भिडियोमा हेर्नुहोस्, भौगोलिक विकटताभित्र मुस्कुराएको कर्णाली प्रदेशः जहाँ स्वर्गिय आनन्द अनुभूति गर्न सकिन्छ !

दैलेख । मुलुक संघियतामा गैसक्दा पनि राज्यको नजरमा अझै पर्न नसकेको पश्चिम नेपालका कला, संस्कृति र प्राकृतिक सम्पदाको विकासबाट मुलुकको समग्र अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सक्ने सम्भावनाहरु रहेका छन ।

प्रर्यटन, संस्कृति र कच्चापदार्थ, जडिबुटी लगाएतको प्रशोधनबाट मुलुकको अर्थव्यवस्थामा उल्लेख्य बृद्धी गर्न सकिने सम्भावना बढेको हो ।

भौगोलिक विकटताभित्र कर्णाली प्रदेश र पश्चिम नेपालमा पुग्दा त्यहाँका सम्पदाहरुले मुस्काउँदै आफ्नो सुन्दर्यताको रापद्धारा आकर्षण फैलाएको भान हुन्छ ।

प्रेस सेन्टर नेपालको मेची महाकाली संगठन विस्तार तथा प्रशिक्षण अभियानको क्रममा कर्णाली प्रदेशका विभिन्न स्थलहरुको अवस्थालाई भिडियो सामाग्रीमा समेट्न कोसिस गरिएको छ । यस्तो सौन्दर्यता जहाँ काल्पनिक स्वर्गको अनुभूति गर्न सकिन्छ ।

त्यसका लागि यि ठाउँहरुमा हरेक नागरिकहरु पुग्नुपर्ने हुन्छ, त्यहाँको वातावरणीय सुन्दर्यतामा रमाउँदै हाम्रो देश नेपाल र नेपाली हुनुमा गर्व गरौं । बाँकी भिडियोमा पुरा हेर्नुहोस् ।