ओली–प्रचण्डको कलहः गणतन्त्रमाथिको प्रहार हुनसक्ने प्रति माओवादी केन्द्रको चेतावनी
मुलुक निर्माणको योजनामा जुट्न सुझाव
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सत्ताँरुढ नेकपाभित्र अहिले देखिएको दुई अध्यक्षका समूहबीचको कलहले नेपाली जनताको त्याग, तपस्या र बलिदानीबाट आएको गणतन्त्रमाथि बाहिरी शक्तिको प्रहार हुनसक्ने प्रति सचेत बन्न केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन ।
नेकपाभित्रको कलह बढ्दै गएको अवस्थामा गत शनिबार फेसबुकमा एक स्टाटस लेख्दै माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले ओली प्रचण्डको कारण गणतन्त्रमाथि प्रहार हुनसक्नेप्रति संकेत गर्दै त्यस्तो चेतावनी दिएका हुन ।
माओवादी केन्द्रका अध्यक्ष किरातीले उनीहरुलाई विवाद छाडेर मुलुकको स्वाधीनता र समृद्धीको लागि वृहत रणनीति खोज्दै अघि बढ्न सुझाव समेत पेश गरेका छन ।
उनले आन्तरिक रिस गणतन्त्रमाथिको प्रहार हुने र त्यो भूतकालिन विचारधारा भएको उल्लेख गर्दै अगाडी भनेका छन–‘स्वाधीन र समृद्व नेपाल निर्माणको बृहत् रणनीति खोजौं ! खड्ग ओली र प्रचण्डको रिसले गणतन्त्रमाथि प्रहार भूतकालीन विचारधारा हो। कुनै पनि देशभक्त र प्रगतिशील नेपालीले भूतकालमा होइन, असल भविष्यका लागि वर्तमानमा बाँचेर संघर्ष गरौं !’
उनले भनका छन–‘२००७ मा आएको प्रजातन्त्र २०१७ मा नखोसिएको भए, त्यही बहुदलको निम्ति अर्को ३० बर्ष खर्चनु पर्दैनथ्यो। त्यस स्थितिमा देश र जनता निश्चय नै अगाडि बढ्ने थिए। आजको गणतन्त्रमा नेता उत्पादन गर्ने कारखाना जनसमुदाय नै हो।’ उनले आफ्नो स्टाटसमा यस्तो भनेका छन…
स्वाधीन र समृद्व नेपाल निर्माणको बृहत् रणनीति खोजौं ! खड्ग ओली र प्रचन्डको रिसले गणतन्त्रमाथि प्रहार भूतकालीन विचारधारा हो। कुनै पनि देशभक्त र प्रगतिशील नेपालीले भूतकालमा होइन, असल भविश्यका लागि वर्तमानमा बाँचेर संघर्ष गरौं !
२००७ मा आएको प्रजातन्त्र २०१७ मा नखोसिएको भए, त्यही बहुदलको निम्ति अर्को ३० बर्ष खर्चनु पर्दैनथ्यो। त्यस स्थितिमा देश र जनता निश्चय नै अगाडि बढ्ने थिए। आजको गणतन्त्रमा नेता उत्पादन गर्ने कारखाना जनसमुदाय नै हो।
राणा र राजाको निरंकुशता हटाईएपछिको गणतन्त्र नेपालमा शासकहरुको चयन सिद्वान्ततः जनसमुदायले गरेका हुन। जनसमुदायमा प्रत्यावहान अधिकार नहुनु आजको एउटा समस्या हो। त्यस निम्ति संघर्ष बढाउँदै देशभक्त र जनपक्षीय नेता उत्पादनतर्फ डटेर जुट्नु नेपाली जनताको ऐतिहासिक जिम्मेवारी हो न कि भूतकालतर्फ फर्कनु।
पुनश्चः नेपाली नागरिकले बिगत अर्थात भूतकालमा बाँच्ने होइन, त्यो सम्भव नै हुँदैन, वस्तुतः स्वाधीन र समृद्व नेपालका लागि आजको यथार्थमा बाँचेर आगतको रणनीति निर्धारण गर्ने हो। जो यो तथ्य स्वीकार गर्न तायर छैन, त्यो देश र जनताको प्रधान शत्रु हो।