तिहार नजिकिदै जांदा माटोको भाडा बनाउने काममा व्यस्त कुम्भकार समुदाय

कोरोना महामारीका कारण भाँडाहरु बिक्री हुने नहुने कुरामा चिन्तीत ः स्थानिय

बाँके । तिहार नजिकिदै गर्दा नेपालगंजमा मात्रै न भई सो को आसपासका क्षेत्रमा माटोको समाग्री बनाउने समुदायका अधिकांस व्यक्तिहरु पाला तथा भुर्की जस्ता माटोको सामाग्री बनाउने काममा ब्यस्त बन्दै आएका छन् ।

नेपालगंजका सडग पेटीहरुमा अहिले देखि नै माटोको भाडाहरु देखिन सुरु भएको छ भने माटोको भाडा बनाउने समुदाय समेत ब्यस्त बन्दै गएका हुन ।

विशेषगरी तिहारमा प्रयोगमा आउने पालाको माग यतिबेला उच्च रहेको छ, त्यो संगै अन्य माटोबाट बन्ने सामाग्री समेतको माग चाडपर्वको बेला बढने गर्दछ ।

तर पछिल्ला वर्षहरुमा विदेश बाट आयात हुने बत्तीका कारण माटोबाट बनेका पालाहरूको बिक्रि कम भएको छ जसका कारण त्यस्ता व्यवसायमा निर्भर रहेका नेपाली पहिचान र आफ्नो संस्कृतिको संरक्षण गर्दै आएका नेपालगंजका स्थानीय समुदाय भने उक्त पेशाबाट पलायन हुने स्थिति रहेको कुम्भकार समुदायका एक व्यक्तिले बताए ।

कुम्भकार समुदायले दिपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहित विभिन्न किसिमका भाँडाकुडा बनाउने काममा व्यस्त बनेको पाइएको छ । भाडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जोहो गर्ने गर्दछन ।

एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरु अहिले देखि नै भाँडा बनाउने काममा लागेको एक स्थानीयले समाचारदातासंगको कुराकानीको क्रममा बताए ।

स्थानीयका अनुसार नजीकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनु पर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको छ । दिपावली तथा छठ पर्वमा दियो,चौमुखे दियो, कलशा लगायत सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको स्थानीयको भनाइ थियो।

कोरोना महामारीका बेलामा चाडपर्व लक्षित माटोको भाँडा निर्माण गरेको भए पनि बिक्री हुने कि नहुने भने चिन्ताले सताएको बताए ।

वार्षिक रुपमा रु एक लाखदेखि एक लाख ५० हजारसम्मको माटोको भाँडाबाट आम्दनी गर्दै आएकामा यस पटक सोचेअनुसारको आम्दनीसमेत हुन नसकेको कुम्भकार समुदायका अगुवाले जनाए ।

प्रजापति समुदायका व्यक्तिले हात तथा मेशिनबाट बनाउने भाँडोहरु बनाई गाउँघरदेखि शहरसम्म बेच्न लाने गरेका जनाए ।