पाल्पामा मोटरसाइकल चिप्लिदा एकको मृत्यु

दुर्घटनाको कारण अनियन्त्रित गति

पाल्पा । पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्टिदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको मृत्यु भएको हो ।

घाइतेको उपचारका लागि बुटवल अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

खानीबाट श्रीडाँडा घरतर्फ जाने क्रममा लु ४५ प ७८१२ नंको मोटरसाइकल अनियन्त्रित भई कच्ची मोटरबाटोबाट चिप्लिएर करिब २० मिटर तल खसेको थियो ।

घाइते दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिए । रासस