कथाः मर्निङ वाकमा भेटिएकी रितु र मन भित्रको प्रेमिल सम्बन्ध

मित्रताबाट बढेको नाता…

चक्र खडायत

नेपालगन्जको बसाइ ३ बर्स पुगिसक्दा सम्म खासै म मर्निङ वाकमा निस्किदैन थिए, साझसम्म कामको व्यस्तता बिहान तेइ उठेर यता उता गरुन्जेल अफिसको समय भैहाल्ने, अलि चाडै उठे नि तेइ फेसबुकमा औला घिसार्‍यो बस्यो, कस्ले के लेख्या छ, कस्ले कस्कोमा के कमेन्ट गरेको छ, यहि हेर्न रमाइलो हुन्थ्यो ।

यो असोज महिना तिरको कुरो हो, सनिवारको दिन थियो रुममा एक्लै बस्न दिक्क लागेको थियो, अनि उठेर जुत्ता किन्न भनेर एक पसलमा गए सबै जुत्ता राम्रै थिए, सबै जुत्ता मजाले हेरियो एक जोड स्पोर्ट्स सुज हेरे हेर्दा नै आकर्षक खुट्टामा लाउ लाउ जस्तो थियो । अनि पसलेलाई सुरुमा तेस्को प्राइज सोधेन, सुरुमा आफुलाई मन नपर्ने ३,४ जोर जुत्ताको प्राइस सोधे जो मलाइ किन्नु नै थिएन अनि अन्तिममा त्यो आफुलाई मन परेको जुत्ता अगाडि राख्दै सोधे राम्रो त छैन यस्को नि भन्दिनुस न साउजी । साउजीले यति राम्रो जुत्ता राम्रो छैन भन्दिनु भो यो मर्निङ वाकको लागि एक दम राम्रो जुत्ता हो नपत्याए लगाएर हेर्नुस भने, बेच्ने मान्छे हुन २,४ गफ लगाइहाले ।

उनले गफ नलाको भए नि मैले किन्ने जुत्ता चाहिँ तेइ थ्यो, खुट्टामा लगाए सबै ठिकै थ्यो अनि साउजीलार्इ सोधे, जुत्ता तपाईले भने जस्तै खत्रै त केही छैन अब भन्नुस कति पर्छ । जे होस अब पसले दाईले धेरै भनेनन्, ३५५० मात्र भन्नू भो, अनि आफुलाई मन परेको जुत्ता दाम नि ठिकै लाग्यो किनेर निस्किए ।

जाडो सुरु हुदैछ अब एक ट्राउजर नि किन्नु पर्छ भनेर अर्को पसलमा गए तेता नि तेइ टेक्निक लगाए साउजीले नि तेइ मर्निङ वाकमा लगाउनुस कम्फोर्ट फिल हुन्छ भन्छ, त्यो नि मन परेको ट्राउजर किनिहाले, अनि अब न्युरोडबाट वागेश्वोरी त्रिभुवन चोक हुँदै आफ्नो रुममा गए, सुरुमा रुममा गएर दराजको ऎनामा आफुलाई हेरे, यस्तो फिट मान्छेलाइ यिनिहरुले मर्निङ वाकको कुरा किन गरे सोचे, फेरि एक मनले सोचे पक्कै यहि फिट्नेस देखेर सधै मर्निङ वाक गर्छ सोचेर भन्या होलान, त्यो दिन तेस्तै बित्यो अनि रात पर्‍यो मजाले सुतियो ।

अर्को दिन बिहानै ४ बजे निद्रा खुलिसक्यो, मर्निङ वाकको लागि राम्रो हुन्छ भनेर भनेको कुरा दिमागमा फेरि आइहाल्यो, एकछिन भए नि फेसबुक खोले गडासेरि माइला भनेर सुरुमै देखायो गजबको स्टेट्स थियो कमेन्ट गर्न सोच्दैथे मर्निङ वाक जान मन लागिहाल्यो आज, उठे अलि अलि फ्रेस भएर मर्निङ वाकको लागि बाहिर निस्किए । ४ जनाको फेम्ली ग्रुप दौडिदै थिए मैले थोरै वोइट गरे अब रोडमा मेरो अगाडि कोहि छैनन भनेर बिस्तारै दौड्न सुरु गरे । नयाँ जुत्ता नयाँ ट्राउजर रमाइलो नै लाग्दैथ्यो । त्यो पसलेले नि राम्रो हुन्छ भनेकै थ्यो, ३०० मिटर मात्र के दौडेको थिए एउटा घरको गेट बाट एक जना केटी निस्केर पछाडी नहेरी बिस्तारै मेरै सुरमा दौडिन थालिन । १ किलोमिटर दौडी सक्दा हाम्रो डिस्टेन्स स्केलले नापे जस्तो सुरुमा जति थियो तेत्ती नै छ ।

अब मलाई अफ्ठेरो लाग्यो । अनि हिन्न सुरु गरे सायद उनी पनि थकिन होला हिन्न सुरु गरिन । उनले मेरो फेस देखेको छैन मैले उनको फेस देखेको छैन, यो संजोग मात्र हुन सक्छ । अब मलाई धेरै अगाडि जानू थिएन, थकाइ लागिसक्या थ्यो पसले दाइले दौड्न सजिलो हुन्छ पो भनेको थिए, थकाइ लाग्दैन त भनेको थिएनन, ह्या अब फर्किन्छु सोचे २ किलोमीटर अगाडि गैसक्या थिए अब फर्किन नि तेति नै छ सबै ४ किलोमीटर भैहाल्छ अब यो महिनालाइ पुग्यो सोचेर टक्क रोक्किए । अनि मोबाइल निकालेर चलाउन थाले, अब उज्यालो नि भैसक्या थियो रुम तिर फर्किएर हिन्न सुरु गरे, मेरो अगाडि दौडिने केटी नि फर्केर मेरो नजिक पुगिसक्या रैछिन । रोड तेति सुनसान थिएन अटो चल्दैथिए, अरु नि ग्रुपमा मर्निङ वाकमा थिए, एक्लो थिए त एक म नि एक मेरो अगाडि दौडिने केटी ।

रुमतिर जाँदै थिए पछाडिबाट एक आवाज आयो एक्स क्युज मि, मेरो ध्यान मोबाईलमा थियो मलाई बोलाको जस्तो लागेन अनि हेरेन फेरि अर्को पटक एक्स क्युज मि भनेर अलि नजिकैबाट आवाज आयो, अनि पछाडी फर्किए । टाउकोको कपालहरु फेसतिर आको थ्यो, अनि पसिनाले पुरै भिजेकि थिइन । अनि फेसमा नि पसिना पसिना थियो तर पनि अर्कै खाले राम्री देखिएकी थिइन । कुनै श्रृङ्गार थिएन तर पनि कुनै कुराको कमि छ जस्तो फील भएन, तिनको ज्यान हेर्दा यति मिलेको थियो कि मर्निङ वाकको कुनै जरुरत थिएन । हुन त मलाइ नि थिएन , फेरि सोचे कतै इनले पनि नयाँ ट्राउजर र नयाँ जुत्ता त किनिनन्, तलदेखि माथीसम्म हेरे खासै नया जस्तो त केही लगेन अनि म मन मनै हासे, एक्स क्युज मि को उत्तर नै देको छैन अब त सोध्नु पर्‍यो, हजुर भन्नुस भने । उनले पहिलो प्रस्न गरिन तपाईं हाम्रै टोलमा बस्नु हुन्छ नि है ? मेरो रुम बाट ३०० मिटर अगाडिबाट निस्क्या त था छ अरु दिन विचार गरेको थिएन अनि कसरी अ या नाइ भन्नू ? अनि खै था भएन भने, अनि उन्ले फटाफट भनिहालिन आइ एम रितु आज पहिलो दिन मर्निङ वाक आउने भनेर ढोकामा उभिएर बस्या थे सबै जोडि जोडि आउदैथिए अनि मलाई मिसिनै मन लागेन अनि तपाईं आको देखे तेस्पछी म नि निस्केकि हु, तपाइलाइ म सधै आउने जाने गरेको देख्छु तेइ बाटो, तेइ भएर सोधेकि, मनमनै सोचे तेइ त भन्छु नत्र यत्ती हिन्दैमा कोइ पसिना पसिना हुन्छ सधै आउने मान्छे भए ।

अनि उनले फेरि सोधिन तपाई सधै मर्निङ वाक आउनुहुन्छ नि है ? अब मुखले भन्दा पहिले मनले झुट बोल है केही हुन्न भनिसक्या छ, मनले पहिलो पटक झुट बोल्न बाध्य गराउदैछ, अनि कुरा मिलएर भने गर्मीमा त आउदैन अनि जाडो सुरु भयो कि मेरो मर्निङ वाक सुरु हुन्छ, । उनले अरु बोल्नै दिइनन बिचमै कुरा काटेर भोलिदेखि म नि आउछु है भनिन, मैले नि हास्दै भने हुन्छ आउनुस न तपाईं अगाडि अगाडि दौडिनुहोला म पछाडि पछाडि दौडिउला । अझै बिचमा कुरा काटेर बोल्न सुरु गरिन हेर्नू न मेरो यता कोइ साथी छैनन म काठमाडौं पढेकी अनि बैंकमा खुलेको थियो ट्राइ गरे भैहाल्यो घर तिर पाए पछि त आनन्द भनेर आए, साथिहरु त सबै काठमाडौं नै छुटे, तपाईलाई मैले अस्ति बैंकमा नि देख्या थे पैसा जम्मा गर्न आउनु भाको थ्यो हाम्रोमा । अनि मैले नि तुरुन्तै कुरा काटेर सोधिहाले कुन बैंक ? उनले तुरुन्तै उत्तर दिइन जुन बैंकमा तपाइको स्यालरी आउछ, मैले बुझिहाले अब मलाइ नाम किन चाहियो, मैले यति बुझे कि उनलाइ अब मेरो हिस्ट्री थाछ होला, बैंकमा त बाजेको नाम देखि सबै हुन्छ त, अब उनलाई पक्का पनि मेरो नाम मेरो बाजेको नाम बुवाको नाम सबै थाछ होला, जे होस अब उनलाई था नभाको तेत्ती रैछ कि म मर्निङ वाक आज पहिलो दिन आको भनेर ।

उनका गफ सुन्दै हिडे म, पटर पटर एक्लै बोल्दै थिइन, म अत्ति फ्र्यान्क छु है गारो नमान्नु होला भन्दैथिन, अनि म नि बोले तपाईं त बोल्नमा खत्रा हुनुहुदो रैछ, उनले कुरा सकिन न पाउदै भनिहालिन तपाईं हैन तिमी भन्नू न कसैले तपाईं भन्दा कस्तो ठुली भैसक्या जस्तो फील हुन्छ, हुन्छ हजुर हुन्छ भने, उनको घर पुग्न थोरै थियो उनले आफ्नो मोबाइल मेरो हातमा दिएर एक फोटो खिच्दिनु न आज पहिलो दिन मर्निङ वाक आकि छु सबैलाई देखाउन परेन भनिन । त्यो फेसमा आको कपाल मिलाउनुस न त भनेको, उन्ले तुरुन्त भनिहालिन, मिलाउनुस हैन के मिलाउ भन्नू न, ल ल मिलाउ भने, मर्निङ वाकमा यस्तै सुहाउछ के यस्तै खिच्दिनुस भनिन, मैले नि जे भन्यो तेइ गर्दिए । उनको घर देखि मेरो बस्ने घर देखिन्थ्यो, उनको घर नजिक पुगे बालकोनिमा को एक जना पुरुष हेर्दै थिए सायद उन्को बुवा थिर होला, ल बाइ भनेर म निस्किए अनि भोलि कति बजे भनेर जोरले कराइन बालकोनिको त्यो मान्छेलाइ देखेर उस्तै अफ्ट्यारो लाग्दैथ्यो मलाई मैले बिस्तारै उत्तर दिए तेइ टाइम तेइ टाइम भनेर ।

अब हरेक दिन हामी मर्निङ वाक निस्किन थाल्यौं, अब हामी दौडिन भन्दा नि हिन्दै गफ गर्दै जान थाल्यौं, कहिले अफिस सङ्गै जाने कहिले अफिस बाट सङ्गै आउने यस्तो माहोल मिलिराख्थ्यो । हामी बिच एक गजबको मित्रता भयो, उनले सानो सानो कुराहरु नि सेयर गर्थिन, मेरो पनि सुनाउने मान्छे कोहि थिएन नि, म नि तेइ सानो सानो कुराहरु सेयर गर्न थाले, फेसबुकमा घन्टौ कुरा गर्दा नि नथाक्ने हामिहरु, तर हामी बिच त्यो माया प्रेमवाला सम्बन्ध चाहिँ हैन, तर त्यो भन्दा कम चाहिँ थिएन, १८, २० दिनमै हामी बिच सम्बन्ध एकदम गाढा भैसकेको थियो । उन्ले सानो सानो कुरामा सल्लाह दिन्थिन, उनी यति जिद्दी थिइन कि उन्को खाजा खाने समयमा मैले खाजा खानै पर्ने, उनलाई संका लागेको दिन त फोटो नि पठाउनु पर्ने बाध्यता हुन्थ्यो ।

एक दिन मर्निङ वाकमै हुदा हामी सङ्ग संगै दौडिदै थियौ, २ जना केटीहरु हामी भन्दा अगाडि दौडेर गए, मेरो मुखबाट वाउ निस्किहाल्यो उनी त्यो दिनभर रिसाएकी थिइन, म संगै हुदा अरुलाई वाउ भन्दै हिन्नु हुन्छ भनेर, त्यो दिन ५० जति म्यासेज गरे हुला उनलाई फकाउन, एउटा नि रिप्लाइ आएन, अनि खाजा खाने समयमा सिधै फोन आयो, सधै चाहिँ मायाले बोलेर खाजा खानुस हौ भनेर सम्झाउने उनी, आज चाहिँ उनले खुरुक्क खाजा खानुस भनेर रिकोइस्ट हैन कि सिधै अडर दिइन, साझ तपाई सङ्ग काम छ भेट्नुहोला भनिन र फोन राखिन ।

बैंकको काम तेस्तै त हो अधेरो भैसकेको थियो, उनको फोन आयो, फोन उठाए बिपि चोकमै आउन आग्रह गरिन, स्कुटी खै भनेर सोधे आज अफिसमै छोड्ने हो भोलि लग्ने भनेर ठूलो ठूलो अँखा पारेर हेरिन । मलाइ नि जिस्काउन मन लागेर वाउ आँखा भन्दिहाले, खै के भाको थ्यो उनको आँखाबाट आँसु आउन सुरु भैहाल्यो । रितु के भो भनेर सोधे, अझै रिसले बोल्न थालिन जिस्काउदै हिन्नु न रोडमा जति नि केटि हिन्दैहुन्छन, मैले अब बुझिसके बिहानको रिस अझै मरेको छैन । बाइकको पछाडि बसिन र पछाडिबाट नै हग गर्दै भनिन, तपाईले अरुको तारिफ गरेको मलाई मन परेन सरि है भन्दै जोर जोरले रुन थालिन । म सङ्ग कुनै उपाए थिएन अनि जिस्किदै भने ओइ मेरो ज्याकेट भिज्ने हो, रुन त रोउ तर आँसु नझारेर है । माया र रिस दुबै थियो त्यो उनको कुटाइमा ढाडमा २, ३ पटक हान्दैथिइन, घर तिर जादैथिए, घर पुगेर गेटमा न ओर्लिन्जेल सम्मको त्यो जुन पल थियो नि अझै लामो दुरि हुनु पर्ने थ्यो, त्यो बेला उनको फेस हेर्न मन थ्यो, उनको त्यो आँसु पुछ््न मनथ्यो, बाईकबाट उत्रिएर मेरो मुखमा नि हेरिनन सरि भनेर सिधै भित्र गैहालिन । क्रमश……

(लेखक चक्र खडायतले यो कथा नेपालगन्जबाट पठाएका हुन । उनको कथाको बाँकी अंश अर्को चरण पुनः आउने छ ।)