माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैः संगठन निर्माणको देशव्यापी कार्ययोजनामाथि छलफल हुने

विकेन्द्रीत माओवादी तथा देशभक्त शक्तिहरुबिच वृहत ध्रुविकरणको तयारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक संगठन निर्माण तथा सुढृणीकरण कार्ययोजना, संगठनात्मक कार्य विभाजन र वृहत क्रात्किारी एकता तथा ध्रुविकरण लगाएतका महत्वपूर्ण विषयमा छलफलका लागि बस्दैछ ।

हालै सम्पन्न केन्द्रीय समिति बैठक तथा विशेष राष्ट्रिय भेलापछि भोलि पहिलो पटक माओवादी केन्द्रको स्थायी समितिको औपचारीक बैठक बस्न लागेको हो । बैठकको लागि माओवादी केन्द्रका जिम्मेवार नेताहरु काठमाडौं पुगिसकेका छन ।

पछिल्लो समयमा पार्टीका पूर्व अध्यक्ष गोपाल किराती नेतृत्वको समूह गम्भिर राजनैतिक वैचारीक विचलनताको कारण क्रान्तिकारी योजनाबाट पतनउन्मुख देखिएपछि विशेष राष्ट्रिय भेलाबाट कर्णजीत बुढाथोकी शुशिलको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति, ३३ सदस्यीय पोलिटव्यूरो, १५ सदस्यीय स्थायी समिति निर्वाचित भएको थियो ।

किराती नेतृत्वको समूह मुलतः मालेमावादी पथ प्रर्दशक सिद्धान्तबाट विचलित हुँदै आध्यात्मवादी बोटोबाट अघि बढ्ने तयारी गरेपछि माओवादी केन्द्रको पोलिटव्यूरो सदस्यको बैठकले यसअघि नै किरातीलाई अध्यक्षबाट हटाएको थियो भने विशेष भेलाबाट नयाँ कमिटी निर्वाचित गरिसकेको छ ।

माओवादी केन्द्रका अध्यक्ष कर्णजीतको अध्यक्षतामा भोलि काठमाडौंमा बस्ने स्थायी समितिको बैठकमा पार्टी संगठन निर्माण, सुढृणीकरण कार्ययोजना, कार्यविभाजन र अन्य संगठनात्मक विषयमा व्यापक छलफल सहित महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

बैठक भोलि १०ः३० बजेबाट साँझ ६ बजेसम्म चल्ने बुझिएको छ । बैठकमा माओवादी केन्द्रका वरिष्ठ नेता तिलक थापामगर, उपाध्यक्ष रंगनाथ ढकाल लगाएतका नेताहरुको विशेष आतिथ्यता रहने बताइएको छ ।