भिडियोमा हेर्नुहोस्, कोरोना कहरबिच बाँकेको वागेश्वरी मन्दिरमा दशैंको रौनकः भक्तजनको बाक्लो भिडभाँड, छैन रोकतोक !

नियन्त्रणमा सरकारी पक्षको मौनता किन ?

बाँके । विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण मानव समूदाय समस्यामा परेको अवस्था हाम्रो अगाडी छ । त्यसैबिच मुलुकभरको अवस्था समत अहिले नियन्त्रणमा आएको छैन, तर चाडपर्वको मुखमा भने भिडभाँड बढेको छ । यसले संक्रमण बढ्न सक्नेप्रति सरोकारवाला निकायहरु मौन देखिएका छन ।

दशैं पर्व नेपालीहको आस्था र संकृतिसँग जोडिएको महान पर्व हो, यसलाई मनाउन पर्छ तर अहिलेको अवस्थामा सतर्कता अपनाउनमा ध्यान दिइएन भने त्यसले अझ भयानक अवस्था आउन सक्नेप्रति राज्य निकायको ध्यान पुग्न समेत आवश्यक हुने कतिपय जानकारीहरुको चिन्ता छ ।

कोभिड संक्रमण पूर्णतया नियन्त्रण नआएको अवस्थामा बाँके लगाएत देशका विभिन्न धार्मिक स्थलहरुमा यतिबेला भिडभाँड बढेको छ, अझ सरकारी निकायहरुबाटै पूजाको नाममा ठूलो तयारी गरिनुले संक्रमण बढाउन सक्ने प्रति सचेत हुनुपर्नेमा कतिपय सामाजिक अभियन्ताहरुको चिन्ता छ ।

बाँकेको नेपालगञ्जस्थित वागेश्वरी मन्दिरमा प्रेस सेन्टर नेपालको टिम पुग्दा त्यहाँ मानिसहरुको बाक्लो भिडभाड देखिएको थियो । त्यहाँ सेना, प्रहरी संगठनबाट समेत पूजाको नाममा भिडभाड गरेको देखियो ।

त्यसोत मुस्लिम धर्मालम्बीहरुको मस्जिद, क्रिश्चियनहरुको चर्च लगाएत अन्य धार्मिक क्षेत्रमा पनि स्थानिय प्रशासनले भिडभाँड रोक्न सकेको अवस्था छैन । विभिन्न समयमा बाँके आसपासमा धार्मिक स्थलहरुमा बाँक्लो भिड हुने गरेको भएपनि त्यसले कोरोना संक्रमणको अवस्थामा पार्ने प्रभावबारे स्थानिय सरकार मौन बस्ने गरेको प्रति कतिपय सामाजिक अगुवाहरु आलोचना समेत गर्छन ।

यस्तो अवस्थामा दशैं घरमा सतर्कता अपनाउँदै मनाउन आवश्यक छ । तर सार्वजनिक स्थलमा धेरैमानिसहरु भिडभाँड गर्दा अवस्था अझ गम्भीर हुन सक्नेतर्फ सबैको ध्यान पुग्न आवश्यक छ । बाँकी भिडियोमा हेर्नुहोस्