नेतृत्व रुपान्तरणमा त्यागको दर्शनः महान सहायक अथवा सर्वहारावादी उत्तराधिकारीको अपील

ऐतिहासिक कार्यभार र नेतृत्वको असाधारण गुणवत्ता

गोपाल किराती

विश्व साम्यावादी क्रान्तिको विचारधारा र संगठन निर्माणमा कार्ल मार्क्स प्रमुख तथा फ्रेडरिक एङ्गेल्स सहायक बनेर महान कार्य प्रारम्भ गरे। प्रमुखमा हुनु पर्ने असाधारण गुणसहित मार्क्सले आफ्नो भूमिका निर्वाह गरे। मानिस हुनुको कारण मार्क्सका अवगुणहरु पनि अवश्य थिए। सहयोद्वा मार्क्सका ती अवगुणहरुका कारण एङ्गेल्सले कहिल्यै आक्रोशित तथा हतोत्साहित बन्नु परेन होला त ? मानिस हुनुको कारण एङ्गेल्समा पनि निश्चय नै हतोत्साह र आक्रोशहरु उत्पन्न भए होलान। परन्तु, मार्क्सको असाधारण गुणवत्ता र ऐतिहासिक कार्यभार स्पष्ट बोध गरेका एङ्गेल्सले कहिल्यै तुच्छ व्यवहार गरेनन्, अर्थात उच्च क्रान्तिकारी मानसिक एवं नैतिक बलद्वारा आफ्ना आक्रोशहरु नियन्त्रण गरिरहे, भन्नू पर्छ।

वास्तवमा त्यसरी मात्र पार्टी र क्रान्तिको काममा फ्रेडरिक एङ्गेल्स एक सर्वहारावादी ईमान्दार तथा महान सहायकशिद्व भए, जो मार्क्सको अनुपस्थिमा योग्यतम् प्रमुख बने। सोभियत क्रान्तिमा लेनिन र स्टालिनको सम्बन्धमा पनि त्यही भयो, जुन मार्क्स र एङ्गेल्सको वीचमा थियो। अर्थात मानिस हुनुको कारण उत्पन्न अवगुणहरुको तुलनामा लेनिनका गुणहरु र ऐतिहासिक कार्यभार बोध गरेका स्टालिनले कहिल्यै तुच्छ व्यवहार गरेनन्।

त्यसरी मात्र स्टालिन एक सर्वहारावादी ईमान्दार तथा महान सहायकशिद्व भए, जो लेनिनको अनुपस्थितिमा स्वतस् प्रमुखको भूमिकामा पुगे। चीनियाँ क्रान्तिमा माओ त्सेतुङ, चाओ अनलाई र चु तेहको सम्बन्ध पनि त्यस्तै रह्यो, जुन मार्क्स(एङ्गेल्स तथा लेनिन(स्टालिनको थियो। परन्तु, स्टालिन र माओको पछिल्लो पुस्तामा त्यस्तो महान सहायक चरित्रका पात्रहरु उपलब्ध देखिएनन्। परिणाम, क्रान्ति विरुद्व भयानक प्रतिक्रान्तिहरु भए ।

नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल श्रेष्ठको जीवनमा पनि महान सहायक चरित्रका पात्रहरु उपलब्ध भएनन्। विश्लेषणको तात्पर्य मार्क्सवादको अर्थ पुरकको तहमा एङ्गेल्सवाद पनि हो, लेनिनवादको अर्थ पुरकको तहमा (माओद्वारा मूल्याङ्कन गरिएको आधारमा) स्टालिनवाद पनि हो, भनेर बुझ्न जरुरी छ। प्रत्यक भौतिकवादीले स्वीकार गरिने ऐतिहासिक सच्चाई एङ्गेल्स र स्टालिन जस्ता महान सहायकको अभावमा मार्क्स र लेनिनको सफलता सम्भव थिएन।

स्मरणीय छ कि प्रमुख र सहायकको स्थान पार्टी संगठनको सापेक्षतामा आधारित हुन्छ। जो प्रमुख स्थानमा पुग्छ, उसले ईमान्दार तथा वैज्ञानिक भूमिका उठान गर्नैपर्छ, सहायकले महान सहायकको भूमिका बिर्सेर तुच्छ व्यवहार गर्नु हुँदैन। तुच्छ व्यवहार गर्ने सहायक महान बन्ने कुरै आउँदैन, तुच्छ चरित्रले अन्ततः पार्टी संगठनलाई नै तुच्छ र सखाप बनाईदिन्छ।

अतः नेतृत्वको रुपान्तरणका लागि त्यागको दर्शनद्वारा सर्वहारावादी उत्तराधिकारीहरुको श्रीङ्खला स्थापित गर्न विध्यमान प्रमुखले दक्ष र ईमान्दार सहायकहरुको खोजी, उत्पादन तथा निर्माणमा विशेष जोड दिनु पर्छ भने सहायक जिम्मेवारीका कमरेडहरुले कस्टसाध्य भूमिका निर्वाह गरेर नै महान सहायकको प्रतिभा प्रदर्शन गर्न सकिने हुन्छ। पार्टी संगठनमा प्रमुख र सहायकवीचको यस्तो द्वन्दात्मक सुदृढीकरण संघर्षबाट मात्र माओवादी कम्युनिस्ट आन्दोलनको उज्यालो भविश्य निर्धारण गर्न सकिन्छ।

(नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका लेखक किराती सर्वहारावर्ग र उतपीडित जनसमूदायको संयुक्त राज्यसत्ताँ निर्माणका विविध पक्षमा कलम चलाउने गर्दछन् ।)