लागुऔषध नेपालगन्जको मूख्य चुनौती: प्रहरी निरीक्षक बस्नेत

ट्राफिक व्यवस्था दुरुस्थ बनाइने

बाँके । वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज प्रहरी निरीक्षक हरी बहादुर बस्नेतले लागुऔषध नेपालगञ्जको मुख्य चुनौतीका रुपमा रहेको बताए ।

भर्खरै सरुवा भएर आएका प्रहरी निरीक्षक बस्नेतले चोरी, तस्करी र गुण्डागर्दीलाई पनि प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको दावी गरेका छन ।

नगरको समग्र सुरक्षा ब्यवस्थापनका लागि बिभिन्न क्षेत्रहरुबाट राय सुझाव लिने क्रममा बिहीवार पत्रकारसँग भेटघाटमा उनले वडा प्रहरी कार्यालयमा जनशक्तिको कमि रहेकाले सो अनुसारको माग गरिएको जानकारी दिए ।

नेपालगञ्जको सुरक्षा ब्यवस्थापन र अपराध नियन्त्रणका लागि गर्नुपर्ने कार्यलाई प्राथमिकता राखेर अघि बढिएको जानकारी दिँदै उनले पछिल्लो समय चोरीका घट्नामा कम उमेरका बालबालिकाहरुको संलग्नता देखिएको हुँदा यसलाई नियन्त्रण गर्ने जिकिर समेत गर्नुभयो ।

प्रहरी निरीक्षक बस्नेतले उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग मिलेर नगरको ट्राफिक ब्यवस्थापन चुस्तदुरुस्त बनाइने दाबी गरे ।

नेपालगञ्जमा धेरै ग्रामिण क्षेत्र पनि भएकाले सामुदायिक कार्यक्रमसमेत सञ्चालन गरिने भन्दै बस्नेतले सबै टोलमा प्रहरी पुग्ने गरि परिचालन हुने बताए ।