मान्छे मान्छेसँग त्रसित छन तर पशुपतिको बाँदरको यस्तो अनमोल पारिवारीक प्रेम र स्नेहः भिडियोमा हेर्नुहोस्

काठमाडौं । बदलिदो सामाजिक परिवेश र तडक–भडकको कृतिम जीवनशैलीका कारण पछिल्लो समयमा मानिव समुदायमा अप्रिय घटनाहरु बढ्दै गएको तथ्याङ्कले देखाउँछ । मानिसले मानिसबाटै असुरक्षित हुने अवस्था अहिले देखिराखेको छ ।

दिनहुँ श्रीमानबाट श्रीमती, छोराछोरीबाट आमाबुबा, आफ्न्तबाट आफ्नाहरु, साथीहरुबाट अर्को मित्र जसरी असुरक्षीत बन्दै गएका छन । जसरी समाजमा हत्या, हिंसा, बलात्कार र अन्य हिंसात्मक गतिविधिहरु बढेको छ । त्यसको कारण प्रेम र आपसि समझदारीको अभाव हो ।

अझ पछिल्लो कोरोना कहरको अवस्थाले त झनै मानिसलाई अर्को मानिसबाट टाढाको दुरी बढाएको छ । यस्तो अवस्थामा पशुपतिको बाँदरको एक परिवारमा जुन स्नेह, माया र आपसि सुरक्षाको असिम प्रेम देखिन्छ, यसबाट हामीले केही सिक्नुपर्ने देखिन्छ ।

माया र प्रेमलाई भगवानले समेत पवित्र प्रसादको रुपमा दिएका छन । तर हामी मानिसहरु भने अझै जंगली युगमै छौं, कसैलाई माया प्रेमले जितनै सक्दैनौं । अतः पाठक, दर्शकवृदहरु, पशुपतिमा लिइएको बाँदरको त्यो प्रेमिल सम्बन्धबारे बाँकी भिडियोमा हेर्नुहोस्…….