‘काजी गुटको काम शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने, गुट चलाउने’- डा. बाबुराम भट्टराई

 एसईई परीक्षा स्थगित गरिएकोमा विरोध

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताँरुढ नेकपाका नेता नारायणकाजी श्रेष्ठले जहिले पनि शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने र गुटको राजनीति गर्ने गर्नेको बताएका छन् ।

डा. भट्टराईले आज बिहान ट्विट मार्फत वर्तमान सरकार पहिलेका श्री ३ सरकारकै ढंगले अघि बढेको प्रति संकेत गर्दै नेता श्रेष्ठको बारेमा त्यस्तो बताएका हुन ।

उनले नेता श्रेष्ठले गुट चलाएको र त्यही कारणले पूर्व माओवादी केन्द्र सकिएको भन्दै अब नेकपा पनि सिद्याउने बताएका छन ।

उनले कोरोनाभाइरसको सक्रमणको हल्ला विश्वभर फैलिएको लामो समय भैसक्दासम्म गुपचुपमा बसेर परीक्षाको मुखमा आएर एक्कासि त्यहि कारण जनाउँदै परीक्षा स्थगित गरिएको निर्णय गर्नुले वर्तमान सरकार पहिलेकै श्री ३ सरकारको कार्यशैलीमा देखिएको तर्क गरेका छन।

उनले भनेका छन–‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन हैन केही दिन पहिल्यै परी़क्षा रोके होलान्, यति कुरो केही दिन अघि गरेको भए विद्यार्थी, अभिभावक कति तनावमुक्त हुन्थे ? कति खर्च बच्थ्यो ?’

एसईई परिक्षाको तयारीमा जुटेका उपत्याका बाहिरका विद्यार्थिहरु परीक्षा स्थगित भएको खबरले तनावमा रहेका छन ।

उनले परीक्षा सार्ने विषयलाई सरकारले समयमै ध्यान नदिएका कारण विद्यार्थी, अभिभावकहरुले तनाव भोग्नु परेको र अनावश्यक खर्च बेहोर्नुपरेको भन्दै सरकारको कार्यशैलीको विरोध समेत गरेका छन ।

पूर्व माओवादीमा रहदाको अवस्थामा भोगेका कुराहरु स्मरण गर्दै उनले नेता श्रेष्ठलाई गुटवादी नेताको रुपमा आरोप समेत लगाएका छन् ।

उनले भनेका छन–‘यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने, गुट चलाउने हो । माके सिध्यायो,अब नेकपा सिध्याउँछ ।’ बाँकी उनको ट्विटको पूर्णपाठ यस्तो छ……

‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन हैन केही दिन पहिल्यै परी़क्षा रोके होलान् ! यति कुरो केही दिन अघि गरेको भए विद्यार्थी, अभिभावक कति तनावमुक्त हुन्थे ! कति खर्च बच्थ्यो ! यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने, गुट चलाउने हो । माके सिध्यायो ! अब नेकपा सिध्याउँछ ।’