एमसीसीबारे पार्टीको नाममा आएको धारणा आधिकारीक हैनः अध्यक्ष यादव
ठोस निर्णय नभएको दावी
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीले एमसीसीको विषयमा आधिकारीक धारणा अझै नबनाएको बताएका छन ।
आज बिहान करिब ९ बजेतिर आफ्नो ट्वीटर मार्फत उनले त्यस्तो जनाए । एमसीसीबारे पार्टीको धारणा भन्दै केही सामाजिक सञ्जालहरु र सञ्चारमाध्यममा आएको समाचार भ्रामक रहेको भन्दै उनले त्यस्तो जनाउँ गरेका हुन ।
नेता यादवले एमसीसीबारे पार्टीको आधिकारीक धारणा भन्दै बाहिर ल्याइएको प्रचार भ्रामक र गलत रहेको प्रष्ट पारेका छन । उनले एमसीसीबारे आफ्नो पार्टीले आधिकारीक निर्णय नगरेको भन्दै त्यस्ता भ्रामक प्रचार नगर्न सुझाव समेत दिएका छन ।
उनले भनेका छन–‘एमसीसीबारे पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक पनि गरेको छैन। पार्टीको नामबाट बाहिर आएको भनिएको धारणा पार्टीको आधिकारिक हैन ।’ उनको ट्वीटको पूर्णपाठ यस्तो छ…
‘एमसीसीबारे जनता समाजवादी पार्टीले कुनै निर्णय गरिसकेको छैन । पार्टीले कुनै पनि आधिकारिक धारणा सार्वजनिक गरेको छैन। पार्टीको नामबाट बाहिर आएको भनिएको धारणा पार्टीको आधिकारिक हैन। पार्टीको निर्णय भनी एमसीसी बारेमा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमद्वारा प्रचार गरिनु भ्रामक र गलत हुन।’
MCC बारे जनता समाजवादी पार्टीले कुनै निर्णय गरिसकेको छैन। पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक पनि गरेको छैन। पार्टीको नामबाट बाहिर आएको भनिएको धारणा पार्टीको आधिकारिक हैन। पार्टीको निर्णय भनी MCC बारेमा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमद्वारा प्रचार गरिनु भ्रामक र गलत हुन।
— Upendra Yadav (@upendrayadavjee) July 13, 2020