दशैंको मुखमा एलिना र रमेशको ‘ए झ्याउरी’ सार्वजनिकः भिडियोसहित
लोकप्रिय हुने कलाकारहरुको विश्वास
विराटनगर । नेपालीहरुको महान पर्व दशैंको मुखमा ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो गीतमा एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको छ ।
दर्शक तथा संगीत प्रेमिहरुको लागि उक्त म्युजिक भिडियो र गीत लोकप्रिय हुने विषय कलाकारहरुले विश्वास गरेका छन । उक्त् गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् ।
त्यस्तै उक्त गीतमा शब्द पनि रमेश बानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन् ।
बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक गायिकाले नै अभिनय गरेका छ्न् । छायाङ्कन प्रवेश राईले गरेका छन् भने सम्पादन सुभास शाहको रहेको छ ।
भिडियो गीतमा माया प्रेमको गहिराई र जीवन जगतको विषयमा चर्चा गरिएको छ । उक्त गीतले हर कसैको मन छुने शब्द संकलकले विश्वास गरेका छन भने गीतलाई माया गरेर सहयोग गरिदिन कलाकारहरुको अनुरोध रहेको छ । बाँकी भिडियोमा हेर्नुहोस्