सरकार कोरोना पीडित नागरिकप्रति पूर्णतया उदासीन भन्दै माओवादी केन्द्रद्धारा विरोध

राहत ब्यवस्थापनमा ध्यान दिन आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान केपाीओली सरकार कोरोना पीडित नागरिकप्रति पूर्णतया उदासीन रहेको भन्दै सरकारको कार्यशैलीको विरोध गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले आफ्नो फेसबुकमा सरकारको कार्यशैलीबारे हिजो एक टिप्पणी लेख्दै त्यस्तो बताएका हुन ।

अध्यक्ष किरातीले सरकारले नागरिकलाई भरपर्दो राहत ब्यवस्थापन नगरेको प्रति संकेत गर्दै उदासीनताको उपमाय दिएका छन ।

मुलुकमा कोरोना संकट बढ्दै गएको र लामो समयदेखिको लकडाउनका कारण नागरिकमा जिवन निर्वाहसम्मको समस्या बढेको भएपनि सरकारले त्यसमा ध्यान दिएर राहतको उचित कार्यक्रम चलाएको छैन ।

दिइएको रातहमा पनि व्यापक राजनीतिकरण गरिएको भन्दै ठाउँठाउँबाट विरोधहरु आइरहेका छन ।

उनले सरकारले प्राकृतिक बिपत्तिमा जनतालाई सहयोग नगरेकोप्रति संकेत गर्दै नव पुजीवादी अर्थतन्त्रका अगुवा अष्ट्रीयाली प्राध्यापक फ्रेडरिक भन हायेकका चेला मिल्टन फ्रीडम्यानको भनाई उद्घृत ‘प्राकृतिक बिपत्तिमा जनतालाई सहयोग गर्नु हुदैन’ भनि व्याङ्गय समेत गरेका छन ।

फ्रीडम्यान अमेरिकास्थित सिकागो स्कुल अफ इकोनोमिक्सका प्राध्यापक समेत हुन । फ्रीडम्यानको उक्त सिद्वान्तबारे उल्लेख गर्दै उनले भनेका छन–‘सम्भवतः ओली सरकार कोरोना प्रकोपको भयानकतालाई नेपाली जनता बिरुद्द नव पुजीवादी सक थेरापी बढाउँने सूवर्ण अवसर प्रयोग गर्दैछ।’

उनले अगाडी लेखेका छन–‘नेपालमा बुर्जुवा कम्युनिस्ट सरकार त्यही गरिरहेछ, जुन कुरा फ्रीडम्यानले भनेका छन। बिपतमा जनतालाई सहयोग गरेमा बजार भ्रष्टिने फ्रीडम्यानको चिन्ता हो भने नव पुजीवादी मालिक भाँडिने खड्ग ओली सरकारको चिन्ता हुन सक्छ।’ उनले यस्तो लेखेका छन्….

प्राकृतिक बिपत्तिमा जनतालाई सहयोग गर्नु हुदैनः फ्रीडम्यान

नेपालमा बुर्जुवा कम्युनिस्ट सरकार त्यही गरिरहेछ, जुन कुरा फ्रीडम्यानले भनेका छन। बिपतमा जनतालाई सहयोग गरेमा बजार भ्रष्टिने फ्रीडम्यानको चिन्ता हो भने नव पुजीवादी मालिक भाँडिने खड्ग ओली सरकारको चिन्ता हुन सक्छ। परिणाम, कोरोना पीडित नागरिकप्रति भरपर्दो राहत ब्यवस्थापनवारे ओली सरकार पूर्णतया उदासीन छ।

सक थेरापी फ्रीडम्यानको सिद्वान्त हो। सम्भवतः ओली सरकार कोरोना प्रकोपको भयानकतालाई नेपाली जनता बिरुद्द नव(पुजीवादी सक थेरापी बढाउँने सूवर्ण अवसर प्रयोग गर्दैछ।

नव-पुजीवादी अर्थतन्त्रका अगुवा अष्ट्रीयाली प्राध्यापक फ्रेडरिक भन हायेकका चेला मिल्टन फ्रीडम्यान अमेरिकास्थित सिकागो स्कुल अफ इकोनोमिक्सका प्राध्यापक थिए। “Capitalism And Fridom” पुस्तक लेखेर फ्रीडम्यानले सक थेरापी सिद्वान्त अन्तर्गत निम्न आर्थिक नीति अघि सारेका थिए ।

१. मुनाफा सञ्चयमा अवरोध गर्ने नियम कानूनहरुलाई समाप्त गरिनु पर्छ,

२. सबै सरकारी स्वामित्वको सम्पतिलाई निजीकरण गरिनु पर्छ र तिनीहरुलाई मुनाफाका लागि सञ्चालन गरिनु पर्छ र

३. सामाजिक कार्यक्रमहरुमा दिइने आर्थिक सहयोग रकम कटौती गरिनु पर्छ।

सर्वत्र अध्ययन गरौं