लागुऔषध सहित आमा–छोरा पक्राउ

आवश्यक कार्बाही हुने

सिरहा । सिरहाको सुखिपुर नगरपालिका ८ गोठ चौकबाट नेपाल प्रहरीले लागुऔषधसहित आमा र छोरालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा नेपाल प्रहरीले बरियारपटटि गाउपालिका ४ तेनुवापटटि बस्ने राम नाथ यादवको श्रीमती ३४ बर्षिया सीत देवी यादव र उनका छोरा १८ बर्षिया राम जीवन यादव लागु औषधसहित पक्राउ परेका हुन ।

उनीहरुको साथबाट फेनरागनर ३९ एम्पुल, डाइजोपाम ३५ पिस लागु औषध समेत बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका आमा छोरा दुबै जनालाई आवश्यक कार्बाही प्रकृया अघि बढाइएको छ ।

उनीहरुमथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रबक्ता अपिलराज बोहराले बताएका छन।