भोको पेट र त्यो खल्तीः कविता
उमेरसँग पैसाले गरेको सौदा
भोको पेट र त्यो खल्तीः कविता
उमेरसँग पैसाले गरेको सौदा

कपिल बोगटी
मुगलान र त्यो खल्ती
गोवर र रातो माटोले पोतिएको घरको भित्तामा
एक कमिज थियो !
बूढो कमिज
शाहुको रिनले गिज्याइरहेको
सायद
पेट भोको भयर होला
कमिज को तल्लो कुना निकै खिम्चियको थियो !!
झट्ट हेर्दा लाग्थ्यो
कमिजले आफ्नो रङ्ग छाडिसक्यो !
अझ यसरी भनु
कमिजको रङ्गलाई माटोको रङ्गले छोपिसक्यो
हिउदमा बादलले पहाडलाई छोपेजसरी
छ्पक्कै, हुनसक्छ त्यो कमिज
कुनै एक गरिब किशानको
जस्को खै कता कता
मोटो धागोले तुनियको खल्ती थियो !
धागो मोटो भएर होला
खल्तीलाई लुछ्नै आटेको जस्तै देखिन्थ्यो
हेर्दा लाग्थ्यो
कुनै अलग पिडामा छ,
त्यो कमिज
त्यो खल्ती
यो सब दृश्य म हेरिरहदा
मलाइ खल्तिले अनुनती दियो !!
आफू भित्र हात लिन
हलुका कागजमा बेरबार पारी राखियको शाहुको तमसुक थियो !
उमेर सङ्ग पैसाले गरेको सौदाको कागज थियो
मुगलानको टिकट थियो
टिकटमा मेरै बाको नाम थियो !!
(कविता लेखक बोगटी, सुदूरपश्चिमको अछामका स्थानीय हुन । उनी सामाजिक समस्या केन्द्रीत विविध विषयमा कलम चलाउने गर्दछौं ।)