्याइएको ̎ लोकतान्त्रिक गणतन्त्र ” का लागि थिएन । बरु सामन्त दलाल नोकरशाही पुजिवादलाई एउटै खाल्टोमा पुरेर सर्वहारावर्गको नेतृत्वमा संघीय जनगणतन्त्रात्मक सत्ता स्थापना गर्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष्य पुरा गर्न महान् योद्धाहरुले रगत बगाएका थिए । ति महान् योद्धाहरुको त्याग, वीरता, वलिदान र सपनाप्रति तात्कालिन अवस्थामा नेतृत्व गरिरहेका प्रचण्ड तथा बाबुरामहरुले गद्दारी गरेका कारण आन्दोलन कमजोर भएको भएता पनि क।किरणको नेतृत्वमा आन्दोलन जारी रहेकाले मजदुरहरु क्रमशः आशावादमा परिणत हुँदै गएका छन् ।
७. २०६३साल–२०७७ सालसम्मको मजदुर आन्दोलन
क्रान्तिको नेतृत्व गरिराखेका प्रचण्ड, बाबुरामहरुको वर्गपरिवर्तन, विचार परिवर्तनसँगै ट्रेड युनियन आन्दोलनमासमेत त्यसको नकारात्मक असर पर्यो । जसले गर्दा त्याग,वीरता र वलिदानको जगमा निर्माण भएको मजदुर आन्दोलनभित्र नराम्रोसँग ट्रेड युनियनवाद र अर्थवादले नराम्रोसँग जरा गाड्यो । जसले मजदुर आन्दोलनलाई तहसनहस बनाउँने कोसिस गर्दै गर्दा क्रान्तिकारीहरुले ट्रेड युनियनवादी र अर्थवादीहरुको व्यापक भण्डाफोर गर्दै वैचारिक रुपमामात्र होइन सांगठनिकरुपमासमेत सम्बन्धविच्छेद गर्दै यतिवेला २००८ सालमा गठित अखिल नेपाल ट्रेड युनियन काँग्रेसको क्रान्तिकारी स्पीरिटलाई पछिल्ला दिनहरुमा अखिल नेपाल ट्रेड युनियन, अखिल नेपाल ट्रेड युनियन महासंघ हुँदै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकारुपमा आफुलाई उभ्याएको छ । क. शम्भू पौडेल, हिराबहादुर रोका, क. कृष्ण प्याकुरेल लगायत परिवर्तनको आन्दोलनमा शहादत पूाप्त गर्ने सयौं सहिदहरु, बेपत्ता योद्धाहरुको सपना र आदर्शलाई पछ्याउने काममा प्रतिवद्धता जनाएको छ । मजदुर आन्दोलनको क्रान्तिकारी इतिहास बनाउन लागिपरेको छ । यो खुसीको कुरा हो । यस प्रककारको प्रतिवद्धतासँगै महासंघले मुख्यतः माक्र्सवाद–लेनिनवाद–माओवादका पथप्रदर्शक सिद्धान्तका आधारमा आफ्ना नेता कार्यकर्ताहरुलाई वैचारिकरुपमा स्पष्ट पार्दै खरोरुपमा उतार्न अध्ययन, अनुसन्धान, नीति, योजना निर्माण र जुझारु संघर्ष उठानका लागि तयार पर्ने कामलाई द्रुतगतिमा अगाडि बढाउन पर्दछ । अवसरवादका विरुद्ध जुध्ने आँट र हिम्मत गर्न त्यतिकै आवश्यक छ । अर्थवाद, ट्रेड युनियनवाद, अराजकतावादी व्यक्तिवाद, टुक्रे मानसिकता, ढाँट, छल, षड्यन्त्र र गुटवाद जस्ता पछौटे मानसिबताबाट मुक्त बनाउँदै त्याग, वीरता, वलिदानको भावनाबाट ओतप्रोत बनाउँदै जुझारु आन्दोलनका निमित्त मानसिक रुपमा मात्र होइन व्यावहारिक रुपमा नै तयार पार्न आवश्यक छ । किनकी यति वेलाकाे चरण भनेको संघर्षका लागि सबै पाटा पक्षबाट आफुलाई तयारी हालतमा राख्ने चरण हो ।
८. आगामी मजदुर आन्दोलन
यतिवेला देस अत्यन्तै संगीन अवस्थामा गएर उभिएको छ । विश्वव्यापी कोरोना सन्त्रासको हावाले नेपाल पनि लपेटिएको अवस्था छ । वेरोजगार मजदुरहरुको सङ्ख्या दिन दुई गुणा रात चार गुणाले वृद्धि भएको अवस्था छ । उनिहरुसँग आश्रित परिवार शिक्षा र स्वास्थ्यजस्ता विषयहरुबाट टाढा रहने कुरा त छँदै छ । त्योभन्दा पनि ठुलो दैनिक खाने र बस्नेको समस्या हुँदै गएको छ । श्रम गरिरहेका मजदुरहरुको रोजीरोटीको ग्यारेण्टीको त कुरै छोडौँ आधा तलबमा पुरै काम गरेर आधा पेट खानलाई पनि धौ धौ परिरहेको अवस्था छ । भारतमा मात्र ६० लाख र खाडीका मुलुकमा ५० औँ लाख मजदुरहरु खाना र बस्ने ठाउँ नपाएर सडक पेटीमा भौँतारिँदै बसेका छन् । दस वर्षसम्म जनयुद्धको मुख्य भूमिकामा रहेर नेतृत्व गरेका प्रचण्ड र झापा आन्दोलनको एउटा भुमिकामा रहेर नेतृत्व गरेका खड्ग ओलीहरु कथित कम्युनिष्टको नाममा कलङ्क मात्र होइन ठुला गद्दारकारुपमा परिणत भएको वर्तमान अवस्थामा मजदुर आन्दोलनलाई अगाडी बढाउनु कम चुनौतीको विषय होइन । तर उक्त चुनौतीको सामना गर्नै पर्दछ । किनकी सर्वहारा वर्गलाई अथवा मजदुरवर्गलाई चाहिएको अधिकार भनेको रोजगारीको ग्यारेण्टी र सुविधा वृद्धिमात्र होइन । गाँस, वास, कपास, शिक्षा र स्वास्थ्यजस्ता जन्मसिद्ध अधिकारको ग्यारेण्टी राज्यले गर्नु हो । तर वर्तमान खड्ग ओलीको सरकार उदासीनमात्र होइन दलाल नोकरशाही पुँजिवादको बफादार नोकरकारुपमा आफुलाई उभ्याएका कारण श्रमिकवर्गप्रति अत्यन्तै तानाशाही व्यवहार गर्दै देखाउँदै छ । ठिक यस्तो अवस्थामा अबको मजदुर संगठनका नेता कार्यकर्ताहरुले आफुलाई खरो उतार्न आवश्यक छ । विगतका जुझारु मजदुर आन्दोलनलाई आत्मसाथ गर्दै आगामी मजदुर आन्दोलनका चुनौतीको सामना गर्न वैचारिकरुपमा कमजोर, काममा ढिला, उदासीन, काममाभन्दा गफमा रमाउने, निर्णयमा सहमत कार्यान्वयनमा असहमत, ट्रेड युनियनवाद र अर्थवादप्रति मोह राख्ने प्रवृत्तिका विरुद्ध निर्ममतापूर्वक संघर्ष गर्न आवश्यक छ । संगठनलाई बहसदेखि बहससम्म होइन कामदेखि कामसम्म जुझारु आन्दोलन, प्रतिरोध आन्दोलनको कसीमा आफुलाई खार्दै अगाडी बढाउन आवश्यक छ । यसो गर्दा दलालहरुको फासिवादी सत्ता फेरी पनि दमनमा आउन सक्ने आकलनलाई मध्यनजर गर्दै प्रतिरोध गर्ने तयारी हालतमा आफुलाई उभ्याउन पर्दछ । यहि नै शहिद, वेपत्ता मजदुरहरुको सपना हो । यहि नै अबको मजदुर आन्दोलनको आवश्यकता हो ।
(लेखक शर्मा सामाजिक व्यवस्था रुपमान्तरणको पक्षमा कलम चलाउने गर्दछन । उनको यो लेख ‘मजदुर विद्रोह वर्ष १ अंक १ कार्तिक २०७७’ बाट साभार गरिएको हो ।)