काठे लोक दोहारी भिडियो ‘फुर फुर नाँच’सार्वजनिकः लोकप्रियता कायम गर्ने विश्वास

नुवाकोटको गङ्गटे पार्क र भैरवी मन्दिरमा छायांकन

नुवाकोट । शुक्रबार एक कार्यक्रमबीच काठे लोक दोहारी ‘फुर फुर नाँच’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । नुवाकोटका लोक गायक हरिजङ्ग पाण्डेको शब्द रचनामा उक्त गीत तयार गरिएको हो ।

गीतमा गायक पाण्डे र संगमजंग थापाको संयुक्त शब्द रचना रहेको बताइएको छ । गीत ‘फुर फुर’को म्युजिक भिडिओ एक युटुब च्यानल मार्फत सार्वजनिक भएको बताइएको छ।

गीतमा गायक पाण्डे, गंगा ठकुरी र शितल पाण्डेको स्वर रहेको छ। दिनेश श्रेष्ठले संगीतवद्द गरेको यस गीतलाई तिलक वलीले यस गीतलाई संगीत संयोजन गरेका छन।

नुवाकोटको विदुर नगरपालिकामा नव निर्मित गङ्गटे पार्क र भैरवी मन्दिरमा छायांकन गरिएको भिडिओमा राजकुमार त्रिपाठी र निशा भट्टको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ।

भिडिओमा सुधा थापाले श्रृंगार गरेकि छिन भने जनकराज अधिकारीको छायांकन, ललित सिंह साउदको सम्पादन रहेको छ। गायक पाण्डेको निर्देशनमा म्युजिक भिडिओ तयार पारिएको हो।

उक्त म्युजिक भिडियो स्थानीय कला, सम्पदाको छायांकन समेटेर तयार पारिएको र प्रेमिल शैली प्रस्तुत गरिएकाले दर्शकहरुले मन पराउने विश्वास कलाकारहरुले गरेका छन ।